कविता : असीमित सपना

कविता : असीमित सपना

-हरि थापा

टुक्रा टुक्रा भएको मन
दुखसुख जोडे
राम्रै मान्छे बन्छु भनी
साथी सङ्गत छोडेँ

आखिर केही हुन्न रहेछ
बेकार बाटो मोडेँ
ओइलाउन लागेको थियो
मलजल हाली गोडेँ

सुमधुर समबन्ध थियो
मनमुटावमै तोडेँ
टुक्रा टुक्रा भएको मन
दुखसुख जोडे
सोचेको थिएन कहिल्यै
जवानीले नराम्ररी लुट्यो
देखेको सारा सपनाहरु
सिसा फुटे झैँ फुट्यो

सम्झौता गरी जोड्न भनी
मन फेरि जुट्यो
असीमित देखेको सपनाले
आफैँलाई कुट्यो
पूरा ठाउँ सिलाउन नपाई
फेरि धागो टुट्यो
सोचेको थिएन कहिल्यै
जवानीले नराम्ररी लुट्यो

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल