किन देशभक्त बन्न सकेनन् नेताहरु ?

किन देशभक्त बन्न सकेनन् नेताहरु ?

निमकान्त पाण्डे

संसारको सबैभन्दा सम्पन्न देशका रूपमा विकसित भएको अमेरिकामा आजको २१औं शताब्दीको सभ्य समाजमा संसारकै मुलुकहरूबाट ‘मूर्ख’को संज्ञा पाउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन पुगेका छन् । योभन्दा लज्जास्पद विषय के हुनसक्छ ? संसारलाई शासन गर्ने दम्भ पालेको मुलुक हो अमेरिका । त्यही मुलुकमा मूर्ख व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन पुग्नु निर्वाचन पद्धतिकै उपहास होइन भनेर कसरी भन्ने ? मूर्ख व्यक्तिको संज्ञा पाएका डोनाल्ड ट्रम्पले अमेरिकामा आफ्नो मूर्खता प्रदर्शन गरिरहेको साता दिन नबित्दै कोरियाली भूमिमा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरिएको छ ।

यो परीक्षणले साम्राज्यवादी अमेरिकालाई निश्चय पनि झस्काएको हुनुपर्दछ । विश्वको सबैभन्दा ठूलो ‘सहारा’ मरुभूमिले घेरिएको अफ्रिकी मुलुक लिविया जुनबेला संकटमा थियो, पश्चिमा र युरोपेली मुलुकहरूलाई लिवियाली जनताको दुर्दशाप्रति वास्ता थिएन । तर, उनीहरूले इन्डोनेशियाका नरसंहारक सुहार्तोलाई पोसिरहेका थिए । जुनबेला इरान र इराक आफ्नै धर्म र संस्कृतिमा रही शान्त र सुखी जीवनयापन गरिरहेका थिए, पश्चिमा र युरोपेलीहरू इस्लाम धर्मलाई सिया र सुन्नीमा विभक्त गराउन केन्द्रित थिए । आज पनि कैयौं उदाहरणहरू हाम्रा आ“खा अगाडि छन् । जस्तो पू“जीवादी दृष्टिमा विश्वका देशभक्त नेताहरू किम जोङ उन, अहमदिनेजाद, ह्युगो चाभेज, मोरालेसहरू खराब मानिन्छन् तर नरेन्द्र मोदी र लालु यादवजस्ता राजनीतिका हास्य पात्रहरू ठीक मानिन्छन् ।

बेलायत, अमेरिका तथा युरोपेली राष्ट्रहरूले प्राकृतिक तेल भण्डारहरू प्रयोग गर्नका लागि कठपुतली सरकार बनाएर लिवियालाई लंगडो बनाइरहेका थिए, जनता मौन थिए । सिंगो राजनीति सोभियत र अमेरिकी धुरीमा विभक्त थियो । सेनाका कर्णेल मोअम्मर गद्दाफीले केही सहयोगीको भरमा सत्ता कब्जा गरेथे । सेनाका राष्ट्रघाती अधिकारीहरू र राजनीतिक दलका नेताहरूलाई कैद गरे । त्यो बेला ‘कंगाल महादेश’ भनेर चिनिने अफ्रिकी महादेशको लिवियालाई युरोपेली मापदण्डमा पु¥याई छाडेका छन् आज ।

गद्दाफीले पू“जीवादी, साम्राज्यवादीहरूस“ग हात मिलाउ“दा हातलाई रुमालले बा“ध्थे भन्ने रोचक विषय चर्चित थियो । हाम्रो नेपाललाई त्यस्तै राष्ट्रवादी भावना भएको देशभक्त नेता आवश्यक भएको छ । साम्राज्यवादीका डरलाग्दा धम्की र हस्तक्षेपलाई देशभक्तिपूर्ण अडानले विस्थापित गरिरहेका उत्तर कोरियाली नेता किम जोङ उन र अहमदिनेजादजस्ता साम्राज्यवादीका नजरमा तानाशाह देखिने देशभक्त व्यक्तिको आवश्यकता हाम्रो देशलाई खट्किरहेको छ । सेनाप्रमुख भएर सुहार्तोले अमेरिकी ‘कुकुर’ का रूपमा जसरी इन्डोनिशियामा ४० वर्षे शासन चलाई राष्ट्रिय सेनाभित्र विदेशी शक्तिलाई चलखेल गर्ने मौका दिए, त्यस्तै डरलाग्दो अवस्थाको संघारमा आज हाम्रो देश नेपाल आइपुगेको छ । सरकारी सेनालाई राष्ट्रिय सुरक्षाका निम्ति फलामे सेना बनाउन र जनताको मनोभावनालाई देशभक्तिपूर्ण अभियानमा केन्द्रित गराउन पनि आज नेपाल र नेपाली जनतालाई देशभक्त शासकको खा“चो छ ।

तीनतिरबाट भारतवेष्ठित मुलुकका रूपमा रहेको हाम्रो देशको राजनीति, सुरक्षा र अर्थ व्यवस्थालाई दिल्लीवेष्ठित बनाउने भयानक खेलहरू क्रमशः भइरहेका छन् । पछिल्लो पटक प्रदेश निर्माण गर्ने क्रममा नेपालभित्रैका राजनीतिक दलहरूबीच कुरा नमिलिरहेको अवस्थामा छिमेकी मुलुक भारतका शासकहरूको मनोकांक्षा पूरा गराउने अभियानमा नेपालका नेताहरू लाग्नुपर्ने बाध्यता देखिएको छ । यस्तो बाध्यता किन आइपरेको हो ? बुझ्न सकिरहेको छैन । नेपाल एउटा सार्वभौम सम्पन्न मुलुक हो वा होइन भन्ने प्रश्न भारतले खडा गरिदिएको छ । यस्तो गम्भीर अवस्था सृजना हुँदा पनि नेपालका राजनीतिक दलका नेताहरू राष्ट्रिय सवालमा एक हुन सकिरहेका छैनन् । नेपाल र भारतबीचका संवेदनशील विषयहरूले नेपालको अस्तित्व र स्वाभिमानमाथि आ“च पु¥याउ“छन्, त्यस्तो अवस्थामा नेपालका राजनीतिक दलहरू नया“ दिल्लीको निम्ति सहयोगी बनिदिन्छिन्, यो सबैले देखे जानेको यथार्थ हो ।

आजभन्दा लगभग २० वर्षअगाडि संसदबाट महाकाली सन्धि पारित गरिएको थियो । त्यो सन्धि पारित गर्न एमाले र कांग्रेसको अभूतपूर्व एकता देखिएको थियो । महाकाली सन्धि पारित भएपछि मुहान कुन हो भन्ने किटान नभइसकेको सिंगो महाकालीमाथि अधिकार जमाउने अवसर भारतले पायो । टनकपुर सन्धिमार्फत गिरिजाद्वारा पुच्छर त भारतलाई सुम्पिइएकै थियो, यो सन्धिपछि महाकाली पूरैमा उसको अधिकार स्थापित भयो ।

त्यत्तिले मात्र पुगेन, ४० लाख भारतीय आप्रवासीलाई त्यहीबेलादेखि तुरुन्त नेपाली नागरिकता दिलाउने बाटो खुलाउ भनेर नया“ दिल्लीले दिएको आदेश कार्यान्वयन गर्न माओवादीको दश वर्षे सशस्त्र युद्ध र १६ हजार नेपाली जनताको रगत बगाउनुपर्ने बाध्यता नेपाली जनतालाई किन आइप¥यो ? यसो भनिरहँदा आमूल रूपान्तरणको सपना देखेर रगत बगाएका वीरयोद्धाहरूको अवमूल्यन गरेको नठानियोस् । तथापि कांग्रेस र एमालेले गरेको भारतीयहरूलाई आप्रवासीका नाममा नागरिकता दिने प्रयासलाई १० वर्षको सशस्त्र युद्धपछि शान्तिप्रक्रियामा आएको माओवादी सम्मिलित सरकारको सहयोगमा सार्थक तुल्याइयो । त्यसैका आडमा नेपाललाई खण्डित गर्ने भूमिकामा भारत ज्यान छोडेर लागेको छ । आज समग्र तराई क्षेत्रलाई मधेश राष्ट्रका नाममा अलग गराउने भूमिकामा छिमेकी देश भारत नाङ्गो रूपले लागिरहनुबाट हामी कुन धरातलमा रहेछौं भन्ने स्पष्ट भएको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल