हरिवंश आचार्यको दोस्रो कृति ‘हरिबहादुर’ सार्वजनिक

हरिवंश आचार्यको दोस्रो कृति ‘हरिबहादुर’ सार्वजनिक


काठमाडौँ, वैशाख २३– हाँस्य कलाकार तथा लेखक हरिवंश आचार्यको दोस्रो कृति उपन्यास ‘हरिबहादुर’ शनिवार सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिवार एक कार्यक्रमकाबीच हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले हरिबहादुर सार्वजनिक गरेका हुन् ।
हाँस्यकलाकार हरिबंशले यसअघि प्रकाशित गरेको आत्मकथा ‘चिना हराएको मान्छे’ चर्चित भएको थियो ।

प्रज्ञा भवनको डबलीमा पुस्तक सार्वजनिक गर्दै श्रेष्ठले हरिबहादुर हाम्रै समाजमा भएको एउटा पात्र भएको उल्लेख गरे । हरिबहादुरजस्ता मानिस राजनीतिमा भएर नै हामीले विभिन्न ताण्डव देख्नुपरेको उनले बताए ।

हरिवंश आफ्नो परम मित्र मात्र नभइृ आफ्नो जिन्दगी भएको उल्लेख गरे । ‘मेरो आफ्नो केही छ भने ऊ हरिवंश हो’, श्रेष्ठले भने, ‘उसको पुस्तक आउँदा खुसी मेरो लागि ठूलो खुसीको कुरा हो ।’

पुस्तकका बारेमा बताउँदै लेखक बुद्धिसागरले नेपाली साहित्यमा आख्यानलाई धेरै रुन्चे बनाइएको भन्ने आरोप लागिरहेका बेला आचार्यको उपन्यासले नयाँ मोडमा लगेको बताए ।

हरिबहादुरका १५ प्रतिशत विषय टेलिचलचित्रको पात्र हरिबहादुरसँग मिले पनि बाँकी विषय नयाँ रहेको लेखक आचार्यले बताए ।

चितवन, पोखरा, बुटबल, दाङ, कोहलपुर, सुर्खेत, धनगढी, बिर्तामोड, विराटनगर, धरान, सिन्धुली गरी ११ ठाउँमा किताब यात्रामा पाठकसँग प्रत्यक्ष भेट र आचार्यको प्रहसन पनि हुने बताइएको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल