स्ववियुको भूमिका परिमार्जन आवश्यक

स्ववियुको भूमिका परिमार्जन आवश्यक

कमलेश डी.सी.

त्रिभुवन विश्वविद्यालयले ८ वर्षपछि घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थी सङ्घ सङ्गठनहरुले देखाएको अराजकताप्रति सरोकारवालाहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् । यतिबेला विद्यार्थीहरुको गतिविधिले पौराणिक लोक कथाको स्मरण गराएको छ । एक जना केटाले पैसा कमाउनका लागि आफ्नै घरमा आगो लगाएर खरानी बेच्दै हिँडेको थियो रे । यो दृश्य देख्नेहरु आफ्नै घर पोलेर खरानी बेच्ने केटाप्रति दया, घृणा, आक्रोश र आश्चर्यपूर्ण प्रतिक्रिया व्यक्त गर्दथे । आज हाम्रा विद्यार्थीहरु पनि यही कथाको पुनरावृत्ति गरिरहेका छन् । आफै पढ्ने विश्वविद्यालयहरुमा तोडफोड, आगजनी र तालाबन्दी गरेर जगत ह“साउने काम गरिरहेका छन् । स्ववियु निर्वाचन आफै माग गर्ने र आफै निर्वाचन हुने वातावरण बिगार्ने । यो कस्तो बा“दरे प्रवृत्ति हो ?

आज विद्यार्थीहरुमा अनुशासन, नैतिकता र अध्ययनशीलता जस्ता नभै नहुने गुणहरु खस्किँदै जान थालेका छन् । भोलि यिनै विद्यार्थीहरु राजनीतिक दलको नेतृत्वमा पुग्ने हुन् । दलको नेता भएपछि स्वभाविक रुपमा यिनीहरुले नै देशको बागडोर पनि सम्हाल्ने पनि हुन् । तर अहिले देखिएको अवस्थाबाट कसरी यस्तो जनशक्तिले देशको नेतृत्व गर्ने हो भन्ने चिन्ता थपिएको छ । विद्यार्थी सङ्गठनहरु आआफ्ना माउ पार्टीबाट सञ्चालित छन् । त्यसैले विद्यार्थी सङ्गठनहरुले देखाइरहेको यो अराजकतामा परोक्ष रुपमा तिनका माउ पार्टीहरुको पनि हात रहेको छ भन्न सकिन्छ ।

विद्यार्थी समाजको सचेत वर्ग हो । विद्यार्थी सङ्गठनहरुको इतिहास नेपालमा निकै गौरवशाली छ । देशको प्रजातान्त्रिक आन्दोलनमा यिनीहरुको भूमिका अवश्य पनि प्रशंसनीय छ । राजनीतिक दलहरु प्रतिबन्धित भएको बेला विद्यार्थीहरु नै स्वतन्त्रता र चेतनाका संवाहक थिए । कतिपय अवस्थामा जनताको नेतृत्वसमेत यिनीहरुले नै गर्दथे । पञ्चायती व्यवस्थाको विरुद्धमा विद्यार्थीहरुले नै विगुल फुके र निर्विकल्प भनिएको पञ्चायतलाई जनमत सङ्ग्रहमा जान बाध्य पारे । त्यसपछि पनि राजाको निरङ्कुशताविरुद्ध सडकमा आएर दलहरुलाई साथ दिए । यस मानेमा नेपालको विद्यार्थी आन्दोलनको आफ्नै विरासत छ । निर्दलीय व्यवस्था विरोधी आन्दोलनकै क्रममा २०३६ सालमा जन्मेको स्वतन्त्र विद्यार्थी युनियनको पनि ऐतिहासिक महत्व छ नै । यस्तो गौरवपूर्ण इतिहास बोकेको स्ववियु नै सङ्कटमा पर्ने हो कि भन्ने खतरा अहिले उत्पन्न भएको छ । अहिलेका विद्यार्थीहरुमा स्ववियु नै चाहिँदैन भन्ने मनोविज्ञान जन्मन थालेको छ । त्यसैले विद्यार्थी सङ्गठनहरु संयमित र अनुशासित भएर समाजमा आफ्नो भूमिका स्थापित गर्नुपर्दछ । यस्तो कार्यमा संलग्न जो कोही भए पनि भण्डाफोर गर्नुपर्दछ । वर्तमानमा देखिएका घटनाक्रमहरुबाट स्ववियुको निरन्तरताको बारेमा बहस चलाउनैपर्ने भएको छ । स्ववियुको भूमिकामा पक्कै पनि केही परिमार्जन गर्नुपर्दछ । यसलाई वेलफेयर काउन्सिलमा रुपान्तरण गरेर जा“दा राम्रो होला ।

इतिहासमा स्ववियुले खेलेको भूमिकालाई सम्मान गर्दै परिवर्तित सन्दर्भमा नया“ ढङ्गले सोच्नु आवश्यक भइसेकेको छ । प्रतिबन्धित अवस्थामा स्ववियुले गरेका कामहरु अहिले राजनीतिक दल र तिनका भातृ सङ्गठनहरुले गर्न सक्छन् र गरिरहेका पनि छन् ।

निःशुल्क शिक्षा, व्यावहारिक र वैज्ञानिक शिक्षाजस्ता कुराहरु कुनै बेला विद्यार्थी सङ्गठनहरुका राष्ट्रिय मुद्दा थिए । साथै लोकतन्त्र र जनअधिकार तिनले उठाउने राजनीतिक एजेन्डा थिए । जुन आज राज्यले स्विकार गरिसकेको छ । देशले लोकतन्त्र प्राप्त गरिसकेको र लोकतन्त्र प्राप्तिको आन्दोलनमा विद्यार्थीहरुको भूमिका अति महत्वपूर्ण रह्यो । अब देश नया“ कोर्षमा हिँडिरहेको छ । आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै विकास र समृद्धिको मार्गमा हिँड्नुपर्ने आजको आवश्यकता हो । अब राजनीतिक दलहरुले विद्यार्थीहरुलाई सडक तताउन र आफ्नै विश्व विद्यालयहरुमा आगजनी र तोडफोड गर्न होइन शैक्षिक विकास र उन्नयनमा लगाउनुपर्दछ । विश्व विद्यालयहरु ऋब राजनीतिक दलका कार्यकर्ता उत्पादन गर्ने कारखानाका रुपमा रहन दिनु हुँदैन । तिनीहरुलाई प्राज्ञिक र शैक्षिक केन्द्रको रुपमा विकास गर्ने दिशामा सबै जिम्मेवार राजनीतिक दलहरुले सोच्नुपर्दछ । राजनीतिक विचार र दर्शनको बारेमा बहस र छलफल गर्ने शैक्षिक केन्द्रहरुमा कोरा राजनीतिको अभ्यास नगरौँ । त्यसैले स्ववियुको स्वरुप र भूमिकामै परिवर्तन गरौँ । जसले गर्दा हाम्रा विश्व विद्यालयहरु ज्ञान र सिर्जनाका पवित्र धाम बन्न सकून् । यहा“निर तत्कालीन अमेरिकी राष्ट्रपति ओबामाले संवाददाताहरुलाई दिएको जवाफको प्रसङ्ग चर्चा गर्नु सान्दर्भिक होला । अमेरिकी पत्रकारहरुको एउटा समूहले ओबामा सामु अमेरिकाको भूमिका विश्व राजनीतिमा कमजोर हुँदै गएको र त्यसको स्थान चीनले लिन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले ती पत्रकारहरुलाई आश्वस्त पार्दै भनेका थिए– जबसम्म हाम्रो देशमा हार्वर्डजस्ता विश्वविद्यालयहरु रहन्छन् र त्यहाँ विश्वका विद्वानहरुको आकर्षण रहिरहन्छ, त्यो बेलासम्म अमेरिका शक्तिशाली नै रहन्छ । हाम्रा शक्तिका स्रोत हाम्रा युनिभर्सिटी हुन् । कत्रो गौरव । तर हाम्रा विश्वविद्यालयहरुको हविगत उदेक लाग्दो छ । त्यसैले देश बचाउने र बनाउने हो भने विश्व विद्यालयहरुको स्वायत्तताको रक्षा गरौँ । तिनलाई दलीय राजनीतिको क्रीडास्थल बन्नबाट जोगाऔँ । स्ववियु नामको संस्था खारेज गरेर उपयुक्त विकल्प सिर्जना गराँै । सबैलाई चेतना होस् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल