कथा : माया !

कथा : माया !

 

दिपक घिमिरे

उसको लागि घरमा नयाँ स्कुटी आयो , तर उ खुशी भएको मैले महसुस गरेन । आगँनमै अडेको स्कुटीमा उसको ध्यान थिएन । उ कहिले भित्र जान्थी , कहिले बाहिर आउथी । मैले आधा घण्टा देखि उसलाई हेरिरहे , उ आफ्नै सुरमा भित्र बाहिर गरिरही ।

“बधाई छ है ! नयाँ स्कुटीको लागि । ” मैले उसलाई फोन गरेरै बधाई दिए ।

“ थ्यांक्स ! ” उसले अल्छि मान्दै एक शब्द बोली ।

“ पार्टी दिदैन्यौ ? मिठाई चै ख्वाउ है । ” मैले उसको तनाब बुझ्न चाहेर हल्का कुरा गर्न चाहे ।

“प्लिज यार ! डोन्ट डिस्टर्ब मी ओके । ” खतरा डाईलग मारेर फोन काटी ।

मलाई अरु हेरिरहन मन लागेन उसको आगँन तिर । आफ्नै थुप्रै काम थिए । कोठामा आएर स्कुले जिबनको अटोग्राफ डायरी पल्टाए । एक्काईस जना साथीहरुको अटोग्राफ मध्य सबैभन्दा पहिलो पानामा उसको अटोग्राफ थियो ।

“ आई लभ यु माया ! ” मैले उसको फोटोमा चुमेर एक पटक फेरि म्वाई खाए । बिगत पन्द्र बर्ष देखि यहि फोटोमा किस गर्दै बसेको छु उसको इन्तजारमा । तर अभागी म हु या उ हो , अहिले सम्म हामी एक हुन सकेका छैनौ र सायद अब हुने पनि छैनौ ।

अटोग्राफमा भएका अरु पनि मिल्ने साथीहरुका फोटो र दुई शब्द छन तर मलाई त्यति वास्ता छैन । अटोग्राफको पाना पल्टाउदै जादा सृष्टि श्रेष्ठको , अन्जना लामिछानेको अनि संगिता चौधरीको फोटोले मलाई हेरेर गिज्याईरहे , सायद भन्दै थिए होला “ हामी तेरा लागि फिदा थियौ , त चै मायाको लागि फिदा थिइस । ”

आफैले आफैलाई लोप्पा खुवाउदै भने “ बल्ल खाईस , न माया पाईस , न अरु रोजिस । ”

अटोग्राफ धेरै बेर हेर्न सक्दिन , बन्द गरेर दराजमै राखे । मनले मानेन , फेरि झ्याल बाट मायाको घरको आँगन तिर नियाले । स्कुटी मायाको भाईले चलाउदै थियो , माया चै मोबाईल चलाएर बस्दै थिइ । फेरि फोन गर्न मन लाग्यो ।

मेरो नम्बर ब्लक थियो । तनाब भयो , आखिर के गल्ती थियो मेरो ? किन ब्लक गरि मायाले ? यस्तै कुरा मनमा खेलाउदै उसको आगँन तिर मोडिए ।

“ खुशी हुनुपर्ने मान्छे स्याड छ्यौ त ? ह्वाट ह्याप्पन ? ” म नजिकै बसेर जान्न चाहे ।

उ उठेर अलि पर बस्दै भनी “ प्लिज दिपक ! लिभ मि एलोन । ”

म हासे मात्र । उ फेरि मोबाईलमै ब्यस्त भै । उ मोबाईलमा ब्यस्त हुन थालेपछी उसको भाइ शिशिर सँग स्कुटीमै बजार निस्किय ।

“ ओए ! तेरो दिदी किन स्याड छे ? ” मैले आधी बाटोमा पुगेपछि उसलाई सोधे ।

“ पर्सि अदालतमा डिभोर्सको फैसला छ । चन्दनका बाउले एक सुको दिन्न भन्दैछन । दिदी लास्टै तनाबमा छे । ” शिशिरले सबै कुरा खोल्यो । म अचम्म परे ।

स्कुले जिबनको अतितलाई सम्झिए । मेरा लागि मर्न तयार हुने केटिहरुको हुललाई छाडेर म मायाको मायामा पागल जस्तै थिए । तर अफसोच उ चन्दनको मायामा पागल थिइ । मैले मायालाई रोज्दै थिए , उसलाई पट्याउन हजार योजना बुन्दै थिए तर उ चट्ट उठेर चन्दन सँग पोईल हिडि ।

उ हिडेपछी मैले एउटा बाचा गरे , म बिहे गर्दिन । साच्चै आज सम्म गरेको पनि छैन ।

पन्द्र बर्ष पछाडी पनी म मायालाई उत्ति माया गर्दैछु , जति उतिबेला गर्दथे । तर उसलाई मेरो मायाको महसुस कहिले भएन । सायद मैले माया गर्न जानिन ।

पन्द बर्ष सम्म सन्तान नहुदा चन्दनले मात्र हैन चन्दनका बा आमाले पनि मायालाई तिरष्कार गर्दै गए , अन्तमा माया माईतमै बस्न थाली । सायद मेरो मायाको श्राप लाग्यो उसलाई ।

तर मैले कहिले यस्तो भन्न सक्दैन । एक्लै रुन सक्छु , मायाको फोटोमा सुटुक्क चुम्न सक्छु । अतितलाई सम्झेर कहिले हास्नु त कहिले रुनु मेरा लागि सामान्य भएका छन तर कहिले पनि मायालाई “ बल्ल खाईस , तलाई मेरो श्राप लाग्यो ! ” भन्न सकेको छैन र त्यस्तो भन्न सक्दैन पनि ।

चन्दन हेन्सम थियो , खाईलाग्दो मोटो अनि धनी । म बिचरो उसको अगाडि ग्वाले केटा जस्तै । फिल्ममा बाख्रा चराउने केटाले शहरकी सुन्दरी पट्यायर बिहे गरेको देख्थे अनि झन जोसिन्थे । तर कहिले मायालाई यो कुरा भन्न सकिन । समयलाई पर्खन्थे , चौपारोमा कुर्थे , पधेरामा हेर्थे अनि आशा गर्थे एक दिन त अबस्य भन्नेछु “ आइ लभ यु माया ! म तलाई धेरै माया गर्छु । ”

मैले भन्नू भन्दा अगाडि चन्दनले उडायो । गाउँभरी हल्ला मच्चियो , मायालाई चन्दनले उडायो । त्यतिबेला कसम मेरो होस उड्यो । उता माया उडनु र यता मेरो होस उडनु सँगै भयो ।

धनाढ्यको एक्लो छोरो चन्दनले जवानीभर राखेर बच्चा नहुने भन्दै माईत खेदेपछी मायालाई अझ नजिक बाट नियाल्न पाए तर उसको नजरमा अझै म पर्न सकेन ।

दिनभर मायालाई लुकेर नियाल्नु , फुर्सदमा एक्लै मायाको फोटो हेरेर बर्बराउनु अनि उसको फोटोमा सयौ चुम्बन पेश गर्नु मेरो बाध्यता थियो । चाहेर पनी भुल्न सक्दिन म उसलाई । तर मैले गर्ने प्रेमको अनुभूति उसलाई कसरी गराउनु ?

उ म सँग बोल्नै चाहदिन , फोन ब्लक गरेकी छ । अब कसरी सोधौ उसको मनमा के छ ? कसरी भनौ मेरो मनको कथा ।

हिन्दिमा एउटा उखान छ “ सबरका फल मिठा होताहे । ” ठिक त्यस्तै छ मेरो प्रेमकहानी ।

उसलाई पर्खिदा पर्खिदा जुनि बित्न थाल्यो । बिहेका लागि दर्जनौ केटि हेरेर रिज्याक्ट गरे मात्र मायाका लागि । थाहा थिएन फेरि यसरी तडपिन पाउछु भनेर तर जति हेर्थे , माया जस्तो पाउथेन । अनि सबैलाई रिज्याक्ट । एक दिन हैन , डिभोर्सको फैसला सम्म पर्खिए ।

फैसला भयो , उनिहरु अलग्गिए । चन्दन हास्दै बाहिरियो , माया रुन सकिन अनि हास्ने कुरै भएन । मैले मायालाई नियाली रहे ।

बच्चा नहुने आरोप लगायर सुरु भएको पारिवारिक झगडाले अन्त्यमा डिभोर्स सम्म पु¥यायो । कमजोरी कस्को हो , चन्दन र माया जानुन तर चन्दन हास्दै बाहिरिदा माया आखामा आँसु लुकाउदै बाहिरिई । पीडा मायालाई भएको थियो ।

उ आज पनि तनाबमा थिइ , मैले केही भनेन । उसलाई झ्याल बाट नियाल्दै दुई दिन बिताए । उसको स्कुटिमा शिशिरको राज थियो । शिशिरको पछाडी बसेर मस्ती गर्ने म थिए । उ टोलाईरहन्थी , एक्लो महसुस गर्थी । तर कहिले बोलाईन अनि बोलिन ।

एकदिन ! डिभोर्स भएको एक साता पछि उ आगँनमा एक्लै भेटिई । हातमा मोबाईल पनि थिएन र आँगनमा स्कुटी पनी थिएन । नजिकै गएर सोधे “ सन्चै त छ्यौ ? किन निरास ?”

” खुशी हुनको लागि के बचेको छ र दिपक ? ” उ अझ गलेकी थिइ , बोल्दा बोल्दै भक्कानियर रोलि जस्तै ।

“ छातिमा हात राखेर भन अल इज वेल ! सबै पीडा सुस्त सुस्त मेटिन्छन । ” मैले थ्रीईडियट फिल्मको डाईलग मारे ।

उसले नाक बटारी अनि अर्र्काे्तिर फर्केर भनी “ मजाक नगर , रीयल्ली आई हेट माई लाईफ । ”

उसका सबै पीडा मलाई थाहा थियो । उसका पीडा आधा बोक्न मन थियो , उसलाई जिबनभर हसाउन मन थियो । तर उ मलाई बुझ्नै चाहदिन , उ मेरा कुरा सुन्नै चाहदिन । तर मौका यहि थियो उसलाई मेरो माया देखाउने , सुनाउने अनि महसुस गराउने ।
“ माया ……! ” म माया मात्र भनेर अडकिय ।

उसले म तिर हेरि मात्र केही प्रतिकृया जनाईन ।

फेरी लामो सास फेरेर भने “ माया ! आइ लभ यु ।”

उसका आँखा रसाएका थिए , पन्द्र बर्ष पछाडी मैले उसलाई प्रपोज गरे । उसले आफै रोजेको एउटा घर बिग्रदा सम्म पनि म उत्तिनै फिदा थिए जति उ कुमारी हुदा थिए । तर उसले पताईन सायद ।

उसले के सोची खै , रिसले काली हुँदै भनी “ मलाइ मजाकको पात्र नबनाउन प्लिज ! म मर्न मात्र बाकी छ अब । ”

साच्चै उ निक्कै गलेकी थिइ । आफुले आफैलाई निक्कै ठूलो अपराधी मान्दै थिइ । गल्ती समाजको थियो तर सजाय उसले भोग्दै थिइ । म सारा संसार त्यागेर उसलाई अंगाल्ने सपना बुन्दै थिए , उ चै आफुलाई डिभोर्सी आईमाई सम्झेर गिराउदै थिइ ।

“ मजाक गरेको हैन माया ! पन्द्र बर्ष अगाडि देखि म तिम्लाई चाहन्छु । तिम्रो अतीत सँग मलाई मतलब भएन , मात्र मैले जस्तै माया देउ । ” मायाका हात समातेर उसलाई मायाको अनुभूति दिलाउन खोजे । तर उ अझै उस्तै छे , रुन्चे अनुहारकी ।

सन्तान नहुने भनेर अपहेलित भएकी माया सँग जिबनभरको साथ रहने कसम खानु थियो खाए , उसको अतीत नखोतल्ने अनि उसलाई हिजो जस्तै माया दिने कसम खानु थियो खाए ।
उसलाई एउटा हैन दुई सन्तानको आमा बन्नु थियो , बनाउने बाचा गरेर कसम खानु थियो त्यो पनि खाए तर उसको अनुहारमा चमक देखिएन ।

एउटि डोभोर्सी आईमाईलाई कति ठूलो झटका लाग्छ भन्ने उदाहरण माया थिइ । हास्दै चन्दनलाई रोजेकी माया रुदै चन्दनलाई छाडेकी थिइ । तर जिबनभर हसाउछु भन्ने कसम खादा पनि मायाले यति बेला मलाई रोज्न सकिन । उ रोईरही , मैले आँसु पुछिरहे अनि सम्झाईरहे र भनिरहे “ रीयल्लि माया ! आइ लभ यु । ”

उ रुदा रुदा थाकेपछी उठेर भित्र गै , म आगँनमै बसिरहे । उसलाई पाएको दिन संसारभरको खुशी मिल्ने सपना आज पनि देख्दैछु । समाज मलाई गलत देख्न सक्छ , मायालाई गलत देख्न सक्छ तर मेरो खुशी जहाँ छ त्यो मैले सहि देख्छु । मैले मायालाई जिबनसाथी बनाउन पाउनु मेरा लागि सौभाग्यको कुरा हो र मायाले पनि उसलाई बुझेको केटो जिबनसाथीको रुपमा पाउनु भाग्यको कुरा हो । तर सम्झाउने कस्ले ?

एक पटक बिहे गरेको केटिले डिभोर्स पछाडी बिहे गर्नै नहुने मानसिकता बोकेका दुईचार जना बज्रस्वाठले गर्दा आज मायाले म सँग जीवन बिताउने कुरा सोच्न सकेकी छैन बरु मर्न सजिलो छ उसका लागी । तर हिम्मत लिएको छु , एक दिन डिभोर्सी मायालाई आफ्नो बनाएरै छाडछु ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल