कविता : साँझहरु

कविता : साँझहरु

–अनिल सुवेदी

चित्कार छोडेर व्युँझिएका साँझहरु
एक हुल रातका अगाडि
अस्मिता छोपिरहेछन्
पापी रातहरु
निर्दोष साँझहरुलाई
कठोर बलात्कार गर्छन्
र पीडा भोगेका सीमान्त साँझहरु
धरती हुनुको यथार्थ सराप्दै
उत्रिन्छन् डुङ्गा जिन्दगी तलाउमा
बलात्कारी युगको प्रतीक्षामा
कति बिते कहालीलाग्दा रातहरु

आज पनि
रात साँझमा हाम्फालेको तस्बिर बोकेर
घाम उदाएको छ भर्खर
कसैले चुसिसकेको रश्मी बोकेर बिहानीमा
एक्लै–एक्लै घुमिरहेको छ पकृति
समयसँग
एउटा सुनौलो अभिसाप ओढेर दौडिएका साँझहरु
तिनै पापी रातहरुका
कामातुर रक्तमांशकेस्राहरुसँग
हरेक दिन उदाउँदै
र पुस्न ओइलाउँदै गर्छन्
मौरीलाई सर्वस्व चुसाएर
थपक्क बसेर धपक्क फूलेका फूलहरुझैँ
हाँसिरहेछन् चुपचाप चुपचाप
साँझहरु ।

-कुश्मा न.पा. १०, पर्वत

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल