कविता : तृषित

कविता : तृषित

-इ. सन्तोष पोखरेल

मलाई थाहा छैन मैले के लेखेँ
कुन ठाउँ छाडेँ, कहाँ छेकेँ
मेरो गजबको रीत
अचम्मको छ मेरो प्रीत
घनघोरमै चकित
चकोर, मेरो गीत ।

तिम्रो मन के महान ?
मेरो त पहाड र चट्टान !
ढुङ्ग्यान अनि बुट्टयान
अनि सरिताको झरझर
सुवास मगमग वरपर
म त महादेव हर हर !

म त ढुकुरको कुरकुरमा
एक तमासले हेरिरहेको मान्छे
मेरा मनहरु फेरिरहेको मान्छे
नीरव रातमा उदाएको मान्छे
हृदयाकाशमा छाएको मान्छे,
अविष्मरणीय छैनन् केही
अनि केको भिक्षाम देही ?
म अजीवको मान्छे
एक सजीव वन मान्छे्र

सारसको प्रेम स्वप्नील
मेरो प्रेम पारिडिल
जुनेली रातमा टिल्ल खाएको मान्छे
आफू आफैंमा हराएको मान्छे
स्पर्शहरुबाट वञ्चित
भावना भने धेरै सञ्चित
तिम्रा आशहरुले न अघाएको मान्छे ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल