‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ हेर्न मण्डला घुइँचो

‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ हेर्न मण्डला घुइँचो

काठमाडौँ, बैशाख १९ –अनामनगरस्थित मण्डला थिएटर अचेल दर्शकले खचाखच भरिएको देख्न सकिन्छ । बिगत केही सातादेखि नाटक ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ मञ्चनले यो थिएटरमा दर्शकको भिड लागेको हो । कथाकार इन्द्रबहादुर राईको लेखन रहेका नाटक नाट्यकर्मी सुनील पोखरेलको निर्देशन मञ्चन सुरु भएको हो ।
पछिल्लो दुई वर्षको अन्तरालमा सुनीलले निर्देशन गरेको यो पहिलो नाटक हो । इन्द्रबहादुर राईको कथालाई पोखरेलले नाट्य रूपान्तरण गरेर दर्शक रुहाउने बनाएका छन् । सुनीलको निर्देशन रहेको नाटक भएर पनि अन्य समयको भन्दा बढी दर्शक देखिएका हुन् ।
विश्वयुद्धका क्रममा जापानी सैनिकहरू बर्मा प्रवेश गरेपछि बर्मेली नेपालीहरू सुरक्षित गन्तव्यको खोजी गर्दै आफ्नो थातथलो छाडेर हिँड्दा भोग्नुपरेको दुःखकष्टलाई नाटकले मञ्चमा उतार्ने प्रयास गरेको छ । नाटकले तत्कालीन समाजको संस्कृति र यथार्थता समेत देखाएको छ ।
दर्शकलाई हसाउँदै भावुक बनाउने नाटकमा जयामायाको चरित्रमा नवकलाकार सुनिसा बजगाई देखिएकी छन् । सुलक्षण भारती, सिर्जना अधिकारी, सुजन कार्की, आभास अधिकारी, आर्जेश रेग्मी, उषा किरण, सुरज तमू लगायत कलाकारको नाटकमा अभिनय रहेको छ ।
एक घण्टा ३५ मिनेटको नाटक वैशाख १ गतेबाट सुरु भएको हो । महिनाभरी चल्ने नाटक सोमबार बाहेक हरेक दिन साढे ५ बजे र शनिबार दिउँसो १ बजे मञ्चन हुने निर्देशक पोखरेलले बताए ।

– नाटक प्रति दर्शकले देखाएको मायाले उत्साहित बनाएको छ । कुनैवेला यही कथामा चलचित्र बनाउने सोच छ ’ निर्देशक सुनीलले भने ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल