कविता : याद

कविता : याद

-उशा पाण्डे

याद्गार त आफूले छाडेको
हरेक स्थान, समय र पात्रहरु भइ नै रहन्छन्
याद गरी पठाउनेले पो के गरेको छ थाहा हुन्न
यादको आँखामा बसेर उडिरहेको कविता हेर्नू
आफू मात्र अपवाद भएर भीडबाट टाढा हुनु,

र,
यादहरुको ओठमा लतपतिएको अक्षर टिपेर
अनकन्टारमा समाधिस्थ हुनु
यादको पर्खालमा झाँगिएका बेगमबली जस्तै भएर
आफू पनि यादहरुमा झाँगिदै जानू
यादगार रहिआएका प्रत्येक क्षणहरुमा म बाँच्दै आएको छु
मृत्यु आखिर के र ?
याद गर्न बिर्सनु नै त होला ।

-काठमाडौँ

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल