नयाँ शक्ति भ्रम कि यथार्थ ?

नयाँ शक्ति भ्रम कि यथार्थ ?

– राजेश विद्रोही

फरक फरक विचारले मुलुकले १६५ राजनीतिक दलको भार थामेको छ । अहिलेसम्म कुनै दीर्घकालीन निकास र विकास पाएको छैन । विगतदेखि नेपालीले थुप्रै सपना र विपनाका कथाहरू हृदयङ्गम गरेका छन् । तर कुनै पनि दीर्घकालीन सपना साकार भएका छैनन् । यो राजनीतिक दलले केही गर्लान् कि ? त्यो राजनीतिक अभियानले केही होला कि ? भन्ने आशामा थुप्रै निरासाहरू नै हात पारेको छ । तथापि नेपाली जनताले सबैको भार थाम्ने आ“ट गरेका छन् । अझै पनि आ“ट सहास गरिरहेका छन् । यसैबीच अहिले चर्चामा नया“शक्ति पार्टी आएको छ । कसैले यो भ्रम हो भनिरहेका छन् भने कसैले यो आवश्यकता हो, यथार्थ हो भन्दैछन् ।

२०६२-०६३ को जनआन्दोलनको चाहनाहरु ओइलाउ“दै गएपछि यसका आलोचकहरूको सङ्ख्यामा गुणात्मक रुपमा बढ्दै छ । मुलुकमा हुनेगरेका पटक पटकको आन्दोलन, विद्रोह र क्रान्तिको फलस्वरुप इतिहासमा प्राप्त गर्न नसकेको स्वतन्त्रता यसपटकको नयाँ संविधानबाट प्राप्त भएको छ । यो नेपाली समाजको महत्वपूर्ण उपलब्धि हो । यो उपलब्धिलाई तुहाउने खेल हँुदैछ । पहिलेदेखि आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न नसकेको नेपाली जनतामा त्रास विद्यमान छ । पटक पटकको धोका र गद्दारीबाट जनता आजित छन् । पहिलेदेखि हुनेगरेका गद्दारीको विस्तारै पर्दाफास हुन्छ नै । यसलाई अस्वभाविक रूपमा लिनु हुँदैन । यो समाजको वास्तविक अन्तरविरोध हो ।

अहिले मुलुकको ठूलो चर्चा र बहसको नयाँ केन्द्रमा रहेका डा. बाबुराम भट्टराई नेतृत्वको नवगठित नयाँ शक्तिको पनि भार जनताले थाम्ने सहास गरेका छन् । नेपालको राजनीतिक दलमा अहिलेसम्म हुनेगरेको टुटफुट र विभाजनको परम्परालाई तोडेर डा. भट्टराई व्यवहारबाटै आफ्नो नयाँ सोच, चिन्ता र शैलीको प्रयोग गरेका छन् । जुन परम्पराको सुरूवात इतिहासमा कुनै पनि राजनीतिक दलले गरेका थिएनन् । न त टुटफुट र विभाजनकै औचित्य कसैले सावित गर्न सके । नयाँ शक्ति पनि परीक्षाकै घडीमा छ । तर तुलनात्मक हिसाबले अरू राजनीतिक दलभन्दा नयाँ र फरक प्रयोगमा अवश्य देखिन्छ ।

१) भ्रम
विगत इतिहासमा पनि यसखाले राजनीतिक अभियानले समाजिक र राजनीतिक विकृति र विसङ्गतिका कारण थुप्रै असफलताहरू बेहोरेका छन् । अहिले नयाँ शक्तिमा नयाँ पुराना ‘फेस’ र ‘बेस’को ध्रुवीकरणले यो अभियान जति लोकप्रियतामा छन् उति नै साकारात्मक र नाकारात्मक भ्रमहरू पनि छन् । जसको राजनीतिमा कुनै योगदान छैन् । राज्य, समाज र जनताको नजरमा कुनै न कुनै हिसाबले अपमानित छन् र राजनीतिक रुपमा सेफल्यान्डिङ चाहने पात्रहरूको राजनीतिक केन्द्र बनेको शङ्का पनि व्याप्त छ । त्यसैले नयाँ शक्ति साच्चिकै नयाँ बन्छ कि धोका हुन्छन् भन्ने बहस पनि नेपाली राजनीतिमा छ । त्यसो भए के राजनीतिमा कुनै योगदान नभएका मान्छेहरू राजनीतिमा योगदान दिन सक्दैनन् भन्ने कुरा कहाँको राजनीतिमा उलेख छ । तत्कालीन माओवादी आन्दोलनमा लागेकाहरू अहिले सामान्य नागरिकको जीवन बिताइ रहँदा कि त्यसलाई माओवादीकै नजरबाट हेरिन्छ र त्यस्ता पात्रहरूलाई शान्ति सम्झौता विपरीत मुद्दा लगाइन्छ । जुन बाबुराम भट्टराईको टाउकाको मूल्य तत्कालीन सरकारले तोकेका थिए र सुरूदेखि नै कम्युनिस्ट बाम राजनीतिक आन्दोलनमा सारा जीवन विताएका छन् । ती पात्र कसरी त्यो विचारबाट स्खलित भएको मान्ने ? त्यसैले कुनै पनि राजनीतिक अभियानलाई विचार र उद्देश्यविहीन अभियानका रूपमा प्रचार गर्नु राजनीतिक पूर्वाग्राही र प्रतिशोध तथा राजनीतिक विकृति र भ्रम हुन् ।

सफलता र असफलताको परिणाम आफ्नै ठाउँमा छन् । भोगाइ र गराइको हिसाबले पनि फरक हुनसक्छन् । त्यसैले अरू राजनीतिक दलजस्तै नयँँ शक्ति पनि शङ्का र विश्वासको घेराबन्दीमा छैन् भन्न मिल्दैन् । तर त्यो ठूलो कुरा होइन । मुख्य कुरा त फेरि आमूल परिवर्तन र रूपान्तरणकै विषय हुन् । त्यसैले यसलाई साकारात्मक तरिकाले पनि लिन जरूरी छ । प्राप्त उपलब्धिको जगमा टेकेर समाज विकासको भविष्य नदेख्ने, शङ्का र आलोचनामा समय खेर फाल्ने नेपाली परम्पराको त्यो जगलाई भत्काउनुपर्छ ।

२. यथार्थ
२००७ सालदेखि अहिलेसम्म मुलुक टुटफुट र विभाजनकै वरिपरि केन्द्रित छन् । राजनीतिक समस्याको समाधान र आर्थिक समृद्विको रूपमा देश कहिले फडको मार्न सकेन । समाजिक सांस्कृतिक विकृति र विसङ्गतिका कारण नेपाली समाज पछाडि पर्दै आएका छन् । केही राजनीतिक दलले त सामाजिक परिवर्तनको भन्दा समाजिक अन्तर्विरोधमै आफ्नो राजनीतिक आयु देखिरहेका छन् । यसले मुलुकको लोकतान्त्रिक संविधान र सङ्घीयता सङ्कटमा पर्ने निश्चित छ । त्यसैले सबै उत्पीडित वर्ग, जाति र समुदाय एक ढिक्का हुन जरूरी छ ।

अहिले मुलुकमा मुख्यतः दुई समस्या छन् । एउटा राजनीतिक समस्या र अर्को आर्थिक समृद्धिको समस्या । गणतान्त्रिक संविधानको लोकतान्त्रिक कार्यान्वयनका लागि समानुपातिक प्रणाली, समावेशिता र सहभागितामूलक लोकतान्त्रिक प्रणालीको प्रयोग र त्यसको जगमा मुलुक समृद्धिका लागि आर्थिक क्रान्तिको पाटो नै महत्वपूर्ण पाटो हो । जसको व्यावहारिक कार्यान्वयका लागि नयाँ शक्ति अगाडि सरेको देखिन्छ । र सम्पूर्ण सक्षम तथा उत्पीडित वर्ग जाति र समुदाय नयाँ शक्तितिर ध्रुवीकृत भएका पनि छन् । जसमा आम नेपाली जनता आफ्नो दीर्घकालीन भविष्य देखेका छन् । त्यसैले मुलुकको आमूल परिवर्तन र आर्थिक समृद्धिका लागि नयाँ शक्तिलाई सबै तह र तप्काका मान्छेहरू योगदान दिन लालायित छन् । यो यथार्थ विषय पनि हो । त्यसैले यसलाई भाँड्ने कामभन्दा सबैले आफ्नो ठाउँबाट योगदान गरौँ ।

पुराना र यथास्थितिवादी राजनीतिक शक्तिहरूले यसलाई विचारविहीन राजनीतिक अभियानसँग तुलना पनि गरिरहेका छन् । त्यसो भए नयाँ शक्तिको पाँच ‘स’ र वामलोकतान्त्रिक समाजवाद उन्मुख साम्यवाद के हो ? विचारविनाको कुनै राजनीतिक दल हुनै सक्दैनन् र त्यसको वरिपरि कुनै देशभक्त जनसमुदाय पनि ध्रुवीकरण हुन सक्दैनन् । जुन राजनीतिक दलले आफूलाई विचारसहितको दलका रूपमा लिन्छन् उसले के गरे र उनीहरूले गर्दै आएको राजनीतिले देश र जनतालाई किन आकर्षण गर्न सकेन ? अहिलेसम्मको आन्दोलन, विद्रोह र क्रान्ति कसले जन्मायो ? किन र कसका लागि भयो ? यथास्थितिवादमा किन पतन भए उनीहरू ? प्रगतिशील किन हुन सकेनन् ? यति छोटो समयमा नयाँ शक्ति किन यति ठूलो वैकल्पिक राजनीतिक शक्तिको रूपमा अगाडि आयो ? यी सबै सत्य र यथार्थ विषय हुन् । त्यसैले जसलाई जति लल्कारिन्छ र कमजोर आँकलन गरिन्छ, त्यति विख्यात हु“दै जाने कुरा पहिलेको इतिहासतिर फर्केर हेर्दा हुन्छ ।

अहिले नेपाली समाजमा देखिने चर्को जातीय विभेद जस्तै नेपाली राजनीतिमा पनि का“ग्रेस र कम्युनिस्ट सतहमा छन् । यसबाट नेपाली जनता उन्मुक्ति चाहन्छन् । उत्तर कोरियामा ह“सिया हथौडा अङ्कित कम्युनिस्ट पार्टीहरू नेपालमाझैँ च्याउझैं उम्रिए । परिणामत त्यहाँका माउ कम्युनिस्ट पार्टीले पार्टीको नाम नै परिवर्तन गर्न बाध्य भयो । त्यहाँका प्रखर कम्युनिस्ट नेता किमइलसुंगको नेतृत्वमै श्रमिक पार्टी निर्माण गर्र्यो । जसले कलम अङ्कित रातो झण्डा फहरायो । त्यसो हु“दा त्यहाँका कम्युनिस्ट पार्टी के कमजोर भएको छ ? त्यहाँका जनता किन श्रमिक पार्टीलाई नामधारी कम्युनिस्ट पार्टीको भन्दा धेरै माया गर्छन् ? संसारमा यस्ता थुप्रै उदाहरणहरू छन् । किनभने जनता काम चाहन्छन्, नाम होइन । हाम्रो मुलुकमा ठग्ने काम धेरै भयो काम भएन । फेरि पनि केही भएको छैन भन्न खोजेको होइन । हुनुपर्ने जनताका आधारभूत कुरा भएन । पटक पटक शासन व्यवस्थाको स्तरमा परिवर्तन मात्र भयो । जुन कुरा जनतामा आएन । आउने कुरा पनि यो वा त्यो बाहानामा तुहाउने राजनीतिक खेल भयो । त्यसैले कुनै पनि राजनीतिक दलको भन्दा त्यसको समय सापेक्ष परिवर्तनको अनुसरण छ कि छैन, जनताले मूल्याङ्कन गरिरहेको हुन्छन् ।

३. निष्कर्ष
माक्र्सवादी विज्ञानले कहिले पनि यथास्थितिवादलाई मान्दैन । माक्र्सवाद त समयसापेक्ष र निरन्तर विज्ञानको प्रयोग हो । त्यसैले माक्र्सवादी विज्ञानलाई जडतामा लिनु भनेको अधिभूतवादी चिन्तन हो । अर्को मुलुकको शान्ति स्थापनाविना आर्थिक विकासका कुरा पनि असम्भव छ । तर, संसारमा शन्तिका वर्षहरू बितेका क्षणहरूतिर पनि फर्किन जरूरी छ । के शान्ति भन्ने विषय शत प्रतिशत सम्भव कुरा हो ? यो पनि जडसूत्र र अधिभूतवादी चिन्तन होइन ? कहिले मुलुकमा शान्ति आउला र समृद्धिको स्वाद चाखौँला भनेर २००७ सालदेखि शान्तिको मुख ताकेर बसिएको होइन ? शान्तिका आशामा अहिलेसम्म कति पुस्ता बिते ? अहिलेसम्म सङ्घर्षबाट जन्मेका राज्यका प्रतिभाहरू कति गुमायौँ ?

७५ वर्षदेखि ती महान् मान्छेहरूबाट हामीले के पायौँ ? गुमायौँ मात्र । राजनीतिको नाममा राजनीतिक व्यवसाय, कालो बजारी, घुसखोरी, बेरोजगारी, भ्रष्टाचारी आदि अहिलेसम्म भइगरेका आन्दोलन, वर्ग सङ्घर्ष र बलिदानको उपज होइन ? हामीभन्दा पछिका साउदी, कतार, मलेसिया आदि कमजोर देशहरू कहा“ पुगिसके । जहा“ हामी श्रम बेच्न र मर्न दिनहुँ लालायित छौँ । त्यसैले शान्ति स्थापनामा मात्र मुलुकको समृद्धि देख्नु पागलपनको पराकाष्टा हो । त्यो समय सपेक्षतामा पनि भरपर्ने विषय हो । अंशमा हुन सक्छ तर समग्रमा त्यो हुबहु लागू हुन सक्दैन । त्यसैले ध्वंश र निर्माण, निर्माण र ध्वंशलाई समान दृष्टिकोणबाट लिन जरूरी छ । २००७ सालदेखि शान्तिको कल्पना गरेर मुलुकलाई आर्थिक समृद्धिबाट वञ्चित गर्दै आएका छौँ । हामी प्राप्त उपलब्धिलाई पनि ध्वङ्समा बदल्दै आएका छौँ । यो दुखद् विषय हो । त्यसैले अब पनि हामी सजग र सचेत बनौँ । हामीभन्दा पछिका मुलुकहरूले गरेको प्रगतिको बाटोमा लाग्ने सहास गरौँ । दुसहास नगरौँ । ‘अबको निकास आर्थिक विकास, समृद्वि सम्भव छ हाम्रै पालामा’ नयाँ शक्ति पार्टी नेपालको यो अभियानमा सबै हातेमालो गरौँ । इतिहासमा कलङ्क थपिने छैन ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल