एमालेमा हुर्किएको गाली संस्कृति 

-  |   केदार गौतम

एमालेमा हुर्किएको गाली संस्कृति 

माघ १ मा राजा ज्ञानेन्द्रले सबैलाई घोक्रेठ्याक लाएर खेदेपछि एमालेको गाली र विरोधको केन्द्रमा राजा ज्ञानेन्द्र र युवराज पारस देखापरे । साथै त्यति बेलाका राजाका सहयोगी समर्थक पनि एमालेका नेता कार्याकर्ताहरुको अभिव्यक्तिमा गालीको विषयवस्तु बन्थे । २०६३ वैशाखमा संसद पुनस्र्थापना भएर राजाको अधिकार कटौती भएपछि निकै समयसम्म पनि एमालेको विरोधको केन्द्रमा राजा र राजतन्त्र परि नै रह्यो । राजतन्त्रका प्रत्यक्ष परोक्ष रुपमा वकालत गर्ने केही एमाले नेतालाई अपवादको रुपमा लिनुपर्छ ।

अहिले बजारमा प्रमुख प्रतिपक्ष पार्टी एमालेको विरोद र गाली गलौजको खुब चर्चा छ । एमालेका एकजना कार्यकर्ताले एउटा विरोध कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको टाउको काटेर फुुटबल खेल्नुपर्छ भन्नेसम्मका अभिव्यक्ति दिएका छन् । त्यसको विरोध र बचाउमा चर्का चर्का प्रतिक्रिया सामाजिक सञ्जालदेखि सञ्चारमाध्यामसम्म छरपस्ट छन् । अहिलेको सत्ता पक्षले ज्यादै ठूलो राष्ट्रघात गरेको हवला दिँदै एमाले र उसका समर्थकहरु सडकमै ओर्लिएर विरोध गरिरहेका छन् । विवादित महाकाली सन्धि गराउन प्रमुख भूमिका खेलेर पार्टीभित्र र बाहिरबाट राष्ट्रघातको आरोप खेपेका केपी ओलीको नेतृत्वमा रहेको एमाले पार्टी अहिले आफ्नो पार्टी मात्रै यो देशको एक मात्र राष्ट्रवादी रहेको अरु सबै विदेशी दलालझैँ गरी प्रस्तुत भएको छ । को कति राष्ट्रवादी, को कति राष्ट्रघाती ? अनि संविधान संशोधनको प्रस्ताव कति राष्ट्रघाती छ, या छैन भन्नेमा आआफ्नै तर्क होलान्, भइरहलान् । आफू कुनै विकल्प नदिने कुनै विकल्पबारे पनि छलफल पनि गर्न नचाहाने एमालेजनहरु एकोहोरो वर्तमान प्रधानमन्त्री र सत्ता साझेदार नेपाली काङ्ग्रेसमाथि खनिएका छन् । केपी ओलीलाई प्रधानमन्त्रीमा काँध थापुन्जेल महान राष्ट्रवादी भएका प्रचण्ड उनको साथ छोड्ना साथएमाले पार्टी र उसका समर्थकका लागि सबैभन्दा ठूला राष्ट्रघाती भएका छन् ।

२ वर्ष अगाडि संविधान निर्माणका क्रममा केपी ओली आफैँले पस्ताव गरे अनुसार प्रदेश विभाजन गर्ने गरी प्रचण्डले ल्याइएको संविधान संशोधन प्रतावलाई अहिले एमाले राष्ट्रघात भन्दै विरोध गरिरहेको छ । एमालेको यो व्यवहारका बारेमा उनका समर्थक र विरोधीका आ–आफ्नै अनुकुलका तर्क हरु हुनै नै भए तर स्वतन्त्र विश्लेषण गर्नेहरुले अहिले एमालेको विरोधलाई गैरजिम्मेवारको संज्ञा दिएका छन् । एउटा जिम्मेवार पाटीर्को हैसियतमा रहेको एमाले देशमा आइपरेको समस्या समाधानतर्फ लाग्नुपर्नेमा खाली विरोधलाई मात्रै राजीतिको अस्त्र बनाउनु देशप्रतिको गैरजिम्मेवारीपन हो । तर एमालेबारे जानकारहरुलाई थाहा छ, एमालेले देखाएको यो तरिका कुनै नौलो हाइन । आफ्नै कुनै ठोस एजेन्डा अघि नसार्ने, आफ्नो लाइन स्पष्ट नपार्ने, समस्या समाधानका लागि कुनै विकल्प अघि नसार्ने, अरुले अघि सारेका कुरामा समर्थन या विरोध गर्दै प्रतिक्रिया मात्रै गर्ने एमालेको जन्मजात संस्कार नै हो । त्यसको पछिल्लो संस्मरण मात्रै हो अहिलेको एमालेको विरोध राजनीति ।

संविधान निर्माणलगतै सरकारको नेतृत्व गरेको एमालेले नै असन्तुष्ट मधेसीहरुको समस्या समाधान गर्नु अनिवार्य थियो । एमालेको एउटा जन्मजात गज्जबको संस्कार के देखिँदै आएको छ भने हरेक समयमा उसको एउटा न एउटा पक्षलाई विरोध र गाली गर्ने पार्टीको एजेन्डा नै बन्छ । नेतादेखि तल्लो कमिटीका कार्यकर्तासम्मकाले आफ्ना हरेक अभिव्यक्तिमा अनेकानेक तरिकाबाट त्यो पक्षलाई गाली गर्छ । उसले कुन समयमा कसको विरोध गर्ने र कसलाई गाली गर्ने भन्ने कुराको निर्धारण उसका प्रतिस्पर्धी, विपक्षी उनिहरुलाई सत्ताबाट बाहिर्याउन भूमिका खेल्ने व्यक्तिपार्टी आदिको हुन्छ भन्ने कुराले निर्धारण गर्दछ । म आफू जान्ने बुझ्ने भएदेखि हालसम्म एमालेले अपनाएको गाली रमजनीतिको बारे यहाँ चर्चा गर्न गइरहेको छु ।

एमाले माहात्म्य
एमालेको गाली र विरोधको केन्द्रमा को रह्यो भन्ने तथ्यको आधारमा एमालेको गाली माहात्म्यलाई विभिन्न चरणमा विभाजन गर्नुपर्ने हुन्छ |

२०४८ देखि २०५४सम्म
यो समयमा एमालेको विरोध र गालीको केन्द्रमा नेपाली काङ्ग्रेस पार्टी थियो । २०४८ सालको आम निर्वाचनको मुख्य प्रतिस्पर्धी काङ्ग्रेसलाई गाली गर्दै एमालेले गीत नै रचना गरेको थियो । मालीमा गाई त थारै बस्यो गोरु व्यायो रे नेपाली काङ्ग्रे पार्टीले बहुमत ल्यायो रे २०४८ सालको आम निर्वाचनमा काङ्ग्रेसले बहुमत ल्याएपछि काङ्ग्रेसले ल्याएको बहुमतलाई गोरु व्याएको संज्ञा दिँदै उक्त गीत बनाएको थियो । त्यस्तै काङ्ग्रेसलाई गाली गर्न बनाएको अर्को गीत हो– तालु खुइले मामालाई पम्फादेवी आमालाई दही र केरा बोकेर, लुकी लुकी टोकेर काङ्ग्रेसमा पसेछ, मेचमा बस्न खोज्दा खेरी भैमा खसेछ ।

एमालेले कलाकारको टोलीसहित विभिन्न ठाउँमा चलाएको आफ्ना अभियानमा नेपाली काङ्ग्रेसको विरोधमा गाइएका यस्ता गीत धेरै पछिसम्म हाम्रो गाउँघरमा चलेको थियो । अझ धेरै रिस उठेको बेलामा लाउने नारा चार तारा ज्यानमारा भन्ने त छँदै थियो । उनीहरुको गाली र विरोधको मुख्य केन्द्रमा एमाले पार्टी विभाजन अवधिसम्म काङ्ग्रेस नै थियो । यस बीचमा काङ्ग्रेसको रिसले राप्रपाका चन्दलाई प्रधानमन्त्री बनाई सरकारमा जाने लगायतका घटनाक्रम छँदै थियो ।

२०५४ देखि २०५६ को आम निर्वाचनसम्म
२०५४ सालमा एमाले पार्टी टुक्रिएर माले र एमाले भएपछि काङ्ग्रेसलाई छोडेर यी दुवै पार्टीका नेता कार्यकर्ताहरुले एकअर्कालाई परम शत्रु देख्न थाले । त्यहीअनुसार एकले अर्कोलाई सक्दो गाली गरे । वर्गतले भ्याएसम्म खेदो खने । विभाजन अगाडि सबैभन्दा विरोधी ठानेको काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई पालैपालोे समर्थन गर्दै प्रधानमन्त्री बनाइरहे । तत्कालीन माले पक्षका नेताहरुले निकालेको एमालेका एकाउन्न अपराध नामको पुस्तकको चर्चा बेलाबखत अहिले पनि हुन्छ । २०५६ सालको आम निर्वाचनका बखत माले र एमाले पक्षधरबीच थुप्रै झडपहरु भए । एमालेले प्रचारका लागि लेखेको भित्तेलेखनमा माले पक्षले ‘ए’ मेटिदिएर सूर्यको ठाउँमा तारा चिह्न बनाइदिने अनि मालेले लेखेको ठाउँमा एमाले पक्षले ए थपिदिएर ताराको ठाउँमा सूर्य चिह्न बनाइदिने, एक अर्का पार्टी र पार्टीका नेताको विरोध र खोइरो खन्ने कार्यमा दुवै पक्ष खरो उत्रिएका थिए । निर्वाचनमा माले पक्षको एक सिट पनि नआएपछि एकअर्का विरुद्धको गाली गलौज मत्थर भयो । एक दुई वर्षपछि दुवै पार्टी मिसिए ।

२०५६ देखि २०५९ असोजसम्म
२०५६ को आम निर्वाचन पछि माले एमाले बीचको शत्रुतापूर्ण व्यवहार अन्त्य भयो । एमालेको मुख्य विरोधी रुपमा नेपाली काङ्ग्रेस नै देखियो । काङ्ग्रेस सरकारले माओवादीविरुद्ध ल्याएको सङ्कटकालको प्रस्तावमा सहजै समर्थन गरेको एमालेका नेता कार्याकर्ताहरुको प्रत्येक भाषणमा माओवादी जनयुद्धको भत्र्सना मिसिए पनि माओवादीमाथि पाँडे गालीमा उत्रिएका थिएनन् । त्यसैले २०५९ जेठमा संसद विगठन गरी चुनाव घोषणा गरेका सेरबहादुर देउवालाई २०५९ असोज १८ मा बर्खास्त नगरुञ्जेल एमालेको भाषणको गालीको केन्द्रमा काङ्ग्रेस नै रहेको थियो ।

२०५९ असोजदेखि २०६१ जेठसम्म
सेरबहादुर देउवाको बर्खास्तीपछि प्रजातन्त्र खोसेको नाममा एमालेको गाली र विरोध केन्द्र तत्कालीन राजा ज्ञानेन्द्र र उनले टीका लगाएर प्रधानमन्त्री बनाइएका क्रमशः लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा भए । राजालाई प्रजातन्त्र खोस्ने वातावरण तयार गरिदिएको भन्दै काङ्ग्रेस पनि उनीहरुको भाषणमा गाली खानेमै पर्दथे । लोकेन्द्रले राजीनामा दिएपछि प्रधानमन्त्री हुनपाऊँ भन्दै तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले पनि राजालाई विन्तीपत्र पेश गरेका थिए । तर राजाले सूर्यबहादुरलाई प्रधानमन्त्री बनाएपछि एमालकोे राजाप्रतिको आक्रोशमा वृद्धि भएको थियो । त्यति बेलासम्म सडकमा गणन्त्रका पक्षमा नारा लाग्न थालिसकेको थियो । एमालेका एकथरी नेता कार्यकर्ताका भाषण व्यक्तव्यहरुमा समेत राजा र राजतन्त्रप्रति गालीको भाषा सुरु भइसकेको थियो ।

२०६१ जेठदेखि २०६१ माघसम्म
२०६१ जेठमा राजाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि प्रतिगमन आधा सच्चियो भन्दै सरकारमा सामेल भएको एमालेको विरोध र गालीको केन्द्रमा गिरिजाको काङ्गे्रस पार्टी र विद्रोही माओवादी नै रहे ।

२०६१ माघदेखि २०६३ सम्म
माघ १ मा राजा ज्ञानेन्द्रले सबैलाई घोक्रेठ्याक लाएर खेदेपछि एमालेको गाली र विरोधको केन्द्रमा राजा ज्ञानेन्द्र र युवराज पारस देखापरे । साथै त्यति बेलाका राजाका सहयोगी समर्थक पनि एमालेका नेता कार्याकर्ताहरुको अभिव्यक्तिमा गालीको विषयवस्तु बन्थे । २०६३ वैशाखमा संसद पुनस्र्थापना भएर राजाको अधिकार कटौती भएपछि निकै समयसम्म पनि एमालेको विरोधको केन्द्रमा राजा र राजतन्त्र परि नै रह्यो । राजतन्त्रका प्रत्यक्ष परोक्ष रुपमा वकालत गर्ने केही एमाले नेतालाई अपवादको रुपमा लिनुपर्छ ।

२०६३ माघ १ देखि २०७२ असोजसम्म
माओवादी शान्ति प्रक्रियामा आएर २०६३ माघ १ मा ल्याइएको अन्तिरिम संविधान मार्फत एमाले बराबरकै हैसियतमा माओवादीलाई संसदमा प्रवेश गराइएपछि एमालेको गाली र विरोधको केन्द्र माओवादी बन्न पुग्यो । भर्खर जङ्गलबाट आएको शक्तिलाई आफू बराबरको भाग दिनुपरेकामा उनीहरु विस्तारै माओवादीमाथि खनिन थाले । २०४६ को संविधान सभाको निर्वाचन आसपास आइपुग्दा त एमालेले आफ्नो मुख्य प्रतिस्पर्धी र दुस्मन माओवादी मात्रै देख्यो । हरेक चुनावी सभा र अभियानहरुमा एमालेका अधिकांश नेता कार्यकर्ताले एक किसिमले माओवादी विरोधी अभियानकै रुपमा चलाए भने । त्यतिवेला माओवादीहरुले पनि उनीहरुलाई सकेसम्म खेदो गरे । माओवादीको लखेटाइका बाबजुद पनि उनीहरु विरुद्ध विष बमन गर्न भने एमालेहरुले छोडेका थिएनन् । उनीहरुलाई जङ्गली, असभ्य, गुरिल्ला, हत्यारा जस्ता तुच्छ शब्दहरु प्रयोग गरी गाली गलौज गरी नै रहे । निर्वाचनपछि माओवादीको अस्तित्व नरहने जस्ता अभिव्यक्ति दिँदै आएको एमालेलाई चकित पार्दै आएको माओवादीको लहरबाट अताल्एिको एमालेका नेता कार्यकर्ता केही समय मौन रहेका भए पनि निर्वाचनमा आफ्नो पार्टीको अपमानजनक पराजयको सम्पूर्ण कारक माओवादी नै ठान्दै केही समय पछि नै माआवादीविरुद्ध कसरी प्रस्तुत भए भने उनीहरुका हरेक शब्द र भाषामा माओवादीको विरोध मात्रै हुन्थ्यो । आफ्नो पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिने आएको नेताले पनि ९०% समय माओवादीको विरोधमा बोलेर खपत गथ्र्यो । यसबेलामा जस्ले माओवादीलाई धेरै गाली गर्नसक्यो त्यही योग्य नेता कार्यकर्ता ठहरिने परिपाटी एमालेभित्र बस्न थाल्यो ।

यस बीचमा विविध परिस्थिति बस माओवादी एमाले गठबन्धन सरकार बने पनि एमालेको गाली राजनीतिको केन्द्रमा माओवादी नै रह्यो । माओवादीको वर्चस्व रहेको पहिलो संविधान सभा संविधानबाट बन्न नदिन एमालेले र यसका नेताले कस्तो भूमिका खेले त्यो जानकारहरु आफैँ जान्दछन् । २०७० को दोस्रो संविधान सभाकोबाट माओवादी तेस्रो शक्तिमा पुग्दा पनि एमालेको विरोधको केन्द्रमा माओवादी नै रहेको तथ्य घटनाक्रमहरुले पुष्टि गरेकै हुन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल