नोकियाको नयाँ स्मार्टफोन, मूल्य तपाईंको पाकेट अनुसार

मङ्सिर २८  |   एजेन्सी

नोकियाको नयाँ स्मार्टफोन, मूल्य तपाईंको पाकेट अनुसार

नोकिया आफ्नो नयाँ स्मार्टफोनसँगै सन् २०१७ मा बजारमा फिर्ता हुने तयारीमा छ । रिपोर्टका अनुसार नोकिया मोबाइलले सन् डीवानसी एन्ड्रोइड स्मार्टफोनको दुईवटा संस्करण लञ्च गर्नेछ जसको मूल्य १० हजार भारुको वरिपरि रहने बताएको छ । यद्यपी, अहिलेसम्म यसको सही मूल्य तय गरिएको छैन तर यसको २ जीबी (लगभग १० हजार भारु) र ३ जीबी (लगभग १३ हजार भारु) र्यामका संस्करण पेश गरिनेछ ।

नोकिया पावर युजरका अनुसार नोकिया नोकिया डीवानसी स्मार्टफोनमा १.४ गिगाहर्ज क्वालकम स्न्याड्र्यागन ४३० प्रोसेसरका साथै एड्रेनो ५०५ जीपीयु हुनेछ । यो फोन एन्ड्रोइड ७.० नूगामा चल्नेछ र ५ इन्च र ५.५ इन्चको फुल–एचडी डिस्प्ले विकल्पमा आउनेछ । दुबै संस्करणमा इनबिल्ट स्टोरेज १६ जीबीको हुनेछ । यो फोनमा १३ मेगापिक्सेल र १६ मेगापिक्सेलको क्यामरा हुने दाबी गरेको छ । दुबै संस्करणमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ ।

नोकियाले स्मार्टफोनको बजारमा चाँडै आफ्नो कदम राख्ने खबर गत मे महिनामा सार्वजनिक भएको थियो । फिनल्याण्डको यो कम्पनीले एचएमडी ग्लोबललाई नोकिया ब्रान्डको फोन र ट्याब्लेट बनाउनका लागि अबको १० वर्षका लागि एक्सक्लुसिभ लाइसेन्स दिइएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल