मरुभूमिमा विलिन सपना गाईपालनले पूरा गर्यो

१७ पुस

मरुभूमिमा विलिन सपना गाईपालनले पूरा गर्यो

पाल्पा – घरायसी खर्च जुटाउन आर्थिक अभावमा तानसेन नगरपालिका–११ की पम्फा पाण्डे विदेश पुगिन् । खाडीमा पसिना बगाएर गएको ऋण तिर्न, एकसरो कपडा लगाउन र दुई छाक खान मुस्किल परेपछि उनी स्वदेश फर्किइन्।

बालबच्चाको लालनपालन, उनीहरुको उज्यालो भविष्य बोकेर बिदेसिएकी पाण्डेको सपना सबै खाडीको मरुभूमिमा विलिन भएपछि स्वदेश फर्किएर गाई फार्म सञ्चालन अहिले गरेकी छिन् ।

चार वर्षअघि सहकारीबाट रु १० लाख ऋण झिकेर गाई फार्ममा लगानी गरिन् । दुईवटा गाईबाट सुरु गरेको व्यवसायमा अहिले रु २५ लाखको लगानी पुर्याएकी छिन् ।

गाईबाट आयस्रोत बढ्दै गएपछि दिगो रुपमा व्यवसाय चलाउने सोच राखेर पक्की फार्म निर्माण र उन्नत गाई खरिदमा खर्च गरेकी छिन् । उनको फार्ममा अहिले आठवटा गाई र दुईवटा भैँसी रहेका छन् ।

उनी भन्छिन् – “सामान्य घरखर्च चलाउन पनि निकै कष्ट भएपछि चारजना बालबच्चा घरमा छोडेर विदेश गएँ”, “विदेशको तातो हावामा राम्रो कमाइ गर्न पनि सकिएन, मनमा भारी पिर बोकेर घर फर्किएँ” – उनले भनिन्।

गाई पालेर दूध बिक्रीबाट आम्दानी होला कि भनेर व्यवसाय चलाएको अहिले नसोचेको आम्दानी भइरहेको उनले बताइन् ।

“लगानी राम्रो गरियो भने उत्पादन पनि बढ्ने रहेछ, दिनमा सरदरमा ७० लिटरसम्म दूध उत्पादन हुने गर्छ” – पाण्डेले भनिन् । उनले मासिक रु ४० देखि ५० हजारसम्म आम्दानी गर्छिन् । पशुलाई आहारमा राम्रोसँग हेरचाह गरियो भने थोरै गाईबाट पनि मनग्य आम्दानी लिन सकिने अनुभव उनले सुनाइन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल