कविता  : केन्द्रविन्दु

कविता  : केन्द्रविन्दु

–अनिल सुवेदी

सौन्दर्यको अप्रितम मूर्ति पनि होइन
मण्डलाकार उरोज बोकेर मुस्काइरहने
तर लागेको दूधजस्तै मिठा गालाहरु
एउटा भर्भराउँदो आगोको अगुल्टो
न्यानो चपलता बोकेर लजाइरहेको लावण्य
तातो हावा सवार प्राण चञ्चलता
वासनाको मार्गमा कुदिरहेको विमान
जसको सान्निध्यमा पुुग्दा
लालयित सपनाहरु बेहोस हुन्छन् ।

बेग्लै किरणको खोजीमा
दिनदिनै उदाइरहेछ सूर्य
सयौँ वीर्यहरु बोकेर
धरती उर्वराशक्ति घटाइरहेछ
न आकाश सधैं निलो हुन्छ ।
न पानी नपरी हिलो हुन्छ
कसरी पलाउला र नयाँ हाँगो अब सुकेको रुखमा
अनि कति टाँसिइरहने पृथ्वीसँग
एउटै ज्वारमा सखाप भएका किनारहरु
किन रुँदैनन् पानीसँग
किनकि उत्रिन्छ संसार एकदिन सतहबाट
सकिनैपर्ने पार्थीवता
उल्टो दौडेको पाजी संसार

-कुश्मा न.पा.–१०, पर्वत

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल