सम्पदा पुनर्निर्माणमा नगरौँ ढिलाइ

-  |   चिरञ्जीवी न्यौपाने

सम्पदा पुनर्निर्माणमा नगरौँ ढिलाइ

हाम्रा पितापुर्खा साच्चै माहान थिए । उनीहरुले भूकम्पका विभिन्न चरणका कम्पन, पराकम्पन तथा प्राकृतिक विपत्तिहरु विभिन्न धार्मिक तथा सांष्कृतिक सम्पदाहरुको निर्माण गरे । त्यसको संरक्षण र संवद्र्धनका लागि कयौँ अफ्ठ्याराहरु छिचोलेर हाम्रा लागि र हाम्रा भावि पुस्ताका लागि सुरक्षित गरे ।

newpane-chirnjibi

उनीहरुले जस्तोसुकै गरिबी र कठिनाइ झेले पनि सम्पदा निर्माण गर्न पछि परेनन् । आफ्ना विशिष्ट पहिचानहरुलाई विभिन्न कला मार्फत पछिल्ला पुस्तालाई हस्तान्तरण गर्दै आए । आफ्नो सभ्यता र संस्कृतिलाई पूर्वाधारको विकासको आधार बनाए । यही निरन्तर प्रयासले नै आजको समयसम्ममा विश्वमा छरिएर रहेका मानव समुदायलाई नेपाल र नेपालीको पहिचान झल्काउने खालका विशिष्ट सम्पत्ति कमाए । आज हामी त्यही सम्पत्तिलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्दै दङ्ग परेका छौँ । तर अहिले ती सम्पदा विदेशीहरुले पहिचान र संरक्षणमा छन्, नेपाली समुदायबाट यसको संवद्र्धनमा कुनै उल्लेख्य काम हुन सकेको छैन ।haritage

नेपालको तर्फबाट खोज गर्नुपर्ने यस्ता सम्पदा धेरै छन् । तिनको सोधखोज गरी सूचीकृत गर्न सबैको पहल आवश्यक छ । हामीले यिनीहरुको संरक्षण गर्न सक्यौँ भने मात्र हाम्रा भावि सन्तानहरुले आफ्ना पितापुर्खालाई सम्झनेछन् । सरकारले पनि आफ्नो देशका सम्पदाको संरक्षण र अभिलेख राख्नुपर्छ ।

‘मेरा साना दुःखले आज्र्याको मुलक होइन, सबैलाई चेतना भया ।’ साच्चै नै पृथ्वीनारायण शाहाको यो भनाइलाई सबैले मनन् गर्नुपर्छ । उनले नेपाल एकीकरण गरेर सामाजिक सद्भाव कायम गर्दा धेरै नै कठिनाइ भोग्नु परेको थियो । उनको यस भनाइलाई प्रेरणा मानी राष्ट्रिय सम्पदाको निर्माण सरकारका साथै हामी पनि चुकेका छौँ ।
२०७२ मा भूकम्पले यी हाम्रा यी सम्पदामाथि निकै ठूलो क्षति पुर्यायो । अहिले यसको पुनर्निर्माण गर्न सबै क्षेत्र एक जुट भएर लाग्नुपर्ने अवस्था आएको छ । अब यस्ता सम्पदाको पुनर्निर्माण गर्दा यस्ता खालका भूकम्पले क्षति नपुर्याउने भूकम्प प्रतिरोधी सम्पदाको निर्माण गर्नुपर्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल