भनिन्छ, नारी गहना हुन्, नारी देवी हुन् । नारीको पूजा गर्नुपर्छ । नारी महान हुन्छन्, नारी समान हुन् तर यो भनाइमा मात्र सीमित छ, जो व्यवहारमा लागू छैन । नारीको हकहितका लागि थुप्रै सङ्घसंस्थाले कार्यक्रम पनि नगरेको होइन तर यस्ता कार्यक्रम दुर्गममा भन्दा सहरमा मात्र केन्द्रित छन् ।
ग्रामीण तथा दुर्गमका महिलालाई आफ्ना बारेमा कहिल्यै चेतना भएन ? दुर्गम क्षेत्रका महिलाहरुलाई नारी दिवस के हो ? नारी दिवस केका लागि मनाइन्छ भन्नेसमेत थाहा छैन । नारी दिवस के दिवसमा मात्र सीमित हुने हो ? दिनानुदिन महिला हिंसा बढ्दै गर्दा नारीले हेरेर मात्र बस्ने हो ? नारी दिवस केका लागि, हामी नारी केका लागि भन्ने प्रश्न खडा गरिएको छ ।
आज फागुन महिना २५ गते १०७औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस हो । यो दिवस सहरमा मात्र सीमित छ । देशभरि नारी दिवस मनाइरहँदा ग्रामीण क्षेत्र तथा श्रमिक महिलाहरुलाई भने आज नारी दिवस हो भन्ने समेत थाहा छैन । थुप्रै नारी नेतृ तथा देशका मुख्य नेतृत्वले भनेका कुरा याद आएको छ । नारीको हक अधिकारको आवाजहरु सुनेको पनि धेरै भयो तर आवाज मात्र सुनिए आवाजमा मात्र सीमित छ, व्यवहारमा होइन ।
व्यववहारमा कहिले लागू हुन्छ, त्यो त थाहा छैन । कुनै एउटा पुरुष कार्यक्रममा पुग्छ, जसले नारीको विश्लेशण गर्छ नारी देवी हुन् भन्छ । आधा आकाश ढाकेकी नारीलाई पूजा गर्नुपर्छ । नारी गहना हुन नारीलाई गहनाको रुपमा लिनुपर्छ भन्छ । तर त्यही पुरुष कुनै कार्यक्रम सकेर पर्कन्छ घर नपुगी नारीको अनेकथरी कुरा काट्छ । जसले घरबाहिर आदर्शको कुरा गर्दछ ।
उसले घरभित्र हिंसा गरिरहेको हुन्छ । जुन पुरुषको भाषण भाषमा मात्र सीमित हुन्छ, व्यवहारमा हुँदैन । त्यस्तै महिला नेतृ पनि भाषणमा मात्र सीमित हुन्छन् । भन्छन् हामी महिला हौँ, आधा आकाश ढाकेका महिला हौँ । महिला हक अधिकार माग्नुपर्छ । पाइएन भने खोसेर लिनुपर्दछ तर ती महिला नेतृ पनि भाषणमा मात्र सीमित हुन्छन् । कार्यक्रमको भाषण सकेर घर पुग्दा आफ्नै श्रीमानबाट हेपिइरहेकी हुन्छिन् ।
नेपाल आखिर पुरुष प्रधान देश हो । नारी र पुरुष एकरथका दुई पाङ्ग्रा हुन् भने पनि दुई पङ्ग्रालाई समान रुपमा अगाुडि बढाउन सकिएको छैन । आखिर पुरुष पुरुष नै र महिला महिला नै हुन्छन् । नेपाली नारी हरेक कोणबाट पीडित छन् । चाहे त्यो घरभित्र हुने हिंसा होस् अथवा समाजबाट हुने हिंसा होस् । नारीले हिंसा सहेर नै बसेकी हुन्छे । जो अनेक हिंसा सहेर बसेकी हुन्छे नारी । प्राय नारीहरू बाहिरी रुपमा खुसी भए पनि भित्रीरुपमा दुःखी हुन्छन् ।
ग्रामीण क्षेत्रका नारीका तुलनामा सहरका नारीहरु चेतनशील हुन्छन् तर सहरका महिला हिंसामा नपर्ने भन्ने चाहिँ होइन । ग्रामीण क्षेत्रको तुलनामा सहरमा हिंसा कम नै हुन्छन् । सामाजिक, आर्थिक र शिक्षालगायतमा ग्रामीण क्षेत्रका महिलाहरु कमजोर हुन्छन् । कतिपय महिला त शिक्षाबाट धेरै टाढा हुन्छन् ।
नारीको आवाज उठाउन थुप्रै सङ्घसंस्था स्थापना भएका छन् । तर ती संस्था सहर केन्द्रित मात्र छन् । ग्रामीण क्षेत्रमा छैनन् । सहरमा नारी दिवस मनाइरहँदा दुर्गम क्षेत्रका महिलालाई आज नारी दिवस हो भन्नेसमेत थाहा छैन । सहरका श्रमिक महिला नै भए पनि उनीहरु नारी दिवस किन मनाइन्छ, केका लागि मनाइन्छ भन्नेबारेमा जानकारी पाइरहेका हुन्छन् । तर ग्रामीण महिलालाई यस विषयमा कुुनै चासो नै हुँदैन ।
अहिले नारीको आवाज उठाउने थुप्रै सङ्घसंस्था छन् । नारीका पक्षमा आवाज उठाउने नेतृहरु पनि सहरमा मात्र केन्द्रित छन् । दुर्गम क्षेत्रका नारीहरुको अवस्थाका बारेमा उनीहरुको आँखा जाँदैनन् । सयौँ घटना घटिरहँदा चुपचाप बस्ने नारी नेतृहरुले कसरी दुर्गम क्ष्ोत्रका नारीलाई उद्धार गर्न सक्छन ? हुम्ला जुम्लाका नारीहरु महिनावारीको समयमा गोठमा बस्दा कयौंले ज्यान गुमाएका छन । थुप्रै महिला नेतृहरु सङ्घसंस्थाको अगुवा भए पनि ग्रामीण भेगका यी महिलालाई तिनीहरुका कार्यक्रमले छोएको छैन ।
आखिर नारी दिवस मनाएर मात्र नारीको पहिचान र अधिकार प्राप्त हुन सक्दैन । ग्रामीण भेगका नारीमा पनि उनीहरुको हक अधिकारका लागि सचेत गराउने आजको आवश्यकता हो । संसारका नारी एक हौँ भनी गाउँदेखि सहरसम्म नारीको आवाज उठेपछि मात्र नारी दिवसको सार्थकता हुन्छ । जब नारीनारीबीच विभेद हट्दै जान्छ तब मात्र नारीको अस्तित्व सबैले स्वीकार्छन । त्यसैले भाषण र नारामा मात्र होइन नारी दिवसलाई व्यवहारमा उर्तान जरुरी छ ।
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..