निर्वाचनमा युवालाई प्राथमिकता 

निर्वाचनमा युवालाई प्राथमिकता 

रुपा पोख्रेल

लामो समयपछि स्थानीय तहको निर्वाचन हुँदै छ । यसको महत्व इतिहासमा धेरै छ । संविधान सभाबाट संविधान जारी भएपछिको यो पहिलो निर्वाचन हो । यो निर्वाचनले नेपालको इतिहासमा अद्वितीय महत्व राख्छ । नयाँ संविधानअनुसार पहिलो पटक हुन थालेको यो निर्वाचन सामान्य विकास निमार्ण गर्ने मात्र होइन ।

यसले स्थनीय तहमा विकास निर्माणका साथै नियम कानुन बनाउने, लागू गर्ने, अनुगमन गर्नेसम्मको अधिकार स्थापित गराउँछ । निर्वाचित हुने स्थानीय तहका प्रतिनिधिहरुले विकासलाई मात्र होइन संविधान कार्यान्वयन गर्ने तहमा जानेछ ।
यो निर्वाचनमार्फत स्थानीय तहमा अधिकार स्थापित गर्ने हो । अहिलेसम्म सिंहदरबार र केन्द्रमा रहेको अधिकार गाउँगाउँमा पुर्याउने अभियान हो । सङ्घीयताको अभ्यास हो । यदि यो सफल बनाउन सकियो भने यहीँबाट देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ ।
यो निर्वाचनमा उम्मेदवार बन्नका लागि युवाहरु बढी आकाङ्क्षी छन् । यस्तो आकाङ्क्षा राख्नु स्वाभाविक हो । देशको राजनीतिक परिवर्तनमा युवाहरुले धेरै रगत पसिना बगेको छ । जुनसुकै समयमा भएका परिवर्तन युवाकै कारण सम्भव भएको हो । चाहे त्यो ००७ साल होस् या ०४६ वा ०६२–६३ सालमा होस् । युवाहरु नै राजनीतिक परिर्वनका संवाहक बनेका छन् । यसको नेतृत्व भने राजनीतिक दलका नेतताहरुले गरेका हुन् ।
हिजो आन्दोलनमा अग्रभागमा होमेका युवाहरुको काँधमा देशलाई समृद्ध बनाउने जिम्मा आएको छ । यसका लागि युवाहरु तयार छन् । अहिलेको युवाको भिजन भनेको शिक्षित समाज र स्वस्थ समाज हो । जबसम्म मान्छे शिक्षित हुन सक्दैन तबसम्म मान्छे समाज परिवर्तन र आफ्नै बारेमा पनि परिवर्तनको कुरा सोच्न सक्दैन । यो समयमा सबैले शिक्षित हुन आवश्यक छ । शिक्षिा र स्वास्थ्य नै अहिलेको प्रमुख चुनौती बनेको छ ।
म राजधानीमा जन्मेहुर्केको मान्छे हुँ । यहाँ विकास भएको छ । तर यहीँको काँठ क्षेत्रमा अहिले पनि शिक्षा, स्वास्थ्य र खानेपानीको समस्या छ । यो समस्याको समाधान गर्नु नै पहिलो चुनौती रहेको छ । अहिलेको कागेश्वरी मनहरा नगरपालिकामा यातायात पुगेको छ । तर यसमा पनि ठूला राजनीतिक चलखेल भएको छ । यहाँका सांसदले आफ्नो इच्छाअनुसार बाटो र सडक लगेका छन् । यहाँका कैयौँ बस्तीहरु अहिले पनि बाटो घाटोको असुविधामा रहेका छन् ।
म नेवि सङ्घबाट राजनीति गरेर अहिले कागेश्वरी मनहरा नगरपालिकाको उपमेयरमा लड्दै छु । मेरो उम्मेदारी भएमा म मेरो नगरपालिकालाई शिक्षा स्वास्थ्य र यातायतमा देशकै नमुना नगरपालिका बनाउने छु ।
महिलालाई अहिले उपमेयर मात्र दिने हो भन्ने सोच पनि हाबी भएको छ । तर राम्रो काम गर्ने हो भने युवा र महिलाहरूका लागि यो सुवर्ण अवसर हो । यसलाई अवसरका रुपमा स्वीकार्दै देशको राजनीतिक परिवर्तनपछि समृद्धिको यात्रामा जानु अत्यावश्यक भएको छ । जबसम्म युवाले आफूलाई अगाडि बढाउँदैनन्, तबसम्म जसले जे भने पनि परिवर्तन हुन समय नै लाग्छ ।
यो समय युवाहरुले आफ्नो क्षमता देखाउने अवसर पनि हो । यसका लागि हामी नै अगाडि सर्नुपर्छ । यसरी अगाडि आएका युवालाई समाजका प्रत्येक सदस्यले पनि हौसला दिनुपर्छ । समाजका सदस्यहरुको हौसलाले नै हामी युवाले काम गर्न सक्छौ । सहयोग र हौसला पाएमा युग परिवर्तन गर्ने ताकत युवाहरुमा नै छ । म मेरो नगरपालिकालाई पाँच वर्षमा देशको नमुना नगरपालिका बनाउने सोच छ । यसमा विकास, शिक्षा स्वास्थ्य, खानेपानी लगायतका सबै क्षेत्रलाई समान रुपमा अगाडि लैजाने छु । यसका लागि समाजले यो अवसर मजस्ता सबै युवाले पाउनु आवश्यक छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल