बकवास तन्त्र

बकवास तन्त्र

-साइमन सहदेव रायमाझी

प्रजातन्त्र, स्वतन्त्र,
साँढेहरुको छाडातन्त्र
गणतन्त्र, बकवासतन्त्र,
साल साल्, दसक दसक
लुटाहाहरुको झुटतन्त्र
भाग वण्डा नमिल्दा फुटतन्त्र

नारा जुलुस, धर्ना घेराउ
सेन्ट्रीमा सधैँ जनता चाहिने
घुस खान, धूर्त नेता मन्त्री बन्ने
हामी चैँ आन्दोलनमा मर्दै सहिद बन्ने ।

कहिले धर्म बेचेको छ
कहिले जात हेपेको छ ।
समताको सम्बन्धमा आगो लगाई
दुनियाँलाई हसाएको छ
सोझा जनतालाई फसाएको छ
खोला नाला, सीमा हिमाल
गिद्धेआँखा पैसै देख्छन्
राष्ट्रघाती, स्वार्थी जमात
मौका मिले, यो धर्तीमाता बेच्छन् ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल