यो स्मार्टफोनको अगाडि अहिलेसम्मका सबै फोन फिक्काः यस्ता छन् विशेषता

पुस १२  |   एजेन्सी

यो स्मार्टफोनको अगाडि अहिलेसम्मका सबै फोन फिक्काः यस्ता छन् विशेषता

यदि तपाईं कुनै राम्रो स्मार्टफोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने सायद योभन्दा राम्रो विकल्प अरु नहोला । जियोनीले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन एम२०१७ चीनमा लञ्च गरेको छ जसको ब्याट्रि ७००० एमएएच छ ।

फोनको सबैभन्दा राम्रो विशेषता यसको ब्याट्रि हो किनभने कम्पनीको दाबी अनुसार यसले ९१५.४२ घण्टाको स्टान्डबाई टकटाइम दिनेछ । यसका साथै यसमा २५ घण्टासम्म लगातार भिडियो हेर्न सकिन्छ । यसले ‘फास्ट चार्जिङ’ र ‘क्विक चार्ज’ लाई सपोर्ट गर्दछ ।

यसका साथै फोनमा ६ जीबी र्याम र १२८ जीबी/२५६ जीबी इन्टरनल स्टोरेज दिइएको छ । यो फोनको मूल्य ६८,२४० भारु हो ।

यस्ता छन् अन्य विशेषताः

– जियोनी एम२०१७ मा ५.७ इन्च डिस्प्ले द्दछटण् ह ज्ञद्धद्धण् पिक्सेल रिजोलुसनलाई सपोर्ट गर्ने डिस्प्ले दिइएको छ ।

– यसमा क्वालकम स्न्यापड्र्यागन ६५३ प्रोसेसर, ६ जीबी र्याम दिइएको छ ।

– यो स्मार्टफोन १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा पाइन्छ ।

– फोनले माइक्रोएसडी कार्ड सपोर्ट गर्दैन । जियोनीको यो फोनमा ३.५ एमएम हेडफोन ज्याक पनि छैन ।

– फोटोका लागि जियोनी एम २०१७ मा १२ एमपी र १३ एमपीको डुअल रियर क्यामरा र सेल्फीका लागि ८ एमपी फ्रन्ट सूटर दिइएको छ ।

– एन्ड्रोइड ६.० मार्शम्यालोमा चल्ने यो फोन मा फिंगरप्रिन्ट सेन्सर रहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल