नेपालका ‘गरिब’ बिल गेट्स

-  |   दीपेन्द्र राई

नेपालका ‘गरिब’ बिल गेट्स

दोस्रो पुस्ताको कम्प्युटर संवत् २०२८ मा नेपाल भित्रिएको थियो । आईबीएम १४०१ को कम्प्युटर भित्रनुभन्दा ४९ वर्षअघि कम्प्युटर इन्जिनियर मुनिबहादुर शाक्यले नेपालमै माइक्रो कम्प्युटर आविष्कार गरिसकेका थिए । कम्प्युटर इतिहास पढाउँदा भाडामा ल्याइएको कम्प्युटरबारे जानकारी गराइन्छ तर कम्प्युटर इन्जिनियर शाक्यको कम्प्युटर निर्माण योगदानबारे त्यति धेरैलाई थाहा छैन । बरु नेपाल सरकारले २०२८ सालको जनगणनाका लागि मासिक १ लाख २५ हजार रुपैयाँ बुझाउनेगरी भाडामा ल्याएको कम्प्युटरको चर्चा छ तर नेपालको पहिलो कम्प्युटर इन्जिनियर मुनिबहादुर शाक्य बत्तीमुनिको अँध्यारोमा छन् ।

७ हजार बिरामी बचाउने ‘ग्रीन’

कम्प्युटर इन्जिनियर शाक्यले दसौं आविष्कारका रूपमा ‘ग्रीन’ कम्प्युटर बनाए । कालो रंगको भए पनि कम्प्युटरको नाम ‘ग्रीन’ राखिएको हो । यसलाई ३५ वाटको बिजुलीमा चलाउन सकिन्छ । लोडसेडिङको चर्को समस्या झेलिरहेका नेपालीलाई ध्यानमा राख्दै सन् २०१० मा निर्मित ग्रीनले विद्युत् बचत गर्छ । ‘मोनिटरसहितको कम्प्युटर चलाउन २६० वाट चाहिन्छ,’ उनले प्रस्ट्याए, ‘प्रयोगकर्ताले ग्रीन कम्प्युटरमात्रै चलाए काठमाडौं उपत्यका कहिल्यै अँध्यारो हुँदैन ।’

‘ग्रीन’ कम्प्युटरको सहायताले कालीकोट, बाजुरा र धादिङमा टेलिमेडिसियन सञ्चालन गरिएको छ । टेलिमेडिसियन सञ्चालनमा ल्याइएपछि तीन जिल्लाका ७ हजार बिरामीको ज्यान बचेको थियो । शाक्यले खुसी व्यक्त गरे, ‘मैले आजसम्म गरेका कम्प्युटर आविष्कारमध्ये ग्रीनबाट सन्तुष्ट छु । ग्रीनबाट आर्थिक आम्दानी नभए पनि ७ हजार बिरामी बचाउँदा आनन्द लाग्ने नै भयो ।’ दुर्गममा चिकित्सक जान नमाने पनि कालीकोट, बाजुरा र धादिङका बिरामीका लागि ग्रीन सञ्जीवनी बुटीसरह भएको छ ।

शाक्यले आफ्नो घरमा ग्रीन कम्प्युटर चलाउँदै आएका छन् । यसमा ५०० जीबीको हार्ड डिस्क, ४ जीबीको र्याम छ ।

कम्प्युटर इन्जिनियर शाक्यले सन् १९७९ मा ‘माइक्रो कम्प्युटर’ आविष्कार गरेका थिए ।  कम्प्युटर बनेको समाचार गोरखापत्रमा प्रकाशित भएपछि उनलाई भेट्न चाहने स्वदेशी नभएर विदेशी हुन्थे । माइक्रो कम्प्युटर बनेको समाचार पढेपछि चिनियाँ दूतावासबाट दुईजना चिनियाँ नागरिक उनी कार्यरत राससमै भेट्न पुगे । भोलिपल्ट ‘नेपालीद्वारा नेपालमै ‘माइक्रो कम्प्युटर’ निर्माण भनेर सिन्ह्वामा समाचार प्रकाशित भयो ।


४९ वर्षपहिले निर्मित ‘माइक्रो कम्प्युटर’ नेपालकै पहिलो

कम्प्युटर इन्जिनियर शाक्यले सन् १९७९ मा ‘माइक्रो कम्प्युटर’ आविष्कार गरेका थिए । उनले फ्रान्समै रहँदा यो कम्प्युटर बनाउन एक/डेढ वर्ष अभ्यास गरे । कम्प्युटर बनेको समाचार गोरखापत्रमा प्रकाशित भएपछि उनलाई भेट्न चाहने स्वदेशी नभएर विदेशी हुन्थे ।

माइक्रो कम्प्युटर बनेको समाचार पढेपछि चिनियाँ दूतावासबाट दुईजना चिनियाँ नागरिक उनी कार्यरत राससमै भेट्न पुगे । भोलिपल्ट ‘नेपालीद्वारा नेपालमै ‘माइक्रो कम्प्युटर’ निर्माण भनेर सिन्ह्वामा समाचार प्रकाशित भयो । त्यसपछि उनको चर्चा चुलिँदै गयो । सो कम्प्युटर नेपालमा भएको साउथ एसिया क्षेत्रीय सम्मेलनमा समेत प्रदर्शनमा राखिएको थियो ।

उनले कम्प्युटर आविष्कार गर्दा स्टिभ जब्स र बिल गेट्स भर्खर–भर्खर कम्प्युटर हार्डवेयर र सफ्टवेयरसँग परिचित हुँदै थिए । यही कामबाट उनीहरू संसारकै धनाढ्य भइसकेका छन् तर शाक्यको प्रतिभालाई आफ्नै देशले चिन्न सकेको छैन । तर, उनी दुःखी छैनन् । कर्म गर्न छाडेका छैनन् ।

एक दर्जन बढी कम्प्युटर हार्डवेयर र सफ्टवेयर बनाइसकेका उनले ‘फस्र्ट कम्प्युटर विथ नेपाली देवनागरी स्क्रीप्ट’ नामक कम्प्युटरसमेत बनाएका छन् । सन् १९८३ मा शाक्यद्वारा निर्मित यो देवनागरी लिपिको कम्प्युटर हो ।


मदरल्यान्डमा पढेपछि अमेरिकी घरमै
माइक्रो कम्प्युटरबारे मदरल्यान्डमा समाचार पढेपछि एक अमेरिकी सोध्दै खोज्दै उनको घरमै पुगेका थिए । ती अमेरिकीले शाक्यबारे सोधिखोजी गरे । उनले कम्प्युटर त बनायौ अब के गर्न चाहन्छौ भनेर शाक्यलाई सोधे ? शाक्यले यो विषयमा धेरै सिक्न, जान्न छ भन्दा अमेरिकीले कुन देश गएर सिक्न चाहन्छौ भनेर जिज्ञासा राखे । शाक्यले भने, ‘अमेरिका ।’ तिनै अमेरिकीको सहयोगमा शाक्य सन् १९८४ मा आफ्नै खर्चमा अमेरिका पुगे । उनले त्यहाँ काम गर्ने ठाउँमात्रै पाएनन्, कम्प्युटर ‘रिसर्च’ का साथै ‘डेभलप’ गर्ने अवसरसमेत पाए । उनले पाँच वर्ष अमेरिका रहँदा धेरै कुरा सिके ।

नेपाली भाषामै बैंक ‘स्टेटमेन्ट’

एक दर्जन बढी कम्प्युटर हार्डवेयर र सफ्टवेयर बनाइसकेका उनले ‘फस्र्ट कम्प्युटर विथ नेपाली देवनागरी स्क्रीप्ट’ नामक कम्प्युटरसमेत बनाएका छन् । सन् १९८३ मा शाक्यद्वारा निर्मित यो देवनागरी लिपिको कम्प्युटर हो । बिक्रीका हिसाबले यो कम्प्युटर सफल मान्नुपर्छ । ६४ केबी मेमोरी, १ केएम र्याम र प्रोसेर जेड ८० रहेको यो कम्प्युटर नेपाल बैंकले १३५ वटा किनेको थियो भने कृषि विकास बैंकले १८ वटा ।


प्रतिकम्प्युटर ८५ हजार रुपैयाँ पर्ने ‘फस्र्ट कम्प्युटर विथ नेपाली देवनागरी स्क्रीप्ट’ कम्प्युटरले बैंकको स्टेटमेन्टसमेत नेपाली भाषामै ‘प्रिन्ट’ गथ्र्यो । नेपालीद्वारा निर्मित कम्प्युटर नेपालीले किन्न हिच्किचाए पनि ‘युनाइटेट मिसन टु नेपाल’ ले मात्रै ५०० थान किने । नेपाल र नेपालीले विश्वास नगर्ने तर २७ मुलुकबाट आएका युएमनले विश्वास गरेर किन्दा उनी उत्साहित भएका थिए ।

१६ वटा जोडेर एउटै कम्प्युटर

उनले ‘सुपर कम्प्युटर’ पनि बनाएका छन् । यो १६ वटा कम्प्युटर जोडेर बनाइएको हो । १६ कम्प्युटर जोडेर एउटै बनाइएकाले कामको हिसाबले समेत १६ गुना छिटो चल्छ ।

सुपर कम्प्युटर सन् २००६ मा बनेको हो । उनले सन् १९८५ मा ‘हाइ टेक पायोनियर’ नामक कम्पनी स्थापना गरेर आजसम्म ११ प्रकारका कम्प्युटर आविष्कार गरिसकेका छन् । शाक्यको संग्राहालयमा ११ प्रकारकै कम्प्युटर हेर्न सकिन्छ ।
दुई प्रधानमन्त्रीद्वारा अवलोकन

कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यको कम्प्युटर संग्रहालयमा प्रधानमन्त्री मरिचमानसिं श्रेष्ठ र लोकेन्द्रबहादुर चन्द पुगेका थिए । संग्रहालय अवलोकनका लागि पुग्ने मन्त्रीको नाम औंला गन्न नसकिने उनले सुनाए । प्रशासक, चिकित्सकलगायतले पनि संग्राहलयमा पाइला टेकेका छन् । इन्जिनियरका विद्यार्थीसमेत इन्टर्न गर्न त्यहाँ पुग्छन् ।

आईबीएमले सन् १९८१ मा माइक्रो चिप्स प्रयोग गरी कम्प्युटर बनाउनु दुई वर्षअघि नै कम्प्युटर बनाएका शाक्यले दुःखेसो पोखे, ‘तर, सरकारको आँखा खुलेन ।’

मासिक ५० हजार कम्प्युटर उत्पादन गर्ने क्षमता

नेपाललाई पुग्ने कम्प्युटर उत्पादन गर्ने क्षमता आफूसँग रहेको मुनिबहादुर शाक्यले दाबी गरे । उनको घरमा कम्प्युटर बनाउने करोडौंको मेसिन कामविहीन छ । ताइवानबाट ल्याइएको मेसिनले मासिक ५० हजार कम्प्युटर उत्पादन गर्न सक्छ । उनले भने, ‘ताइवान कम्प्युटरले धनी भएको हो । त्यही मात्राको काम मैले नेपालमा गर्न सक्छु । हजारौंलाई रोजगारी दिन सक्छु । बाहिरबाट कम्प्युटर ल्याउनै पर्दैनथ्यो ।’


नेपालमै बनेको नेपाली ब्रान्डका कम्प्युटरलाई ग्राह्यता दिए कम्प्युटर किन्दा ३० प्रतिशत कम मूल्य पर्ने शाक्यले सुझाए । आईबीएमले सन् १९८१ मा माइक्रो चिप्स प्रयोग गरी कम्प्युटर बनाउनु दुई वर्षअघि नै कम्प्युटर बनाएका शाक्यले दुःखेसो पोखे, ‘तर, सरकारको आँखा खुलेन ।’

भएन योगदानको कदर

कम्प्युटर निर्माण योगदान समेटेर ६ वटा डकुमेन्ट्री बने पनि शाक्यको चर्चा छैन । उनले एउटै कम्प्युटरमा भएको कामलाई दुई सयभन्दा बढी कम्प्युटरबाट हेर्न मिल्ने प्रणालीमात्रै विकास गरेनन्, भ्वाइस रेकगनेसन, भाइटल साइन, रेडियसन मनिटर, सेक्युरिटी डिभाइस, रोबर्ट विथ आर्टिफिसियल इन्टेलिजेन्स रोबर्टसमेत बनाएका छन् ।

उनले पाटन हाइस्कुल ललितपुरबाट १९५८/०५९ मा एसएलसी गरेका थिए । त्यतिबेला नेपालमा इन्जिनियरिङ कलेज थिएन । त्रि–चन्द्र क्याम्पसबाट आईएस्सी गरेका उनले भारतबाट रेडियो इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ पार लगाए । बेलायत सरकारको छात्रवृत्तिमा चार्टर्ड इन्जिनियरिङ गरे । त्यतिमात्रै होइन, उनले फ्रान्सबाट १९७८ मा डिजिटल इलेक्ट्रोनिक्स र माइक्रो कम्प्युटरसम्बन्धी अध्ययन पूरा गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल