महिलाको प्राथमिकता : अधिकार कि सशक्तीकरण ?

महिलाको प्राथमिकता : अधिकार कि सशक्तीकरण ?

बिश्वबन्धु भण्डारी

मेरो गाउँमा एउटा सानो बस्ती छ, जहाँ कुमाल जातिहरुको मात्रै बसोबास छ । त्यहीँ जन्मेको र त्यहीँ हुर्केको भएरपनि कुमाल बस्तीको अवस्थाको वारेमा जानकार छु । त्यहि गाउँमा एकजना दिदी हुनुहुन्छ धनमाया कुमाल (नाम परिवर्तन ) । मैले एस एल सी दिदाँसम्म कुमाल जातिवाट एकजनापनि एस एल सी पास गर्नुभएको थिएन, त्यसैपनि अलि असिक्षित हुनुहुन्थ्यो ति दिदीपनि जस्लाई राम्रोसगँ आफ्नो नाम पनि लेख्न आउदैन । त्यहाँका युवाहरु धेरै जसो ४ र ५कक्षा पढ्ने अनि लाहुर जाने धेरै पहिले देखिको परम्परानै छ । तिनै दिदीका लोग्नेपनि बिहे गरेपछि २ र ३ महिनामा पैसा कमाउन लाहुर जानुभयो । केहि बर्ष त आउने जाने निरन्तर भईरह्यो । तर एक सन्तान जन्मिसकेपछि भने उहाँ सम्पर्क बिहीन हुनुभयो । न फोन, न चिट्ठी, न त घरमै फर्केर आउनुहुन्थ्यो । लाहुरतिरै बेपत्ता हुनुभयो ।

सासु ससुराहरुले तेरै कारण मेरो छोरो हरायो भनेर ति दिदीलाई गाली गर्न थाले । वल्तिरपल्तिरका छरछिमेकीहरुले पनि दिदीलाईनै दोष दिन थाले । उहाँलाई घरवाट निकालियो र एक सन्तानका साथ सानो कटेरो वनाएर सासु ससुरासगँ छुट्टिएर बस्नुभयो । दिनरात ज्यालादारी गरेर आफ्नो र सन्तानको ज्यान पाल्दै आउनुभयो । एक समय गाउँमा क्रियासिल केहि राजनितीक दलका नेताहरु उहाँको घरमा गएर अधिकारका कुरा गर्दै सासु ससुरासगँ मुद्दा लड़ेर सम्पत्ति लिनका लागि उकासे । उहाँपनि अधिकार प्राप्तीका लागि अदालतसम्म पुग्नुभयो । सासु ससुरालाई प्रतिपक्ष वनाएर मुद्दा लड्नुभयो । केहि समय त उहाँ मुद्दाको तारिख वोक्नकालागि सदरमुकाम आउजाउ गर्नुभयो । तर पछि भने सदरमुकाम जाने गाडीभाडा पनि नहुदा अदालतले वोलाएको समयमा अदालतमा उपस्थित हुनै नसक्ने हुनुभयो । हिजो उकासेका ति नेताहरुले पैसा सापटी पनि दिएनन् । आज करिव १० बर्ष जति भो ति दिदी अझैपनि सम्पत्तिका लागि या भनौ अधिकारका लागि लडिरहनुभएको छ, तर हात लाग्यो शून्य ।

त्यहि गाउँमा अर्की एउटी दिदी मनलमाया (नाम परिवर्तन ) हुनुहुन्छ । उहाँको कथा पनि उस्तै छ । लोग्ने हराउनु, सासु ससुराले घरवाट निकाल्नु, वल्तिर पल्तिरकाले वेवास्ता गर्नु यि सवै घटना उहाँको जीवनमा पनि आए । उहाँको घरमा पनि गए अधिकारका कुरा गर्दै स्थानिय राजनितीक दलका नेताहरु र उसैगरि उकासे सम्पत्ति प्राप्तीका लागि अदालतमा गÞएर मुद्दा लड्न । राजनितीक दलको त्यो उकास्ने प्रवृति भन्दा उहाँलाई स्थानिय महिलाहरुको सल्लाह मनपर्यो र स्थानिय महिलाहरुकै सहयोगमा मैनवत्ति वनाउने, अगरबत्ति वनाउने र मुढा वुन्ने तालिम लिनुभयो । स्थानिय महिलाहरुले सन्चालन गरेको महिला आय आर्जन कोषवाट ऋण लिएर मेसिनहरु र चाहिने सामाग्रीहरु किन्नुभयो र आफै व्यावसाय सुरु गर्नुभयो । रातदिन परिश्रम गरेर मैनवत्ति, अगरवत्ति वनाउने अनि नजिकैका शहरहरुमा लगेर वेचेर रकÞम संकलन गर्न थाल्नुभयो । आज मनमाया दिदीका २ छोराछोरी स्थानिय अंग्रेजÞी स्कुलमा पढ्दैछन् । हिजो हराएका लोग्ने पनि घरमै फर्केर मनमाया दिदीलाई सहयोग गरिरहेका छन् । दुवै मिलेर व्यावसाय गरेका छन् । घरवाट निकालेका तिनै सासु ससुराहरुले बत्ती गएका वेला मनमाया दिदीकैवाट मैनवत्ति लगेर वालेका छन् । पैसा सापटी चाहिदा उनै वुहारीसगँ सापट मागेका छन् ।

मैले प्रत्यक्ष देखेका यि २ पात्रहरुको सुरुवाती संघर्षका दिनहरु एउटै थिए, लोग्ने, सासु ससुरा आफन्तजन र समाजको अवहेलना दुवैले सहनुभयो तर अचेल मनमाया दिदी र धनमायामा धेरै परिवर्तन भएको छ । धनमाया दिदी अधिकार प्राप्तिमै भुलिरहनुभयो । अधिकारको खोजीमै भौतारिदा भौतारिदै दोवाटोमै अल्झिएकी छिन् । अव कता जाने गन्तव्य निश्चित छैन न लोग्ने साथमा छन् न सासुससुरा न माईती न त आफन्ती र समाज, अधिकार प्राप्तीकै पर्खाईमा नित्तान्त एक्ली भएकी छिन् भने यता धनमाया दिदी भने अधिकारका नाममा कहिल्यै भुलीनन्, कहिल्यै कसैसगँ मुद्दामामिला तिर लागिनन् । अधिकार प्राप्ति भन्दापनि सिप अभिवृद्धि, ससक्तिकरण र आफै केहि गरेर देखाउने भन्ने साहस वटुलेर अगाडी बढिन । आज सफल पनि भएकी छिन् । उनले अधिकार माग्नै परेन । कसैसगँ खोसेर लिनै परेन । जव उनि आफै आत्मनिर्भर वनिन् अधिकार उनलाईनै खोज्दै आयो ।

मेरा आदरणीय दिदी बहिनीहरुलाई मेरो प्रश्न “तपाईहरुको प्राथमिकता अधिकार कि सशक्तीकरण ? “अबको महिला मनमाया दिदीजस्तै होस् भन्ने कि धनमाया दिदीजस्तै ? देशभर महिला अधिकारका कुरा चलिरहँदा मेरो यो लेख पढेर कतिपय दिदीवहिनीहरुलाई लाग्दो हो यस्ले महिलाको बिपक्षमा लेख्दैछ । दश औला जोडेर विन्ती गर्छु नमन गर्छु सम्मान गर्छु सधै अधिकारका कुरा मात्रै गरेर समय वर्वाद नगर्नुहोस् । हो अधिकारका लागि लड्नु कुनै बेला आवश्यक थियो । अव अधिकारका लागि लडिरहनु पर्ने अवस्था छैन । बरु अहिले सम्म प्राप्त अधिकारहरुलाई संस्थागत गर्ने र कार्यान्वयन गर्ने तर्फ ध्यान दिनु पर्ने बेला भएको छ । त्यसका लागि सवै भन्दा पहिला तपाई सक्षम वन्नुहोस्, आत्मनिर्भर वन्नुहोस्, अधिकार माग्न पर्दैन तपाईलाईनै खोज्दै आउँछ ।

म गाउँमा जन्मेर गाउँमै हुर्केको युवक हुँ । तपाईहरुको परिभाषाले मलाई शासक वनाएको छ । तपाईहरुको दृष्टिमा हेप्ने प्रवृतिको हुदो हुँ । तर एउटा कोदोको रोटी खाएर दिनभर मेला गरेर आउँदापनि सासुले खान नदिएर भोकै सुतेका आमाहरुको दुःख देखेको छु । वच्चा जन्माउनु भन्दा अगाडी दिनभर भारी वोक्दै गर्दा वेथा लागेर वारीमै वच्चा जन्माएकी अन्टीहरुको पिडा देखेको छु । बिदेशमा पसिना चुहाएर पैसासगँ जिन्दगी साट्दै गरेका दिदीहरुको यथार्थपनि देखेको छु । अनि शहरको महल भित्र सोफामा बसेर खुट्टा हल्लाउदै छानी छानी हिन्दी सिरियल हेर्दै वसेका भाउजुहरुपनि देखेको छु । अव भन्नुस्, हजुरहरुले मागेको अधिकार कस्का लागि ? विद्यादेवी भण्डारीलाई राष्ट्रपति, ओनसरी घर्तीलाई सभामुख र शुसिला कार्कीलाई प्रधानन्यायाधिस वन्नु भयो ।

अधिकार नभएको भए उहाँहरु बन्न पाउनु हुने थिएन । त्यसैले अधिकार आईसकेको छ । तव त्यसलाई उपयोग र कार्यान्वयन गर्ने पनि महिलाहरुले नै हो । अधिकार भयो भन्दैमा केही नगरी खान पाउने होईन । नेपालमा अधिकार पाएपछि सवै त्यसै हुन्छ जस्तो सोचाई धेरैमा देखिन्छ । अधिकार हुदैमा मेरी गाउँकी आमा एकछाक खानका लागि कुटो कोदालो चलाउनु नपर्ने भएको हो र ? या मेरा भाउजुहरुलाई एकसरो कपड़ा किन्न लोग्ने गुहार्नु नपर्ने भएको हो र ? होईननी आफ्नो काम त गर्नु पर्यो नी । त्यस्तै अधिकारले मात्रै कहिल्यै आत्मनिर्भर र सक्षम वनाउदै वनाउदैन । अझैपनि अधिकार मागिरहने होईन, आत्मनिर्भर र सक्षम वनेर अधिकारको प्रयोग गर्ने हो । पहिले तपाई आत्मनिर्भर र सक्षम वन्नुस् अनि हेर्नुस् त कुन चाहि पुरुषले तपाईलाई हेप्ने साहस गर्दो रहेछ ? नारिदिवसको सुखद अवसरमा सवै महिला दिदी बहिनीहरुलाई शुभकामना …….।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल