सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता : कसको पोल्टामा कति पदक ?

पुस १५  |   DNN

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता : कसको पोल्टामा कति पदक ?

काठमाडौं -सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबारसम्म सम्पन्न खेलमा नेपाली सेनाले १०८ स्वर्ण पदक जित्दै पहिलो स्थानमा बनाएको थियो । खेलको नतिजा अनुसार सशस्त्र प्रहरी बल ४६ स्वर्णसहित दोस्रो तथा नेपाल प्रहरी ४० स्वर्ण पदकसहित तेस्रो स्थानमा रहेका छन् ।

नेपाली सेनाले ६० रजत र ४३ कास्यसहित कुल २११ पदक जितेको थियो । सशस्त्र प्रहरीले ४३ रजत र ५६ कास्यसहित कुल १४५ तथा प्रहरीले ३७ रजत र ३९ कास्यसहित कुल ११६ पदक जितेको छ ।

यस्तै, मध्यमाञ्चलले ३१ स्वर्ण, ४९ रजत र ५७ कास्यहित १३७, मध्यपश्चिमाञ्चलले आठ स्वर्ण, १४ रजत र ४२ कास्यसहित ६४, पश्चिमाञ्चलले सात स्वर्ण, २१ रजत र ३६ कास्यसहित ६४, आयोजक पूर्वाञ्चलले ६ स्वर्ण, १६ रजत र ४७ कास्यसहित ६९ तथा सुदूरपश्चिमाञ्चलले चार स्वर्ण, ११ रजत र ५९ कास्यसहित ७४ पदक जितेका छन्

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल