राजाले कसलाई चिन्छन्, कसलाई चिन्दैनन् ?

राजाले कसलाई चिन्छन्, कसलाई चिन्दैनन् ?

विष्णुकुमार प्रसार्इं
२०५८ सालमा मैले एउटा फिल्म बनाएको थिएँ । त्यो फिल्मको नाम राखिएको थियो– ‘हिमालमा आगो’ । त्यो फिल्म अहिले मलाई थाहा नै नदिई म्युजिक नेपालले अलिकति नाम विगारेर ‘हिमालको आगो’ भनेर युट्युवमा राखेको छ । धेरैले हेरेका छन् । म्युजिक नेपाल प्रख्यात संस्था भएकाले पनि हेर्ने नै भए । त्यहाँ २०५८ सालमै इसाई मिसनरीले नेपाललाई यसरी छियाछिया पार्दैछ । हाम्रो धर्मसंस्कृति, परम्परालाई हाम्रै अगाडि पैसा र प्रलोभनले डढाउँदैछ भन्ने स्पष्ट पारिएको छ ।

मिसनरीकै स्वार्थमा नेपालको एउटा इसाई सङ्गठनले नेपालको राजसंस्थाविरुद्ध गरेको सर्कुलर मैले राजाका पूर्व संवाद सचिव कार्कीलाई फ्याक्स गरेर पठाएको थिएँ । त्यो सचिवले दिए दिएनन् थाहा छैन । राजाका सचिव भन्ने मान्छेहरुलाई राजाले के देख्छन् वा राजाको के मोह वा स्वार्थ छ, मलाई थाहा छैन । मैले राजाबाट कहिल्यै कुनै स्वार्थपूर्ति गर्न चाहिनँ । राजा हुनलाई विवेक र दूरदृष्टिकोण चाहिन्छ । विवेक चाहिँ राजा ज्ञानेन्द्रमा असाध्य छ तर दूरदृष्टि भने फिटिक्कै छैन । राजा ज्ञानेन्द्र अहिले पनि तिनै सडेगलेका ‘डेट एक्स्पायर’ मान्छेबाट घेरिएका छन् । राजाले वास्तविकता बुभ्mने प्रयास नै गरेका छैनन् । राजसंस्थाका लागि आफ्नो अमूल्य जीवनको अधिकांश समय सँगै स्रोत खर्च गरेर जोगी बनेकालाई पनि राजाले चिन्दैनन् ।

राजा तिनै चाटुककारलाई चिन्छन् । तिनै सचिव भनाउँदाले चिनाउँछन् वा उनीहरुले सिफारिस गर्छन् । अहिले तिनीहरूमध्ये एक पाखण्डीको त्यति चल्ती छैन । दुई सन्कीको भने चल्ती छ । उनीहरुको जजसले अथी मालिस गर्छन्, उनीहरुलाई साधानस्रोत उपलव्ध हुन्छ । सागर नामका व्यक्तिले ससाना टुक्रे सभा गर्न पनि पैसा निकासा गर्छन् । अर्का फणिराज भन्ने व्यक्तिले आफ्नो अथी मालिस गर्नेहरुलाई बाटाबाटा, घरघर, अफिस, होटल होटलमा बोलाएर पैसा बाँड्छन् । उनको अथी मालिस गर्ने अर्बपति मान्छे बिरामी भयो भने पनि लाखौँ रुपियाँ महाराजबाट बक्सिएको भनेर लिएर जान्छन् । तर जीवन नै राष्ट्र र राजसंस्थाका लागि समर्र्पण गरेको गरिब बिरामी भयो भने थाहा नपाएजस्तो गर्छन् । तिनै धनीलाई दशँै चाडपर्वमा महाराजको नाममा खामबन्दी नगद बाँड्छन् । शुभकामना बक्सिएको भनेर कार्ड बाँड्छन् । यथार्थमा जो देशभक्त हो, जो नेपालको राजसंस्था राष्ट्रवादी शक्ति हो, राष्ट्रिय एकताको प्रतीक हो भनेर आफ्नो जीवन नै समर्पण गर्छ तर उनका पाखण्डी फणि सागरको गुलामी गर्दैन उसलाई राजाले चिन्दैनन् ।

राजाले के अपराध गरेको तिनीहरूले थाहा पाएका छन् र उनीहरुको जालोबाट निस्कन सक्दैनन् । त्यो पूर्वराजा ज्ञानेन्द्रलाई नै थाहा होला । भुँइफुट्टा दलाल चेलीबेटी बेखबिखन गर्ने, सडकमा जाँड खाएर लड्ने, विदेशीलाई सूचना पुर्याउने व्यक्ति राजाका सचिवका प्रिय भएपछि राजाका प्रिय हुन्छन् । राजाले उनीहरुलाई चिन्छन् । सच्चा इमानदार देशभक्तलाई राजाले चिन्दैनन् । त्यही भएर राजाको सत्ता गयो । राजाको कुनै पार्टी छैन । राजाका ढुङ्गा हान्ने मान्छे छैनन् । राजा भनेको सबैको हो भने त्यस्तो हुनु पनि हुन्न । तर राजासँग इमानदार व्यक्तिहरु हुनुपर्दछ ।

देशभक्तहरु हुनुपर्दछ । राष्ट्रियता र राष्ट्रिय संस्कृतिका लागि योगदान पुर्याउने मान्छे हुुनुपर्दछ । मैले राजाको शासनकै बेला ‘देशभक्तहरुको अपमान गर्ने राजाको विनास हुन्छ, महाराज !’ भनेर सर्वाजनिक रुपमा सुझाव दिएको थिएँ । अहिले राजा बारेमा धेरै चर्चा हुन्छ । राजसंस्था नेपालको राष्ट्रवादी संस्था हो, यसको मुुलकमा आवश्यकता छ म पनि भन्छु । राजसंस्थाका पक्षमा मैले सके जति गरेको छु । तर एउटा कुरा राजसंस्था शक्ति होइन रहेछ भन्ने निश्चित भयो । राजासँग शक्ति छैन । राजाको शक्ति भनेको राष्ट्रवादी जनता हुन न कि विदेशी । राजा विदेश गए, विदेशीलाई भेटे राजसंस्था अब पुनस्र्थापना हुन्छ भनेर चाटुकारहरु हल्ला गछन् । एकअर्काका विरोधी सागर, फणिहरु हल्ला गर्छन्, गर्न लगाउँछन् । राजाको शासन नै नहुँदा त यिनीहरुको फूर्ति अपच हुन्छ । हिजो यिनीहरुले मुलुक र मुलुकवासीको अहित र आप्mनो हितमा के चाहिँ गरेनन् होला ?

विदेशीले ल्याइदिएको राजसंस्था नेपाली जनताले स्वीकार्छन् स्वीकार्दैनन् ? मेरो र मेरो नेतृत्वका हिन्दू प्रजातान्त्रिक पार्टी नेपालले भने घोर भत्र्सना गर्छ । यही माटोका लागि राजा चाहिने हो भने यही माटोबाट आउनुपर्दछ । माटोसँग मुटु साँट्ने देशभक्तहरुलाई नचिन्ने राजा नेपालीजनलाई कदापि चाहिँदैन । केही पाखण्डी चाटुकार पियनले वा एक दुई विदेशीले राजतन्त्र पुनस्र्थापना हुन्छ र रहन्छ भन्ने पूर्वराजालाई अझ पनि भ्रम छ भने महाराज ! फेरि नेपालमा राजसंस्था पुनस्र्थापना कदापि हुन सक्दैन । देशभक्तहरु नै गणतन्त्रको असली पक्षधर भएर धार्मिक सांस्कृतिक रुपमा अघि बढे भने यहाँका पाखण्डी शिखण्डी एवं एक दुई चाटुकारले महाराजाको सोचलाई दिवास्वप्न बनाउँनेछन् । त्यसैले राजाले कसलाई चिन्छन्, कसलाई चिन्दैनन् ?

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल