कविता : विरोधाभास

कविता : विरोधाभास

-लविन्द्र कुलुङ
गौँथलीले हात हल्लाइरहको देखेर
मेरो चकचके कान्छो भाइले
डाइपर लगाइदियो ।

पवित्र गुम्बाभित्र
एक साँझ
यसु बास बस्न आएछ
त्रिपिटकलाई सिरानी
चिवरलाई डसना
अनि
मज्जाले सुतेछ ।

बिहान उठ्यो,
गुम्बाभित्रै पादेर
सुरुवालका सुता बान्दै
कालो गोरुमाथि चढी
घार्मिक प्रचारमा हिँड्यो रे !

एकादेशमा
कुकरभित्र
भात पाकिरहेको थियो
अचानक सिठ्ठी लाग्दा
माओत्सेतुङ र कुम्भकर्ण
एकै साथ व्युँझेछन्

म डराइरहेथेँ,
अब यी सजीवहरू के गर्न लागे
भनेर ।
हात धोएर एक जनाले भात,
अर्काले तरकारी पस्किएर
खानथाले ।

बुझ्नु पर्ने कुरा त यो थियो कि
तरकारीमा सामन्ती
प्राणीको फिला थियो

प्रत्येक ठाउँमा प्रत्येक
मान्छे भेटेको छु ।
बी.पी., बुद्ध, गान्धी
तर,
आहाँ
क्या मिठो खच्चरको,
पिसाबको बास्ना
भन्ने कोही भेटेको छैन

त्यो सिन्दुरे साँझमा
पारि डाँडामाथि
हावा खाँदै
साइँलीसँग कुम जोडेर
भन्दै छ ऊ
‘हाम्रो मायाको फूलबारीमा उनिऊँ फुलाइदिन्छु..’

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल