• म्याग्दीमा कांग्रेस–माओवादी, एमाले–राप्रपा तालमेल गरी उम्मेदवारी दर्ता

    धिरन खत्री म्याग्दी, बैशाख १९– म्याग्दीको बेनी नगरपालिकाको मेयर र उप–मेयर पदको लागि राजनीतिक दलबाट निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता भएको छ । बेनी नगरपालिकाको मेयर र उप–मेयरमा काग्रेस र माओवादी केन्द्र र नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पाटी तालमेलमा उम्मेद्वारी दर्ता गराएका हुन् । नेपाली काग्रेस र माओवादी केन्द्रको तर्फब..

  • भरतपुर महानगरपालिकामा तीन ठूला दलको उम्मेदवार यस्ता छन्

    चितवन, वैशाख १९– भरतपुर महानगरपालिकामा प्रमुख तीन दलले आफ्नो उम्मेदवारी दर्ता गर..

  • मनाङको नार फू गाउँपालिकामा लामा निर्विरोध निर्वाचित

    मनाङ, वैशाख १९– हिमालपारिको जिल्ला मनाङको नार फू गाउँपालिकामा नेपाली कांग्रेसका ..

  • भक्तपुरमा नयाँ शक्ति र फोरमका यस्ता छन् उम्मेद्वार

    भक्तपुर : सुर्यविनायक नगरपालिका मेयर नारायणकृष्ण थापा उपमेयर डिला लामा ( फोरम) च..

  • ललितपुरका प्रमुख तीन दलद्वारा उम्मेदवारी दर्ता, (यस्तो देखियोः हेर्नुस तस्वीर)

    ललितपुर, वैशाख १९ – स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुई नगरपालिका र तीन गा..

  • तिनवटै प्रदेशमा एमालेको मनोनयन दर्ता सम्पन्न

    काठमाडौँ, वैशाख १९– नेकपा (एमाले) ले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आज प्रदेश नम्बर ३, ४ र ६ मा पार्टीका तर्फबाट उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गर्ने काम सम्पन्न भएको जनाएको छ । नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा मनोनयन पत्र दर्ता भएका ३४ जिल्लाका चार [..

  • यस्ता छन् पोखरा महानगरपालिकामा उम्मेदवारीहरु

    पोखरा, वैशाख १९ – पोखरा लेखनाथ महानगरपालिकामा यही वैशाख ३१ गते हुने निर्वाचनका लागि प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यका लागि आज दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला समन्वय समितिको कार्यालयस्थित निर्वाचन कार्यालयमा दलहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । नेपाली काँग्रेसले प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्..

  • डोल्पामा कस कसले गरे उम्मेदवारी दर्ता ?

    डोल्पा, बैशाख १९– पहिलो चरणको स्थानीय तहको निर्वाचनको लागि डोल्पास्थित राजनीतिक दलहरुले त्रिपुरासुन्दरी नगरपालिका र ठुलीभेरी नगरपालिकाको मेयर उपमेयर र ६ वटा गाउँपालिकाको प्रमुख उपप्रमुख लगायत वडाअध्यक्ष र सदस्यहरुमा शान्तिपुर्ण रुपमा मनोनयन दर्ता गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसले दिलबहादुर..

  • ललितपुरमा माओवादी केन्द्रसहित साना दलको उम्मेदवारी

    काठमाडौँ, वैशाख १९ – यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आज ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ । बिहान १० बजेदेखि सुरु भएको दर्ता प्रक्रियाअन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म पाँच जनाले प्रमुख र चार जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । ललितपुरका मुख्य निर्वाचित अधिकृत बालमुकुन्द दवाडीले ..

  • हेटौँडामा कस–कसले गरे उम्मेदवारी दर्ता ?

    हेटौँडा, वैशाख १९ – यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका क्रममा हेटौँडा उपमहानगरपालिकामा विभिन्न राजनीतिक दलले प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको मनोनयनपत्र आज दर्ता गरेका छन् । सो अनुसार नेपाली काँग्रेसबाट हेटौँडा उपमहानगरपालिका प्रमुखमा आनन्दप्रसाद पराजुली र उपप्रमुखमा लक्ष्मी श्रेष्ठ, थाहा नगरपालिका प्रमुखमा पवित्र..

  • मानव खप्परसहित भारतीय नागरिक समातिए

    काँकरभिट्टा, वैशाख १९– झापाको काँकरभिट्टाबाट मानव खप्परसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वी नाका काँकरभिट्टाबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सोमबार राती भारतको दार्जिलिङ जिल्ला खोरीबारी थाना गौरसिंहजोर–६ का ६६ वर्षीय भगीरथ सिंह १५ थान मानव खप्परसहित पक्राउ परेका हुन् । उनलाई चेकजाँचका क्रममा इलाका प्रहरी कार्य..

  • अवैध सुनसहित समातिएका छाड्न माग गर्दै ज्ञापनपत्र, पूर्वका सुन पसल बन्द

    भद्रपुर, बैशाख १९– सुनचाँदी व्यवसायी संघ झापाले तीन बुँदे माग सहितको ज्ञापनपत्र मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीलाई बुझाएको छ । आफ्ना माग पूरा नभए कानूनी उपचारका साथै सम्पूर्ण क्षेत्रका व्यवसायीसँग सहकार्य र एकता गरी देशव्यापी रुपमा सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत संघले दिएको छ । गत वैशाख गते झिलझिलेमा १ ..

  • टिकट विवादले जुम्लामा काँग्रेस कार्यकर्ताले जलाए देउवाको पुत्ला

    बैशाख १९, काठमाडौं– जुम्लामा काँग्रेस कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवाको पुतला जलाएका छन् । चन्दननाथ नगरपालिकाको मेयर पदका लागि केन्द्रबाट हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै असन्तुष्ट पक्षले जुम्ला बजारमा विरोधसहित पुतला जलाएका हुन् । कांग्रेस जुम्लाले चयन गरेका व्यत्तिलाई टिकट नदिएर केन्द्रबाट हस्तक्षेप गरी कान्..

  • एचआईभी संक्रमितले निःशुल्क उपचार पाएनन्

    चुरामणि अर्याल कपिलवस्तु, बैशाख १९– कपिलवस्तुको तौलिहवा अस्पतालमा सामान्य उपचार र परीक्षणका लागि आउने एचआईभी संक्रमितहरु शुल्क तिर्न बाध्य छन् । २ वर्षअघिसम्म संक्रमितहरुका लागि रगत, हेमोग्वलोविन, एक्सरे परीक्षण लगायतका सेवा अस्पतालबाट निःशुल्क पाइए पनि अहिले भने ती सामान्य सेवाका लागि पनि शुल्क लिएकोमा उनीहरुले आपत्ति प्रकट गरे..

  • ‘चामलको बोरामा विद्यालयको अवस्था !’

    रामधन राई खोटाङ, बैशाख १९– चामलको दुई वटा सेतो बोरालाई जोडेर बनाईएको चार्ट । बायाँतर्फ एउटा ढल्न लागेको बृक्ष र उसैगरी ढल्न लागेका बालक र युवाको सांकेतिक चित्र । दायाँपट्टी भने संकेत र तुलना । चानचुन ५० रुपैंयाँ पर्ने बोराको चित्रमा देशकै भाग्य र भबिश्य निर्माण गर्न सक्षम सयौं जनशक्ति तयार गर्ने बिद्यालयको दयनीय बर्तमान [&helli..

  • मदीरा कम्पनीमा आगलागी हुँदा लाखौंको क्षति

    सन्जय मिश्र रौतहट, बैशाख १९– रौतहटस्थित एभरेष्ट डिष्टिलरीमा मंगलबार विहान भीषण आगलागी भएको छ । आगलागीबाट लाखौं मूल्य बराबरको मदीराको साथै भौतिक सम्पत्ति जलेर नष्ट भएकोे छ । जिल्लाको पुर्वी भेग भगवती गाउँपालिका २ स्थित रहेकोे डिष्टिलरीमा मंगलबार विहान २ः३० बजे अचानक आगलागी भएको थियो । मेसिन चलाउने क्रममा भएको आगलागीबाट ३० लाख बरा..

  • गाउँ बनाउने अभियानमा युवा

    बेसीशहर बैशाख १९– स्थानीय बिकासको लागि आफ्नो ठाउँमा भएको सम्भावनाको खोजी गर्दै ‘आफ्नो ठाउँ आफै बनाउँ’ भन्ने मान्यताका साथ कतारवाट फेसबुक मार्फत अभियान चलाउँदै आएका राइनासका दुई युवा सुरेन्द्र नखोला र अर्बिन चिलुवालको पहलमा निमार्ण गर्न लागिएको लुपुखोला कर्मदा शिव ढुन्ढुर गुफा सम्म जाने पैदल मार्ग निमार्णकार्य अन्तीम चरणमा पुगेको..

  • चुनावमा मुखमा माओवादी केन्द्र र वैद्य माओवादीका नेताहरुद्वारा पार्टी परित्याग

    काठमाडौं, बैशाख १९–नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य श्यामबहादुर बोहराले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रले पुरानो संसदीय व्यवस्थालाई सुदृढ गर्ने दिशामा अगाडि बढेको, इमान्दार नेता–कार्यकर्ताभन्दा ठेकेदारहरुको हालिमुहाली बढेको भन्दै पार्टी परित्याग गर्नु परेको बताए । मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मे..

  • कम्पनी विधेयक प्रमाणीकरण

    काठमाडौ, बैशाख १९ –राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले व्यवस्थापिका संसद बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको ‘कम्पनी (पहिलो संशोधन) विधेयक, २०७४’ प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले आज सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यलयले जनाएको छ ।

  • चित्रबहादुर केसीकी भतिजीले दिइन् काठमाडौ महानगरपालिकाको उपमेयरमा उम्मेदवारी

    काठमाडौ, बैशाख १९ – राष्ट्रिय जनमोर्चाले काठमाडौ महानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा उम्मेदवरी दर्ता गराएको छ । जनमोर्चाले काठमाडौंको मेयरमा मेयरमा निर्मलकुमार थापा र उपमेयरमा ऋतु सापकोटा केसीलाई उम्मेदवार बनाएको हो । उपमेयरकी उम्मेदवार केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकी भतिजी हुन् ।

  • एक सय ४२ सदस्यीय बुद्धजयन्ती समारोह समिति गठन

    काठमाडौँ, १९ वैशाख । यस वर्ष दुई हजार पाँच सय ६१ औँ बुद्धजयन्ती मनाउनका लागि अखिल नेपाल भिक्षु महासङ्घका उपाध्यक्ष भिक्षु धर्ममूर्तिको संयोजकत्वमा एक सय ४२ सदस्यीय बुद्धजयन्ती समारोह समिति गठन गरिएको छ । समितिअन्तर्गत प्रचारप्रसार, समारोह प्रबन्ध तथा विहार शङ्गार, धर्मदेशना, अस्थिधातु प्रदर्शन, खाद्य व्यवस्थापन, अर्थ सङ्कलन, जलप..

  • धादिङमा कांग्रेसका को–को ?

    काठमाडाैं, बैशाख १९–नेपाली काँग्रेस धादिङकाे तर्फबाट स्थानीय निकाय निर्वाचनमा नगरपालिकाका तथा गाउँपालिका प्रमुख पदका उम्मेदवारहरु तय भएका छन्। नीलकण्ठ नगरपालिका :- भीमप्रसाद ढुँगाना धुनिबेशी नगरपालिका :- माधवराज पाण्डे रुविभ्याली गाउँपालिका :- कुलबहादुर गुरुङ गंगाजमुना गाउँपालिका :- अक्कल बहादुर तामाङ त्रिपुरा सुन्दरी गाउँपालिका..

  • टहरामा जन्मेको नाति हिँड्ने भइसक्यो तर घर बनाउने अनुमति पाइएन

    रामपुर, १९ वैशाख । भूकम्पपीडित सहलकोट सुकेकोटका ७६ वर्षीय गोबद्र्धन दर्जीले घर बनाउनका लागि अनुदान रकमको पर्खाइमा दुई वर्ष टहरामुनी बिताए । भूकम्पपछि टहरामा जन्मेको नाति हिँड्डुल गर्नसक्ने भइसक्यो तर घर बनाउन पहिलो किस्ताको रकमसम्म नपाउदा नातिलाई टहरामा हुर्काउन उनलाई कठिन भएकोे छ । आफूलाई अब घर बनाउने अनुदान रकम पाउछु भन्ने आशा..

  • हिमपातका कारण निर्वाचन अधिकृतलाई धोदेखि साल्दाङ जान हेलिकप्टर

    डोल्पा, १९ वैशाख । स्थानीय तहको चुनाव गराउनका लागि उपल्लो डोल्पा हिँडेको निर्वाचन अधिकृत, सुरक्षाकर्मी तथा अन्य कर्मचारीसहितको टोलीलाई विकट क्षेत्र धोबाट साल्दाङ जानका लागि हेलिकप्टर प्रयोग गरिएको छ । मौसम खराबीसँगै भएको भारी हिमपातले धो–साल्दाङ जाने बाटो अवरुद्ध भई धो पुगिसकेको उक्त कर्मचारीको टोली जान नसकेपछि सेनाको हेलिकप्टर ..

  • पाँचबुँदे सहमतिपछि विद्यालय बन्द नगर्ने सहमति

    भद्रपुर, १९ वैशाख । निजी विद्यालयमा भएको शुल्क वृद्धि लगायत समस्याबारे केन्द्रीय सहमतिअनुसार अघि बढ्ने सरोकार भएकाहरुको प्रतिबद्धतापछि विद्यार्थी सङ्गठनले झापामा जारी राखेको विद्यालय बन्दलगायत कार्यक्रम फिर्ता लिएका छन् । संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा सोमबार साँझ सम्पन्न सर्वपक्षीय वार्तामा भएको सहमतिअनुसार आन्दोलनरत वि..

रातोपाटी स्पेशल