अब शरीरको उर्जाबाट मोबाइल चार्ज ! (भिडियो)

पुस १६  |   एजेन्सी

अब शरीरको उर्जाबाट मोबाइल चार्ज ! (भिडियो)

अहिले लोडसेडिङ लगभग अन्त्य भइसकेको छ । त्यही भएर राजधानीबासीले मोबाइल चार्ज गर्न नपाउने दुःखबाट मुक्ति पाएका छन् । नत्र १८ घण्टासम्म लोडसेडिङ भोग्ने राजधानीका जनताका लागि मोबाइल चार्ज गर्नु ठूलो समस्या हुने गर्दथ्यो ।
अझै पनि लामो यात्रा गर्दा मोबाइल चार्जको समस्या भने कायम छ । त्यसमाथि पनि स्मार्टफोनको चार्ज धेरै समय नटिक्ने त छँदैछ ।
तर, चिन्ता नगर्नुहोस्, अब मोबाइल चार्ज गर्नु ठूलो समस्या नहुने भएको छ । एउटा यस्तो यन्त्रको विकास गरिएको छ जसले विद्युत नभएको बेला पनि मोबाइल चार्ज गर्न सक्नुहुनेछ ।


यसो त पावर बैंकले पनि यो समस्यालाई धेरथोरै सम्बोधन गरेको छ । तर, त्यसलाई पनि काम गर्न विद्युत नै आवश्यक पर्छ ।

ह्याण्ड इनर्जी नामक यो नयाँ यन्त्रले भने तपाईंको शरीरको उर्जालाई प्रयोग गरेर मोबाइल चार्ज गर्नेछ ।

एउटा स्याउको आकारको यो यन्त्रबाट मोबाइल चार्ज गर्न एउटा हातमात्र लाग्नेछ । हो, यो यन्त्रलाई हातमा लिएर त्यसलाई घुमाइराखे, तपाइँको शरीरबाट निस्केको उर्जालाई यसमा स्टोर गरेर राख्छ । सो यन्त्रलाई मोबाइलमा युएसबीको मद्दतले जोडेपछि त्यसले माबाइल चार्ज गर्न सकिनेछ ।

यसका संस्थापक एलेक्स नोभिका अनुसार अहिले उक्त यन्त्रमा १ हजार एमएएच मात्र क्षमता रहेको छ जसले गर्दा यसले तपाईंको फोनलाई एकैपटकमा पूर्णतः चार्ज गर्न सक्नेछैन । तर, आपत्त परेको बेला भने निकै बेर चार्ज गर्न सक्छ ।


यो परियोजनाका लागि क्राउडफन्डिङमा पैसा उठाइएको थियो । किकस्टार्टरबाट एक महिनामा ७१ हजार डलर उठेको थियो ।

सन् २०१७ को मेमा यो व्यवसायिकरुपमा लञ्च गरिने बताइएको छ । यसको मूल्य ९९ युरो तय गरिएको छ ।

स्रोत : डिजिटल ट्रेन्ड

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल