गजल

गजल

-दीपक आचार्य ‘जलन’

उसले सारा दुःखहरुको खात सम्झियो
परदेशमा श्रीमतीको साथ सम्झियो

दिनहुँ मासुको भोजनले आजित भएर
गाउँघरको हरियो सागपात सम्झियो

जन्मदिने आमा र फूल जस्तो छोरालाई
हरपल सम्झियो दिन रात सम्झियो

खाडीमा बालुवामाथि पसिना बगाउँदै
धनबहादुरले आफ्नो औकात सम्झियो

साउदीको चर्को गर्मी र धुलोको माझमा
साउने झरी चिसो हावा बर्सात सम्झियो

-बर्दिया, हाल : साउदी अरब

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल