‘भूकम्पमा मल्हमपट्टी’ लाई उत्तम शान्ति पुरस्कार

‘भूकम्पमा मल्हमपट्टी’ लाई उत्तम शान्ति पुरस्कार

काठमाडौं, जेठ ६– डा. रवीन्द्र समीरद्वारा लिखित ‘भूकम्पमा मल्हमपट्टी’ नामक पुस्तक पुरस्कृत गरिने भएको छ । नेपाली साहित्यिक पत्रकारिताका हस्ती स्व.उत्तम कुँवरको सम्झनामा स्थापित यस उत्तम कुँवर स्मारक पुरस्कार गुठीले यो पुस्तकलाई उत्तम शान्ति पुरस्कारबाट पुरस्कृत गर्न लागेकाे हो ।

नेपाली साहित्यिक पत्रकारिताका हस्ती स्व.उत्तम कुँवरको सम्झनामा स्थापित यस उत्तम कुँवर स्मारक पुरस्कार गुठीले विगत २०४४ सालदेखि निवन्ध, संस्मरण, आत्मकथा, जीवनी जस्ता आख्यानेत्तर गध कृतिहरुलाई प्रत्येक वर्ष उत्तमशान्ति पुरस्कार प्रदान गर्दै आएको छ ।

२०७३ सालभरिमा प्रकाशित त्यस्ता गैरआख्यान कृतिमध्ये गुठीको चयन समितिले समीरको कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

भूकम्पका बेलाका विविध घटनाक्रममा चिकित्सकको रुपमा सहभागी भएर मानवीय कार्यमा संलग्न भई त्यतिबेला अनुभूत गरेका भावहरुलाई सुन्दर, सरल र सहज शिल्पका माध्यमबाट सरोकारमुखी लेखनको रुपमा समाजका सामु प्रस्तुत गरेका यस कृतिका स्रष्टालाई यो पुरस्कार प्रदान गर्न लागिएको हो ।

पुरस्कारको राशी ५० हजार रुपैयाँ तथा ताम्रपत्र रहेको छ । पुरस्कार यही जेठ १२ गते सार्वजनिक कार्यक्रम गरी समर्पित गरिनेछ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल