स्थानीय निर्वाचनमा माओवादी तत्परता

स्थानीय निर्वाचनमा माओवादी तत्परता

कमलेश डीसी

माओवादी केन्द्रका नेता प्रभाकरले प्रदेश नं. ६ को इन्चार्ज भएको बेला सार्वजनिक गरेको यस प्रदेशको विकास र समृद्धिको खाका यतिबेला माओवादी कार्यालयमा थन्केर बसेको छ ।

माओवादी नेता कार्यकर्ताहरुलाई त्यो दस्ताबेज अध्ययन गर्ने फुर्सद नै छैन । प्रभाकर आफै मन्त्री भएकाले मन्त्रालयकै काममा व्यस्त छन् । यद्यपि उनले ऊर्जा मन्त्रालय सम्हालेपछि ऐतिहासिक र उल्लेख काम गरिरहेका छन् । नेपाली जनताको कल्पनामै नभएको लोडसेडिङको अन्त्यको दिशामा देशले फड्को मार्दैछ । तर माओवादी पार्टीले उनको योजना र दृष्टिकोणलाई जनताको बीचमा लैजान सकिरहेको छैन वा त्यसको महत्वलाई आत्मसात गर्न सकिरहेको छैन । यस प्रदेशका दशैवटा जिल्लाको सामथ्र्य र विशेषता अनुसार तकालीन इन्चार्ज प्रभाकरले कोरेको समृद्धिको गोरेटो माओवादीले बिर्से पनि एमालेले त्यसैलाई अनुसरण गरेर जनताको मन जित्ने प्रयत्न गरिरहेको छ । यसबाट प्रचार युद्धमा एमालेको कुशलता कति रहेछ भन्ने स्पष्ट हुन्छ ।

६ नं. प्रदेश घोषणा हुँदा धेरैलाई के लागेको थियो भने यो प्रदेशको सामथ्र्य अरुको तुलनामा कमजोर सिद्ध हुनेछ । पछौटेपन, गरिबी, अभाव र अशिक्षा एवम् सामाजिक कुरीतिले भरिएको यो प्रदेशको विकास र समृद्धिमा कमै मानिसहरुको विश्वास थियो र अहिले पनि त्यो अवस्था केही मात्रामा विद्यमान छ । हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझौ प्रस्तावित कर्णाली प्रदेशले पनि आफूभित्र सम्भावनाका धेरै विकल्पहरु गाँजेर राखेको थियो । माओवादी विद्रोहको बेला जुर्मुराएको कर्णाली त्यो सम्भावनाको सपना बोकेर बसेकै थियो । आत्मसम्मान र स्वाभिमानसहितको राजनीतिक चेतना माओवादी विद्रोहले भरिदिए पछि भने कर्णाली राष्ट्रिय परिदृश्यमा छाउन थाल्यो । आज कर्णाली क्षेत्रले ओगटेको यो प्रदेश नं. ६ को विकासको सम्भावनाको बारेमा धेरैले कलम चलाएका छन् । धेरै नेताले भाषणको विषयवस्तु बनाएका छन् । कर्णाली प्रदेश जलस्रोत, जडीबुटी र पर्यटकीय सम्भावनाको धनी क्षेत्र हो । यी सम्भावनाहरुलाई खोतल्न र सदुपयोग गर्न सकेमा बाँकी देशका लागि पनि ठूलो उपलब्धि हुनेछ । त्यसका लागि इमानदार, दूरदर्शी र दृढ इच्छाशक्ति भएको राजनीतिक नेतृत्व चाहिन्छ । जसरी आज ऊर्जा मन्त्री जनार्दन शर्माको इमानदार प्रयासले देश नै अन्धकारबाट उज्यालोतर्फ गइरहेको छ ।

आज माओवादी नेतृत्वको सरकार प्रतिकूल राष्ट्रिय परिस्थितिका कारण पनि स्थानीय निर्वाचन सम्पन्न गराउने महाअभियानमा लागेको छ । सङ्घीयताको मर्मलाई व्यहारमै लागू गर्न स्थानीय सरकार बन्न जरुरी छ । जसले राज्यलाई जनताको घर आँगनमै पुऱ्याइदिनेछ । परिवर्तनको सुत्रधार माओवादी पार्टी पनि यसलाई कार्यान्वयन गर्न नयाँ दृष्टिकोण र ध्येयका साथ चुनावी मैदानमा आइरहेको छ । उसले जनतालाई एउटा भरपर्दो र विश्वासीलो कार्यदिशा दिएको छ । उसँग यो देश निर्माण गर्ने सुन्दर सपना छ । विद्रोहको अनुभव छ । जनताको घरदैलोमा बसेको ताजा अनुभूति छ । नेपाली समाजको अन्तरविरोध र विशेषताको व्यावहारिक ज्ञान र अनुभव छ । शान्तिको आवश्यककता र मर्मवोध छ । त्यसैले यो निर्वाचन माओवादीका लागि मात्र होइन सिङ्गो मुलुकको समृद्धिसँग जोडिएको छ र जोडिएको छ प्रदेश नं. ६ को विकास र समृद्धिसाग पनि । राष्ट्रिय स्वाभिमान र प्रतिष्ठासँग पनि जोडिएको छ ।

वैशाख ३१ को निर्वाचनमा कुनै दलले विजय प्राप्त गर्नु भनेको केवल केही नेता कार्यकर्ताले जागिर पाउने कुरा मात्र होइन । सताब्दीऔादेखि थोपरिएको शोषन र उत्पीडनबाट मुक्ति पाउने ऐजेन्डाहरुको कार्यान्वयन गर्ने अवसर पनि हो । एउटा भनाइछ, अर्कोले बनाएको बाटोमा हिाडेर गन्तव्यमा पुग्न सकिादैन । चाहे गोरेटो नै किन नहोस् आफैले बनाएकोमा हिाड्नु पर्छ र त्यसले गन्तव्यमा पुऱ्याउँछ । आजको राजनीतिक ऐजेन्डा र नयाँ नेपालको मार्गचित्रको निर्माता पनि माओवादी नै हो । अर्थात् आजका राष्ट्रिय ऐजेन्डाहरुलाई सफल पार्न पनि माओवादीले नै नेतृत्व पाउनुपर्दछ । माओवादी र परिवर्तनका पक्षधर अन्य शक्तिहरुले निर्वाचन रुपी यो युद्ध जसरी पनि जित्नै पर्दछ । जो स्वप्नद्रष्टा हो, उसैले मात्र सपना साकार पार्न सक्तछ । यो सर्वकालिक सत्यलाई आम नागरिकले पनि महसुुश गर्नुपर्दछ । यो महाभारतको युद्ध पनि हो । जसलाई जित्दा जनताले राज्यसत्ता प्राप्त गर्ने छन् । यो विजयले नै आजसम्म सत्ताबाट प्रताडित वर्गले सत्ता प्राप्त गर्नेछ र जनताको नयाँ सत्ता स्थापना गर्ने लडाइामा सहयोग पुग्न सक्छ । संयोगले देशलाई यहाँसम्म ल्याउने माओवादीकै नेतृत्वमा परिवर्तनका मुद्दाहरुलाई कार्यान्वयन गर्ने अवसर जुरेको छ । परिर्वतलाई संस्थागत गर्ने कुरामा माओवादी जति प्रतिबद्ध र इमानदार अरु कोही हुनै सक्तैन ।

संविधानको कार्यान्वयन र धमिलिएको राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउन माओवादी नेतृत्वको सरकारको पहलकदमी चर्चा गर्न लायक छ । आज माओवादीकै मार्ग चित्रमा अरु दलहरु हिाडिरहेका छन् । उसको विचार र एजेन्डामा सिङ्गो देश चलिरहँदा केही दलहरुलाई ठूलो छटपटाहट भएको छ । तर पनि माओवादी इतिहासले सुम्पेको जिम्मेवारीबाट पन्छिनु हुँदैन । राष्ट्रलाई सङ्कट पर्दा माओवादी नै चाहिने इतिहासको निरन्तरता फेरि पनि दोहोरिएको छ । यो माओवादी आन्दोलन कसैलाई नेता बनाउन मात्र होइन युग परिवर्तनको शङ्खघोष गर्दै इतिहासको आवश्यकता पूरा गर्न सृष्टि भएको हो । यसलाई माओवादीले अवसरको रुपमा लिनुपर्दछ । विचार र सिद्धान्तविहीन दलहरु जति स्याल हुइँया गरे पनि तिनीहरुबाट देश र जनतालाई कुनै दीर्घकालीन फाइदा हुने छैन ।
अत: सही विचार र नेतृत्व नै विकासको आधार बन्न सक्छ । कर्णालीलगायत समग्र मुलुकको विकास र समृद्धिका लागि पनि परिवर्तनकारी शक्ति नै सहयोगी हुने निश्चित छ । यो मुलुकलाई साँच्चिकै आत्मनिर्भर स्वाधीन बनाउन माओवादी केन्द्र र त्यसको नेतृत्व नै सक्षम छ र उसैका एजेन्वैज्ञानिक छन् भन्ने कुरा पुष्टि हँुदै पनि गएको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल