हाम्रो स्वाधीनता यसरी खोसिँदैछ

हाम्रो स्वाधीनता यसरी खोसिँदैछ

विष्णुकुमार प्रसाईं

अहिले छैन । विज्ञानको अकल्पनीय प्रगति, चेतनाको स्तरमा व्यापक वृद्धि, संसार एकअर्कामा नजिकसँगै सामरिक प्रतिस्पर्धा तथा कतिपय राष्ट्रमा भएको परमाणु क्षमताको विकासले गर्दा झट्ट सेना पठाएर झाटझुट अर्को राष्ट्रलाई कब्जामा लिने स्थिति छैन । कसैले त्यस्तो नीति अपनायो भने अर्को राष्ट्रको सम्बन्धका कारण आक्रमणकारी राष्ट्र बराबरको वा त्योभन्दा अझ शक्तिशाली राष्ट्रको सामना गर्नुपर्ने अवस्था आउँछ ।

भारत, पाकिस्तान सम्बन्ध सत्रुसत्रु राष्ट्रको जस्तो छ । भारत र पाकिस्तानबीच कस्मिरको विषयलाई लिएर मात्र दुई पटक युद्ध भइसकेको छ । ठूला–ठूला झडपहरु धेरै पटक भइसके । ताकत पुगेर पनि भारत पाकिस्तान माथि आक्रमण गर्न सक्दैन । ऊसँग पनि परमाणु बम छ । परमाणु हतियार उसले प्रयोग गर्यो भने भारतको पनि ठूलो क्षति हुन्छ । ‘इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल’ धेरै राष्ट्रहरुसँग छन् ।

विश्वमा हस्तक्षेप र आक्रमणको नीति लागू गर्न सर्वप्रथम त्यस देशका नेता भनाउँदा केही पातकी, केही घातकी, केही राष्ट्रघाती दलाललाई लोभ लालच र पदको ललिपप दिएर फसाउँदै लगिन्छ र अन्तिममा मर्नुभन्दा बहुलाउनु निको भन्ने अवस्थामा पुग्छ । अर्थात् उसले पद, प्रतिष्ठा र जीवनका लागि जानीजानी राष्ट्रिय अस्मितामाथि धावा बोल्नुपर्ने अवस्थामा पुग्छ । यहाँ जीवन किन भनिएको भने विदेशीको दलाल बनेर अगाडि बढेपछि हरेक कुरामा चिप्लिँदै गएपछि भासिँदै गएपछि उसले त्यो भासबाट निस्कन खोज्यो भने वा स्वाधीनताको पक्षमा लाग्यो भने उसको जीवन नै समाप्त पारिन्छ । उसको मृत्यु बारे कोही पनि जानकार हँुदैन । उसको मृत्युबारे भ्रम फैल्याइन्छ । उसको मृत्युबारे अनुसन्धान नै हुँदैन वा प्रायोजित रुपमा कपोलकल्पित भ्रामक प्रतिवेदन बाहिर आउँछ ।

राजा वीरेन्द्रको विदेशीहरुद्वारा भएको हत्यालाई यसरी हेर्नसकिन्छ । वीरेन्द्र राजाको वंश नाश गरियो । आरोप युवराज दीपेन्द्रलाई लगाइयो । यथार्थमा सर्वप्रथम दीपेन्द्रलाई हत्या गरेपछि छानीछानी राजारानी राजरिवारको हत्या भएको थियो । ग्रान्ड डिजाइन खोलिदिन्छु भन्ने गिरिजाप्रसाद कोइराला जस्ता राष्ट्रघाती, आततायी, अपराधीहरुको संलग्नतामा दरबार हत्याकाण्ड भएको थियो ।

यहाँ जीवनको सन्दर्भमा राजा वीरेन्द्रको हत्या प्रसङ्ग उदाहरणका रुपमा लिइएको हो । मदन भण्डारीको हत्या पनि त्यही हो जोराजा वीरेन्द्रको हत्या जस्तै हत्या हो । तसर्थ राष्ट्रिय महत्वका ठाउँमा बसेका मान्छेले विदेशीहरुसँग तटस्थताको सम्बन्ध राख्न नसक्दा यस्ता घटना हुने गर्छन् । एकातिर ढल्किँदा पनि यस्तो घटना घट्छ । विवेक र वास्तविकताको ख्याल नगरी सन्तुलन बिग्रँदा पनि अप्रिय घटना घट्छ ।

नेपालको स्वाधीनता खोस्न विदेशीहरुले राजा महेन्द्रको पालादेखि नै प्रयास गरे । सिक्किम भारतले खोसेकामा मान्यता दिन भारतीय धम्की र दबाबका बीच अत्यन्त तनाव भएर मनशान्तिका लागि दियालो बङ्गला चितवन गएको बेलामा समेत त्यही भारतीय धम्की आएपछि राजा महेन्द्रलाई हृदयघात भयो । मृत्युपूर्व सिक्किमलाई भारतीय प्रान्तका रुपमा मान्यता दिन बाध्य भए भन्ने बताइन्छ । त्यो हीनताबोध र पीडाले हृदयघातबाट उहाँको स्वार्गारोहण भयो ।

राजा महेन्द्रको मृत्यु र नेपालमा भारतीय दबाबलाई नजिकबाट निहालिरहेका युवराज वीरेन्द्र राजा हुनासाथ नेपाललाई बचाउन अर्थात् देशको स्वाधीनताका हत्या हुनबाट बचाउन शान्ति क्षेत्र बनाउन प्रस्ताव राखे । विश्वका ११६ राष्ट्रले समर्थन दिँदा पनि ‘रोटी र बेटी’को सम्बन्ध भएको वकालत गर्ने भारतले भाँजो हालेका थियो । उसले समर्थन दिनुको त के कुरा समर्थन दिने शक्ति राष्ट्र रुसलाई पनि दबाब र प्रभावमा पार्यो ।

विश्वका बहुसङ्ख्यक राष्ट्रको समर्थन हुँदा पनि भारतले नेपालको शान्ति क्षेत्रको प्रस्ताव तुहाउन विभिन्न षड्यन्त्र गरयो । उसको नेपाल खाने नीति र योजना बारे एसके यादव जो भारतीय गुप्तचर संस्थाको पूर्व प्रमुख हुन्, उनले लेखको पुस्तकमा समेत उल्लेख छ ।

इन्दिरा गान्धीका पालादेखि नै नेपालको तराईलाई अलग्याएर भारतमा मिलाउने र क्रमशः देश नै खाने भारतको नीति सार्वजनिक भइसकेको छ । संसदबाट पास गरी राजा वीरेन्द्रकामा लालमोहर लगाउन पठाइयो । राजाले स्वीकार नगरी सर्वोच्च अदालतको राय लिन पठाए । अदालतले अस्वीकार गर्यो ।

गिरिजा प्रसाद कोइरालाको देहान्तपछि सुशील कोइरालालाई गिरिजा जस्तै प्रयोग गरियो । उनी मरे (मारिए ?) पछि शेरबहादुरलाई अझ सशक्त रुपमा प्रयोग गरिँदैछ । महाकालीमा सहजरुपमा प्रयोग भएपछि शेरबहादुर देउवालाई पनि ‘इन्डियाज फ्रेन्ड’ भन्दै रअले अत्यन्त राम्ररी नेपालको स्वाधीनता खोस्न प्रयोग गरिरहेको देखिन्छ ।

२०४६ सालमै राजतन्त्र समाप्त पार्न खोजिएको थियो । त्यो सम्भवत भएन । पश्चिमा मिसनरी राष्ट्रहरुलाई साझा चासो जोडेर सहमति बनिसकेको थिएन । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने भनेपछि पश्चिमाहरु भारतले जे भने पनि हाम्रो समर्थन छ भनेर भारतको सहयोगी भएर खनिए ।

जनचाहनाविनाको गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता लादेर भारतले आप्mनो स्वार्थ पूरा गर्न मिसनरीसँग मिलापत्र गर्यो । केही मण्डलेहरु भाजपा हिन्दू राष्ट्रको पक्षमा छ भनेर भ्रम छर्छन् । धर्मनिरपेक्षता ल्याउन भाजपाको अहं भूमिका रहेको स्पष्ट देखिन्छ ।

काङ्ग्रेस, एमाले, राप्रपा, माओवादी केन्द्रका नेताहरु मिसनरीको र्याल र भारतीयहरुको जालमा परेर मधेस र प्रदेशको नाममा नाङ्गोनाच देखाउने बुख्याँचाको नाममा प्रयोग हुँदै हाम्रो स्वाधीनता खोसिँदैछ ।

नागरिकताको प्रावधान, राष्ट्रियसभाको प्रावधान र जनसङ्ख्याको अधारमा निर्वाचन क्षेत्र तथा सङ्घीयताको सीमांंकन जस्ता कुराले धेरै छिटो संसदको बहुमतको नाममा दुई तिहाइका नाममा सिक्किम जस्तै गरेर नेपालको स्वाधीनता भारतले खोस्दैछ । अझ पनि कसैमा भाजपाले यसो गर्छ, उसो गर्छ भन्ने भ्रम छ भने त्यो दिवा स्वप्ना मात्र हो ।

भाजपाको आमा सङ्गठन आरएसएसको नक्सामा भारतको उत्तरको सिमाना हिमालय छ ।

मोदीहरुको विशाल भारतको अवधारणाभित्र नेपाल पनि छ । त्यसैले नेपालको स्वाधीनता खोस्न मोदी सरकार भाजपा वा आरएसएसको गतिवधि सबैभन्दा घातक र भयावह छ ।

(लेखक स्वतन्त्र पत्रकार हुन्)

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल