यसरी हुनसक्छ तीव्र पुनर्निर्माण

यसरी हुनसक्छ तीव्र पुनर्निर्माण

इ. कृष्णभक्त दुवाल

२०७२ वैशाख १२ गते गएको भूकम्पले मङ्गलबारदेखि दुई वर्ष पूरा गर्दैछ । वैशाख १२ को भूकम्प र त्यसपछि गएका पराकम्पनबाट देशका ३१ जिल्लामा नराम्रो प्रभाव पारेको थियो । भूकम्पपछिको आवश्यकता आँकलन प्रतिवेदन (पीडीएनए) अनुसार यस भूकम्पबाट आठ हजार सात सय ९० जनाले ज्यान गुमाए । २२ हजार तीन सय जना घाइते भए ।

चार लाख ९८ हजार आठ सय ५२ निजी घर पूर्ण रुपमा क्षति भए । साथै दुई हजार ६ सय ५६ सरकारी भवन, नौ हजार विद्यालयका १९ हजारभन्दा बढी कक्षा कोठा पूर्ण रुपमा क्षति भए । साथसाथै, एक हजार एक सय स्वास्थ्य संस्था, सात सय ५७ पुरातात्विक एवं सांस्कृतिक सम्पदाहरु पूर्ण रुपमा क्षति भए ।

भूकम्प गएको यति लामो अवधिमा पनि पुनर्निर्माणले आशा गरेअनुरुप गति लिन सकिरहेको छैन । दुई वर्ष लामो समयसम्म पनि पुनर्निर्माण कछुवा गतिमा अगाडि बढिरहेको छ । विविध कारणले पुनर्निर्माण अगाडि बढ्न सकेको छैन । पीडित जनता अझै टहरामै बस्न बाध्य छन् । भूकम्पको दुई वर्षको समयमा पनि काठमाडौँ उपत्यकाकै पीडित अस्थायी टहरामै कष्टपूर्ण जीवन जिउन बाध्य भइरहेका छन् ।

साँंचो अर्थमा भूकम्पपीडितप्रति सरकार जिम्मेवार हुने हो भने तीव्र पुनर्निर्माण अहिलेको आवश्यकता हो । भूकम्पले भत्केको घरलाई यथाशक्य छिटो पुनर्निर्माण गरी जनतालाई पीडाबाट मुक्त गर्नु अहिलेको माग हो । तीव्र पुनर्निर्माणको कुरा गरिरहँंदा कसरी भन्ने बहसको विषय हुनसक्छ । कुन निर्माण सामग्रीको प्रयोग गर्दा पुननिर्माण तीव्र निर्माण हुनसक्छ भन्ने ज्ञान सर्वसाधारण जनतालाई दिनु अहिलेको आवश्यकता हो ।

तीव्र पुनर्निर्माणका लागि इको प्यानल प्रभावकारी निर्माण सामग्री हो । भूकम्पको स्टक्चरल संरचना (आरसीसी वा फलामको बिम तथा पिल्लर) बनिसकेपछि बाहिरी तथा भित्री पार्टेसन वाल कारखानामा पहिले नै बनाएर निर्माणस्थलमा लगेर जडान गरिने भएकाले यसको प्रयोगबाट छिटो निर्माण सम्पन्न हुन्छ, किनभने यो चाँंडो जडान गर्न सकिन्छ । यस अर्थमा भौतिक संरचना छिटो निर्माण सम्पन्न गर्नका लागि इको प्यानलको विकल्प छैन । भूकम्पले भत्केको भौतिक संरचनाको तीव्र निर्माण आजको आवश्यकता बनेको बेला इको प्यानलको आवश्यकता टड्कारो बनेको छ । यो ध्रुव सत्य विषयमा सरकारको गम्भीर ध्यान जानु अति आवश्यक पनि भएको छ । लगभग एक महिनादेखि डेढ महिनामा कुनै पनि प्रकारको संरचना यसबाट सजिलै निर्माण गर्न सकिन्छ ।

तीव्र पुनर्निर्माण लागि सरकारले इको प्यानलको प्रयोग गर्ने नीति नलिएको पनि होइन । गाउँंठाउँका भूकम्पले भत्केका स्कुल भवन, स्वास्थ्य चौकी पुनर्निर्माण नगरेको पनि होइन । तर यो अभियानलाई अझ तीव्र बनाउनु मात्रै परेको हो । साथसाथै तीव्र पुनर्निर्माणका लागि इको प्यानलको प्रयोग गर्न नीतिगत निर्णयलाई अझ प्रभावकारी रुपमा लैजानु आवश्यक मात्रै भएको हो ।

प्रिफ्याव वा इको प्यानल पनि धेरै प्रकारका हुन्छन् । नेपालीमा प्रिफ्याव भनेपछि त्यसबाट बन्ने संरचना अस्थायी, सस्तो अनि कमसल मात्रै हुन्छन् भन्ने भ्रम छ । जुन सरासर गलत हो । गुणस्तरीय प्रिफ्याबबाट पनि स्थायी एवं टिकाउ संरचनाहरु निर्माण गर्न सकिन्छ । फ्याक्ट्रीमा पहिले बन्ने गुणस्तरीय प्रिफ्यावबाट गगनचुम्बी भवनहरु, स्थायी घरहरु, विद्यालय, अफिस, हस्पिटल आदि इत्यादि सजिलै र छिटोछरिटो निर्माण गर्न सकिन्छ ।

अध्ययनअनुसार नेपाल भूकम्पीय जोखिमको हिसाबले ११औँ जोखिमयुक्त मुलुकमा पर्दछ । वि.सं. १३१० देखिको भूकम्पको प्रवृत्ति विश्लेषण गर्दा हरेक ६० देखि १०० वर्षको अन्तरालमा नेपालमा एउटा ठूलो भूकम्प जाने गरेको देखिन्छ । यसकारण भूकम्प प्रतिरोधी निर्माण सामग्रीको प्रयोग पनि हो, जुन इको प्यानल हो । किनभने यो अरु निर्माण सामग्री भन्दा हलुका हुन्छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल