कविताः रोमाञ्चक प्रकृति

कविताः रोमाञ्चक प्रकृति

-हरि थापा

आहा !
कति मज्जा छ यहीँ प्रकृतिमा
म हाँस्ता आकाश हाँस्यो
क्षितिजमा मडारिरहेका
कालो बादल हट्यो
देखियो उज्यालो
सूर्यका प्रकाशहरु
पृथ्वीमा आइपुगे
मस्त चुम्बन गरिरहे
अनि विस्तारै थकित भएपछि
पुन अस्ताउँदै गए
म फेरि अर्को दिनको प्रतीक्षामा
कुरिरहे त्यो पल सम्झिँदै
कल्पिँदै आफैभित्र कुतकुत्तिँदै
फेरि बिहानीसँगै सुरु भयो हाम्रो
अविस्मरणीय स्वर्णिम क्षण
अनि त
कति मज्जा छ यहीँ प्रकृतिमा

म मुर्छा परेर एकान्तमा
हराइरहँदा एक्लो महसुस हँुदा
अनि जानेहरुले बाटो मोडेर गइदिँदा
म मुर्मुरिए दिए रन्थनमा परे
टन्न रिसाइदिए आक्रोशित भए
आफ्नै दोस्तीसँग पुर्णबिराम लगाएँ
अनि ती अतितका अविस्मरणीय
यात्रा उकाली ओराली अप्ठ्यारो,
सप्ठ्यारो सम्झदै टोलाइरहँे…
मेरो रिसको सीमा अधिक हुँदा
मलाईनै बङ्ग्याउँदै
अझै चराहरु कराए
मेरो रिसमा
मीठो सङ्गीत मिसाए
अनि सुमधुर गीत बनाए
त्यतिकैमा ती चिरचिर चुरचुर
कुहुकुहुको धुनमा
एकै छिन अगाडिको मेरो औडाहा
रिस गीतमा परिणत भयो
नचाहँदा नचाहँदै प्रित भयो
र त मज्जा छ यहीँ प्रकृतिमा
आनन्द छ यहीँ प्रकृतिमा।

अनायास मा ओठ चल्थे
चल्दा चल्दै सुइँ सुइँ सुसेल्थेँ
कञ्चन बगेका खोलानालाहरु
एकहोरो मसँगै बोल्थे
तीता मीठा बात मार्थे
खुसीे बेखुसी पोख्थे
अनि चट्टानसँग ठोकिएर
कहालिँदै फर्किआउँथे
अनि आफ्नो बेगलाई तीव्र बनाई
ती चट्टान फोर्दै, दुस्मनको शिरबाट
छलाङ मार्दै बगर बनाउँथे
आफ्नै गतिमा एकनासले बहन्थे
एउटै लक्ष्यमा अनि नटुङ्गिने यात्रामा
मैले चिच्याउँदै सोध्थे कहाँसम्म हो
तिमीहरुको यात्रा अहँ कहिल्यै दिएनन्
मेरो प्रश्नको जवाफ र म सोच्थे यो
लामो यात्रा हुन सक्छ !
म अडकल लगाउथे
तर म भन्थेँ तिमी सुसाऊ
सक्छौ अझ धेरैलाई मिसाऊ
अनि झन् मज्जा हुन्छ प्रकृतिमा
बेग्लै स्वाद हुन्छ यहीँ प्रकृतिमा

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल