कविता : अव्यक्त आकाश

कविता : अव्यक्त आकाश

-इ. सन्तोष पोखरेल

दूर सुदूर नील गगन
म निहारूँ, यो चारु
कवि मस्त मगन
लाग्यो लगन
दर्शन स्रष्टाको ।

मेरा भित्र रहेको शङ्कर
शील अघोर अभयङ्कर
विधि द्रष्टाको ।

म बिहारूँ
स्वप्निल बाग चहारूँ
नभका चन्द्र र तारा
मूढ मतिहारा
म सुन्दर दृश्य उतारुँ
मानस पटमा
मेरा घट घटमा
अमिट छाप जो पारूँ
तिमी नै भन क्यारूँ ?

लौ सुर लागे
अन्तर कुन्तर जागे
त्यो सुरलोक सुरम्य सुभावन
यो कविको मन भावन
पवित्र पावन
बोध गरौँ भनी लागेँ ।

अचम्मको भो संवाद
कविको अन्तर मनको बात
अनि शीतल प्रेम प्रपात
मैले चाखेँ ।

लडिरहला जब मेरो लाश
भौतारिँदो होला सास
मेरो सत्व ऊद्र्धोन्मुख बनी
कति गर्दो हो प्रयास !
अनि त्यस पलमा
धरणीतलमा
ब्योमल तलबाट सुरभित
नाद हुँदो हो अज्ञात
के भन्दो हो त्यो सुरभाष ?
हे अव्यक्त आकाश !

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल