गजल

गजल

-मित्र नेपाली

राष्ट्रप्रेम रक्षक बनी बाँच्न मन लाग्छ
देशभक्ति गीत बनी नाच्न मन लाग्छ

चम्किला ती तारा अनि शीतल चन्द्रमा झैँ
घामजस्तै तेज बनी हाँस्न मन लाग्छ

हिमालका फाँट अनि बिहानीको शीत झैँ
अटुट नाता सबैसँग गाँस्न मन लाग्छ

नेपाली ती वीर अनि बैरीसामु नझुके झैँ
दासता र वैर भाव मास्नमा लाग्छ

-जिरिखिम्ती, तेह्रथुम

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल