रामेश्वर, मुमाराम र मधेशी दलको चरित्र

रामेश्वर, मुमाराम र मधेशी दलको चरित्र

–राजेश विद्रोही

नयाँ शक्ति पार्टी समुन्द्र मन्थन गर्ने पार्टी हो । यसबाट फल्ने अमृत समृद्धि हो । जोसुकैले यसलाई आत्मसात गर्न सक्दैन । यसका लागि कठोर परीक्षाको सामना गर्नुपर्ने हुन्छ । यो इतिहासकै सबैभन्दा कठिन परीक्षा हो । यसमा सबै सफल हुन्छ भन्ने छैन । यो कुरा सबैबाट सम्भव पनि छैन । यस पार्टीलाई केही व्यक्ति विशेषले गलत ढङ्गले बुझ्ने गरेका छन् । नयाँ शक्तिमा फेस र बेसको ठूलो भूमिका छ । केही प्रोफेसनल व्यक्तिहरूको पनि योगदान छ । जसले मिहिनेत नगरी राजनीतिक स्वार्थ पूरा गर्ने सोचेका थिए । त्यो सपना पूरा हुने देखिएन । त्यसैले त्यसखाले सोच, चिन्तन र प्रवृतिका मान्छेहरू बाहिरिनु ठूलो कुरा होइन । मुख्य कुरा समतामूलक समृद्धि नै हो । अहिले मुलुकको राजनीतिक विरासतसँग सबैले मुकाविला गर्न सक्दैन् । केहीले विनापरिश्रम फलिफलाउ समृद्धिको स्वाद चाख्ने सपना देखेका छन् । त्यो सपना ती व्यक्तिहरुको कदापी पूरा हुने छैन । नयाँ शक्ति पार्टीमा त्यसको स्थान छैन् । त्यसैले क्रमिक रूपमा त्यसलाई बुझ्ने, बुझाउने र बदल्न नसक्ने अधैर्य र स्वार्थी चरित्रका व्यक्तिहरूको बाहिरिने क्रम जारी छ । यसैका उदाहरण हुन्– मुमाराम खनाल र रामेश्वर खनाल ।

केही दिन अगाडि नयाँ शक्तिका मुमाराम र रामेश्वरहरूले पार्टीमा नबस्ने भनेर बाहिरिए । नयाँ शक्तिमा अझै यस्ता थुप्रै मुमाराम र रामेश्वरहरू बाँकी छन् । बाबुराम भट्टराईको मधेशप्रतिको सकारात्मक दृष्टिकोणबाट नयाँ शक्तिमा रहेका अतिवादी सोच, चिन्तन र प्रवृत्ति यसरी नै बाहिरिँदै जाने छन् । नयाँ शक्तिमा ‘काम न काज सेकेन्डम्यान बन्ने राजनीतिक भाँज’ प्रवृत्तिहरू सतहमा देखिँदै छन् । जसलाई देश र समाजको समृद्धि, चिन्ताभन्दा पदीय र निजी स्वार्थको चिन्ता बढी देखिन्छ । यो प्रवृत्तिले नयाँ शक्तिको सपना पूरा हुन सक्दैन् । त्यसखाले पात्र र प्रवृत्तिलाई नयाँ शक्तिले त्याग्नु नै उचित हुन्छ । त्यसैले यस्ता पात्रहरू नयाँ शक्तिमा अटाउन सक्दैनन् ।

अर्कोतर्फ मधेशवादी दलमा पनि अतिवादी सोच, चिन्तन र प्रवृत्ति हावी भएका छन् । उनीहरुलाई मधेशी सोच, चिन्तन र विचारभन्दा अरू केही चाहिँदैन । उनीहरुमा एक ठाउँमा उभिने र मिलेर सङ्घर्ष गर्ने आँट, सहास र त्यसखाले उच्च विचार छैन । सङ्घीयता पक्षधरहरूसँग मिलेर अगाडि बढ्न र हातेमालो गरी विजय हाँसिल गर्ने परिणाम ल्याउन पनि डराउँछन् । उनीहरुले निषेधको राजनीति मात्र बुझ्ने गरेका छन् । प्रयोग र उपयोग गर्ने विचारदेखि डराउँछन् । कुनै मजबुत अडान छैन । आफूबाहेक सबैलाई पहाडी दलाल ठान्छन् । संयुक्त मोर्चा बनाएर सङ्घर्ष गर्दा र अरू सङ्घीयता पक्षधर राजनीतिक दलसँग मिलेर लड्दा त्यसको फाइदा भन्दा बेफाइदा नै देख्छन् । मिलेर सङ्घर्ष गरे अरू राजनीतिक दलले इतिहास हडपेर लाने र पगडी नै थुत्ने हो कि जस्तो गर्छन् । यस्तो खालको खोक्रे राजनीतिक चिन्तन मधेशी नेता तथा कार्यकर्ताले त्याग्नुपर्छ ।

नेतृत्वहरूको सामूहिक विचारलाई स्थानीय स्तरसम्म पुर्याउन समस्या छ । भोलि नेतृत्व स्तरबाट अधिकारका लागि सङ्घर्षमा सँगै मर्नेरबाँच्ने कसम खाने प्रतिबद्ध मोर्चा र संयुक्त पार्टी निर्माण भएपछि त्यसखाले मधेशी अतिवादी सोच, चिन्तन र प्रवृत्तिहरू पनि मधेशी मोर्चामा अटाउने छाँटकाट देखिँदैन । अन्ततः त्यहाँ पनि यस्ता प्रवृतिहरू बाहिरिने छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल