कविता : चुनाव प्रसारमा जे देखियो

कविता : चुनाव प्रसारमा जे देखियो

-ध्रुवप्रसाद गजुरेल

भोट माग्न घरमा उमेद्वारको हुल आयो
सबैजना नमस्कार भन्दै घरभित्र आए
एक जना महिला आँगनमा अडिनुभयो
कुरा बझ्दा उहाँ त दलित पर्नुभएछ ।

घरदैलो कार्यक्रममा असहज छ उनलाई
चिया पिउँदा छेउमै बस्नुपर्दछ उनलाई
विभेद देखेर आँखाबाट बर्रबर्र आँशु झार्दै
घृणा जागेछ दलित भनी भोट माग्न उनलाई ।

उहाँले आँशु झार्दै आँगनबाटैै भोट माग्नुभयो
गणतन्त्र आयो कि आएन थाहा छैन भन्नु भयो
मेहेर र अध्यक्षको घरमै जादा पनि उनलाई
परिवारले घरभित्र छिर्न हुँदैन भन्नुभयो ।

नेताहरुको घर र सँगै हिँड्दा विभेद छ भने
असमानता र पानी पनि नचल्ने नै हो भने
दलित आरक्षण सिट चाहिएन उनलाई
गणतन्त्र आएर पनि समानता आउँदैन भने ।

-तारकेश्वर नगरपालिका–३, काठमाडौँ

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल