गीत : मेरो गीत

गीत : मेरो गीत

-लक्ष्मण सिटौला

मेरो गीत मौन बस्छ मै कराए पनि
मेरो गीत हराउदैन म हराए पनि

यही गीतमा जिन्दगानी लेखिएको थियो
यही गीतमा मीठा कुरा बोलिएको थियो
कहाँ मिल्छ सबै कुरा मन पराए पनि
मेरो गीत हराउँदैन म हराए पनि

मैले गाउने गीत आज खोइ कता गयो
खुशी उतै गइ त गयो व्यथा यता रह्यो
पीडा निको हुँदोरैनछ बरबराए पनि
मेरो गीत हराउँदैन म हराए पनि ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल