गजल : ..मजा बेग्लै

गजल : ..मजा बेग्लै

-हरि थापा

देउरालीमा तिम्लाई भेट्दा, आँखा तर्कनुको मजा बेग्लै
वरपर तिम्लाई देख्दा फर्कनुको मजा बेग्लै ।

हर्ष अनि उमङ्गमा भेट्ने ठाउँ हाम्रो
तिमीसँगै यतात्यता लर्कनुको मजा बेग्लै ।

पाते पीपल सुकिसक्यो अनि हाँसो पनि
त्यही मुहारमा हाँसो छर्कनुको मजा बेग्लै ।

किन टुट्छ किन फुट्छ सम्बन्ध भाकेको ?
थोरै फुटाउँदा तिम्ले झर्कनुको मजा बेग्लै ।

चर्को घाममा शीतल खोज्न हिँड्दा हिँड्दै
त्यही बेलामा पानी दर्कनुको मज्जा बेग्लै ।

छिट्टै भेट्न आउँछु भनी बाचा गरी नआई दिँदा
चिसो हावा खाँदै पर्खनुको मज्जा बेग्लै ।

मस्तसँग दिन बिताई भट्टी पसल गएपछि
घर फर्कंदा टाउको चर्कनुको मज्जा बेग्लै ।

घर पुगी आमासँग लटरपटर बोली बोल्दा
थाहा होला भनी भाग्दा खुट्टा मर्कनुको मजा बेग्लै ।

आमाले थाहा पाई बाबासँग खासखुस गर्दा
बाबाको तातो रिसमा परी ढाड सर्कनुको मजा बेग्लै ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल