गजल

गजल

-माधव पौडेल

तिमीभन्दा बेसी बफदार छन् यी आँसुहरु
भन त कुनै कारणविना झर्छन् यी आँशुहरु ?

तिम्रो दिलमा नहुँला म तिमी छ्यौ यो दिलमा
तिम्रै यादमा अचेल यात्रा गर्छन् यी आँसुहरु

टुटेर रुनुको फाइदा छ जखमहरु निको हुन्छन्
दिलभित्रका कैयौँ जखमहरु भर्छन् यी आँसुहरु

प्यार होस त यो नयन र यो मनको जस्तो यार
मन दुख्दा नयनबाट बर्सन्छन् य िआँसुहरु

मनको करिब हुनेहरु टाढा हुन्छन् भौतिक रुपमा
त्यसैको सन्तापमा त दुनियाँ खर्चन्छ्न यी आँसुहरु

-बाँसगढी नगपा–८, बर्दिया

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल