म्याच फिक्सिङ गरेको आरोप लागेका खेलाडी थप तीन दिन हिरासतमा रहने

कात्तिक १०

म्याच फिक्सिङ गरेको आरोप लागेका खेलाडी थप तीन  दिन हिरासतमा रहने

काठमाडौँ– खेलमा मिलेमतो (म्याच फिक्सिङ) गरेको अभियोगमा दशैंअघि प्रहरी नियन्त्रणमा रहेका राष्ट्रिय फुटबल टोलीका कप्तानसहित ५ जनालाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
सरकारी वकिलसमक्ष खेलाडीहरुको बयान नसकिएकोले उनीहरुलाई थुनामा राख्न अदालतले अनुमति दिएको हो ।
यसअघि १४ दिन खेलाडीहरुले प्रहरी हिरासतमा दिन बिताइसकेका छन् ।

खेलाडीहरुले अहिलेसम्म आफूहरुले म्याच फिक्सिङ नगरेको बयान दिएका छन्।
म्याच फिक्सिङको आरोपमा पक्राउ परेकाहरुलाई राज्यविरुद्धको अपराधमा मुद्धा चलाइएको छ ।
अदालत परिसरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै कप्तान सागरले आफूहरु निर्दोष भएको दाबी गरे ।

सागरले आफूहरुलाई अहिले नै दोषीका रुपमा प्रस्तुत गरिएको भन्दै सञ्चार माध्यमहरुप्रति असन्तुष्टि समेत जनाए ।
पक्राउ पर्ने खेलाडीहरुमा कप्तान सागरसहित सन्दीप राई, विकाससिंह क्षेत्री , रितेश थापा र प्रशिक्षक छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल