‘चिना हराएको मान्छे’ पछि ‘हरिबहादुर’ 

‘चिना हराएको मान्छे’ पछि ‘हरिबहादुर’ 

काठमाडौ, वैशाख २०– संस्मरण ‘चिना हराएको मान्छे’ को सफलतापछि चर्चित हास्य कलाकार हरिवंश आचार्यले आफ्नो पहिलो उपन्यास कृति ‘हरिबहादुर’ लिएर आउँने भएका छन् ।

‘हरिबहादुर’को विमोचन अर्का हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आगामी शनिबार ३ बजे नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा हुने बताइएको छ ।

उपन्यासकारको अवतारमा देखिन लागेका हरिवंश आचार्यले धेरै व्यक्तिले उपन्यास लेख्नका लागि घच्घचाएपछि आफूले उपन्यास लेख्न तम्सेको बताए । उपन्यास लेखनप्रक्रियाबारे उनले भने, ‘चिना हराएको मान्छे’ लेख्दा मैले विषयबारे सोच्न परेको थिएन ।

आफूले जिन्दगीमा भोगेका घटनालाई सकेसम्म रमाइलो पाराले लेखिदिए पुगेको थियो ।

तर, उपन्यास लेख्छु भन्ने विचार बनाएपछि भने मैले धेरै सोच्नु परेको थियो । र, अन्ततःमैले मदनबहादुर हरिबहादुर टेलिश्रृङ्खलाको मलाई मन पर्ने पात्र हरिबहादुरलाई असफलता र मूर्खताको प्रतीक बनाएर एउटा पात्र प्रधानउपन्यास बनाउने निधो गरेको थिएँ ।’

उपन्यासको पाण्डुलिपि पढेका साहित्यकार रवीन्द्र समीरले भने, ‘मुख्य पात्र हरिबहादुरको बाल्य काल, पारिवारिक एवम् सामाजिकजीवन र उसको उत्थान तथा पतन वरिपरी घुमेको यो उपन्यासमा तात्कालिन राजनीतिले हरिबहादुरलाई कसरी प्रयोग ग¥यो तथा हरिबहादुरले द्वन्दकालिन राजनीतिलाई कसरी प्रयोग ग¥यो भन्ने परिवेशमा केन्द्रित छ ।’

स्थानीय चुनावको मुखमा सार्वजनिक हुन लागेको उपन्यासले अक्षम, अयोग्य व्यक्तिहरु कसरी जालझेल गरी चुनावजितेर सत्तामा पुग्छन् भन्ने कुराको सटिक चित्रण गरेको छ ।

हास्य र व्यङ्यको पुटले भरिएको हरिबहादुरले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका प्रहसनले दिने जत्तिको मनोरञ्जन दिने बताइएको छ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल