बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीले जनकपुर र पोखरामा जानका लागि नेपाली विमान नै प्रयोग गरे, साथै माउन्टेन फ्लाइट पनि गरे । सुरक्षा र भरपर्दो एयरलाइन्स ठानेर उनले बुद्ध एयरमा यात्रा गरे । सन् १९९७ मा अक्टोवर ११ मा पहिलो उडान शुरु गरेको यो एयरलाइन्स नीजि क्षेत्रबाट चलेको नेपालको अग्रणी एयरलाइन्स हो । आठ सय जनाले रोजगारी पाएको र प्रत्यक्ष–अप्रत्यक्ष गरी राज्यलाई करिव बार्षिक ४५ करोड कर तिर्ने बुद्ध एयरका मालिक हुन्, वीरेन्द्रबहादुर बस्नेत । ५२ बर्षका बस्नेतको पुख्र्यौली घर भोजपुर हो, यद्यपी २०२१ असार २२ उनी काठमाडौंमा नै जन्मेका थिए । उनी बुद्ध एयरका संस्थापक प्रवन्ध निर्देशक हुन् । उनले नै नेपालमा पहिलो पटक माउन्टेन फ्लाइट शुरु गरेका थिए । बुढानिलकण्ठ स्कूलबाट एसएलसी, महेन्द्र मोरङ क्याम्पसबाट विकम र बेलायती यूनिभर्सिटीबाट सिनियर क्याम्ब्रिज प्राप्त गरेका छन् । रातोपाटीको आइतवार प्रकाशित हुने साप्ताहिक स्तम्भ ‘मेरो जीवन’ का लागि यसपाली बुद्ध एयरका मालिकसँग शम्भु दंगालले कुराकानी गरेका छन् ।

मेरो खाना

मेरो मनपर्ने खाना टोस्ट, बटर र चिया । सबैभन्दा मन नपर्ने खानामा भेन्टा र पर्बल । परिवारसहित कहिलेकाहीँ रेस्टुरेन्ट पनि गइन्छ । काठमाडौंमा त सबै मःमः नै खान्छन् । मःमः पनि मिठै हुन्छ । त्यसपछि साँधेको कुखुराको मासु असाध्यै मन पर्छ । पकाउन खासै रुचि छैन । चिया, टोस्ट र अम्लेट बनाउन आउँछ ।

फिटनेसको विषयमा चाहिँ म एकदमै सचेत छु । घरमै जिमखाना छ । घरमै दैनिक २ घन्टा एक्सरसाइज गर्छु । उमेर ढल्किन थालेपछि रातो मासु र अल्कोहलिक ड्रिङ्क्सहरु खान छोडेको छु ।

मेरो पोसाक

पोसाकमा त्यति धेरै रुचि छैन । जति कपडा आवश्यकता पर्छ त्यति मात्र राख्ने गरेको छु । मसँग एक सेट जाडोको र एक सेट गर्मीको लुगा छ । त्यो च्यातियो वा पुरानो भयो भने मात्र नयाँ किनिन्छ । वार्षिक यति र यस्तो कपडा किन्ने भन्ने हुँदैन । अलि गाढा रङको कपडा मनपर्छ । कालो, निलो र सेतो रङका कपडा पनि मनपर्छन् । अफिस जाँदा प्रायः सट, प्यान्ट र कोट लगाइन्छ । कोट प्यान्ट चाहिँ गाढा रङको नै लगाउँछु । प्रायः सबै रेडिमेड कपडाहरु नै किन्छु । म ब्रान्डको बारेमा मतलब गर्दिनँ । जुन राम्रो लाग्छ त्यही ब्रान्डको कपडा लगाउँछु । कपाल नभए पनि टोपी, ह्याटमा रुचि छैन । जाडो मौसममा चाहिँ बाहिर जाँदा न्यानो टोपी लगाएर जान्छु । अघिपछिको समयमा टोपी लगाउने चलन छैन ।

मेरो फिटनेस

फिटनेसको विषयमा चाहिँ म एकदमै सचेत छु । घरमै जिमखाना छ । घरमै दैनिक २ घन्टा एक्सरसाइज गर्छु । उमेर ढल्किन थालेपछि रातो मासु र अल्कोहलिक ड्रिङ्क्सहरु खान छोडेको छु । खानामा पनि ध्यान दिन थालेको छु । योगा भनेर विशेष छैन । हरेक बिहान अनुलोम–विलोम चाहिँ सधैँ गर्छु । त्यसले श्वास–प्रश्वासका लागि एकदमै फाइदा गरेको छ । मेरो ४ वटा कार्डियो एक्सरसाइजमा जगिङ, ट्रेडमिल, क्रसटेनर्स, साइक्लिङ र स्किपिङ गर्छु । एक दिन जगिङ, एक दिन साइक्लिङ गरेर चार दिन फरक फरक रुपमा एक्सरसाइज गर्छु । मर्निङ वाकभन्दा स्ट्रेसफुल एक्सरसाइज नै बढी गर्छु । एक्सरसाइजका लागि चाहिने सबै उपकरणहरु घरमा छन् । ट्रेडमिल, साइकल, एपिलेक्ट्रिक भन्छ, क्रस्टेनर सबै छ । सिट–अप गर्ने बेन्चहरु, पुल–अप गर्ने उपकरणहरु सबै छ ।

मेरो अध्ययन

अहिले ‘कर्डु अफ क्यास’ पुस्तक अध्ययन गर्दैछु । नगद–पैसालाई सराप भन्ने पुस्तक हो । लेखकको नाम चाहिँ म त्यति याद गर्दिनँ । अहिले मोदीले जे गर्दै हुनुहुन्छ भारतमा, उहाँलाई यो किताबले प्रभावित पारेको हुनुपर्छ । क्याँसलेस सोसाइटी अर्थात नोटरहित समाजको बारेमा छ यो किताब । म प्रायः ननफिक्सन किताबहरु पढ्छु । बायोग्राफी पनि पढ्छु । विद्यार्थी जीवनमा बाल्यकालदेखि पच्चीस–छब्बीस वर्षको उमेरसम्म फिक्सन पनि पढ्थेँ, अहिले चाहिँ फिक्सन त्यति पढ्दिन । स्वदेशी किताबहरुमा सबैभन्दा प्रभावित गरेका दुई–तीनवटा किताबहरु छन् । किताब सरदार भीमबहादुर थापाले लेखेको ‘त्यस बेलाको नेपाल’को पाँचैवटा भोल्युम । हरेक नेपालीले पढ्नुपर्ने किताब हो जस्तो लाग्छ । विजयकुमारको ‘खुसी’ पनि बढो राम्रो लाग्यो मलाई । यसमा फ्लो अनि भाषा निकै राम्रो छ । यस्तै जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ भन्ने पुस्तक पनि मन पर्छ । यस्तै बीपी कोइरालाको आत्मवृत्तान्त पनि प्रेरणादायी छ । यो हरेक नेपालीले पढ्नुपर्ने पुस्तकजस्तो लाग्छ । यस्तै अङ्ग्रेजीतर्फ ‘क्यापिटल अप ट्वेन्टी फोर सेन्चुरी’ले पनि मलाई एकदमै प्रभाव पारेको छ । यस्तै गुरुचरण दासको ‘दी डिफिकल्टी अफ बिइङ गुड’लगायतका किताब मन पर्छन् । यी किताबले मलाई प्रभाव पारेको छ । म आफैँले किताब लेखेको चाहिँ छैन, साना–साना विषयमा लेखहरु चाहिँ लेख्छु । लेखनका लागि पूरै फोकस पनि भएको छैन, समय पनि पाएको छैन । घरमा किताब सङ्ग्रह गएको छु । छ–सात सय किताब छन्, तीन वर्षदेखि व्यक्तिगत लाइब्रेरीको रुपमा किताब सङ्ग्रह गरेको छु । सङ्ग्रह गरेका किताबमध्ये ७५ प्रतिशत अध्ययन गरेको छु । महिनामा चार–पाँच हजार किताबमा खर्च हुने गरेको छ ।

फुर्सद पर्याप्त हुन्छ । शनिबार घरबाट बाहिर निस्कन्न । बुद्ध एयर २० वर्ष हुन लाग्यो । बुद्ध एयरको कामकाजमा बढी फोकस हुनुपर्दैन । सिस्टमले काम गर्छ ।


मेरो घुमफिर

घुमफिरमा खासै रुचि छैन । नेपालभित्र घुम्ने इच्छा छ, घुम्छु पनि । विदेश पनि घुमेको छु, घुम्न त । नेपालका आठ–दसवटा जिल्ला घुमेको छु । बेला–बेला भारत, थाइल्यान्ड, सिङ्गापुर गइराखिन्छ, छ–सातवटा देश घुमेको छु । म सिङ्गापुरबाट सबैभन्दा बढी प्रभावित छु । सन् १९५७ मा उनीहरुले स्वतन्त्रता पाए । स्वतन्त्रता पाएको ५०–५५ वर्षको समयमा उनीहरुको गरेको विकास प्रेरणादायी छ । मलाई असाध्यै घुम्न मन लागेको स्विजरल्यान्ड पनि हो । कुनै दिन समय मिलाएर स्विजरल्यान्ड घुम्न जानेछु ।

मेरो फुर्सद

फुर्सद पर्याप्त हुन्छ । शनिबार घरबाट बाहिर निस्कन्न । बुद्ध एयर २० वर्ष हुन लाग्यो । बुद्ध एयरको कामकाजमा बढी फोकस हुनुपर्दैन । सिस्टमले काम गर्छ । आजको अवस्थामा दिँउसो एक–दुई बजे फुर्सद हुन्छ । स्ट्रेसफुल काम छैन अहिलेसम्म । फुर्सदको बेला प्रायः किताब पढ्छु, टेलिभिजन हेरिन्छ । घरपरिवारसँगै समय बित्छ । छोरीहरु, श्रीमती, आफन्तसँगै समय बित्छ । घरपरिवारलाई पर्याप्त समय दिन्छु । ढिलोमा ४ देखि साढे ४ बजेभित्र घर पुगिसकेको हुन्छु । बेला–बेला परिवारका सदस्यसँग घुम्न, रेस्टुरेन्टमा खाना खान जाने चलन पनि छ । श्रीमतीले बैङ्कक, सिङ्गापुर घुम्न जाऊँ भनेको बेला, जहाँ–जहाँ जाऊँ भन्यो सबै ठाउँमा घुमाउँछु । एक्लै त म त्यति घुम्दिनँ, घुमफिर पनि श्रीमती र परिवारसँग नै हुन्छ ।

मेरो खेलकुद

मलाई सबैभन्दा मनपर्ने खेल बास्केटबल हो । पहिला खेल्ने पनि गर्थेँ । फुटबल पनि मन पर्छ तर ९० मिनेटसम्म हेर्नुपर्ने भएकाले अल्छी लाग्छ । बास्केटबल सबैभन्दा राम्रो हुन्छ । मन नपर्ने खेल खासै छैन । खेलमा त्यति धेरै नै रुचि भएको मान्छे चाहिँ हैन म । स्कुल लेभलमा स्विमिङम गर्थेँ, ब्याडमिन्टन र बास्केटबल खेल्थेँ । स्विमिङमा जिल्ला स्तरमा मेडल जितेको थिएँ । अहिले पनि म असाध्यै राम्रो पौडिन सक्छु । फुटबल, क्रिकेटका मनपर्ने यो टिम भन्ने खासै छैनन् ।

टिभीमा प्रायः म समाचार हेर्छु, त्यो पनि बीबीसी, सीएनएनमा । सिनेमाहरु हेर्छु । बिग ब्याङ थ्योरी भन्ने सिरियल आउँछ । यो चाहिँ चाख मानेर हेर्छु ।

मेरो मोबाइल

मैले अहिले आइफोन सिक्स एस बोकिरहेको छु । मोबाइल फेरी–फेरी बोक्ने बानी छैन् । सुरुमा ब्ल्याकबेरी चलाएको थिँए । ब्ल्याकबेरीमा डेटा स्टोर गर्ने र फेर्नलाई गाह्रो पर्ने भएपछि आइफोन बोक्न थालेको हुँ । नितान्त आवश्यक एप्लिकेसनहरु मात्र चलाउने गरेको छु । मोबाइलबाट इन्टरनेट पनि चलाउँछु । मोबाइलमा इमेल चेक गर्छु, समाचार हेर्छु, फेसबुक ट्विटर केही चलाउँदिन । मेरो फेसबुक, ट्विटरको एकाउन्ट नै छैन । त्यो एडिक्सन हुन्छजस्तो लाग्यो । समय त्यसै खेर जान्छ जस्तो लाग्यो । त्यति आवश्यक पनि मानेको छैन । मोबाइलमा गेम पनि खेल्दिनँ । मोबाइल नितान्त सर्भिसका लागि मात्र प्रयोग गर्छु । सेभ गरेको नम्बर उठाउने र मेल चेक गर्ने मात्र मेरो मोबाइलको काम हो ।


मेरो टेलिभिजन

टिभीमा प्रायः म समाचार हेर्छु, त्यो पनि बीबीसी, सीएनएनमा । सिनेमाहरु हेर्छु । बिग ब्याङ थ्योरी भन्ने सिरियल आउँछ । यो चाहिँ चाख मानेर हेर्छु । कुनै टिभी, सिरियलमा एडिक्सन छैन । प्रायः सुत्नुभन्दा अगाडि टेलिभिजन हेरिन्छ । आधी घन्टा/पैतालीस मिनेट टिभी हेरेपछि मज्जाको निद्रा लाग्छ । सामसुङको ४५ इन्चको एलइडी टिभी छ । पहिले–पहिले डेकमा सीडीमा चलचित्र हेर्ने चलन थियो ।

मेरो चलचित्र

पछिल्लो पटक हेरेको चलचित्र छक्कापञ्जा हो । हामी परिवार सबै आठ–दसजना नै यो फिल्म हेर्न गएका थियौँ ।

नेपाली कलाकारमा छक्कापञ्जा फिल्मको नायिका प्रियङ्का कार्कीको अभिनय मन पर्यो । प्रियङ्का कार्कीको अभिनय एकदमै फ्यान्टास्टिक लाग्यो । दीपकराज गिरीको अभिनय पनि राम्रो लाग्यो । म कुनै कलाकारको फ्यान नै बनेको भने छैन् । मैले अहिलेसम्म हेरेको अङ्ग्रेजी, हिन्दी, नेपाली फिल्ममध्ये केही धेरै नै राम्रो लाग्यो । यति राम्रो सिनेमा मैले धेरै वर्षपछि हेरेको हो । यो फिल्म हरेक नेपालीले हेर्नुपर्ने फिल्म हो । मलाई मनपरेका केही चलचित्रको नाम लिनुपर्दा यही छक्कापञ्जा, आमिर खानको थ्री इडियट्स, जति चोटि पनि हेर्न सकिने सिनेमा हो यो । अर्को चाहिँ सञ्जय दत्तको मुन्ना भाइ एमबीबीएस पनि जतिपटक पनि हेर्न सकिन्छ । नेपाली चलचित्र खासै हेर्दिनँ । मलाई अहिलेसम्म हेरेका चलचित्रहरुमा आमिर खानको अभिनय भर्सटाइल र राम्रो लाग्छ । महिला कलाकारमा दीपिका पाडुकोन पनि राम्रो लाग्छ ।

भाषण गर्नलाई अलि टेन्सन नै हुन्छ । भाषण गर्दा मेरो थेगो पनि जान्छ । पूर्व तयारीविना भाषण गरियो भने चैने भन्ने शब्द धेरै दोहोरिन्छ ।

मेरो रोग

मलाई पाँच/छ महिनामा रुघा लाग्छ । रुघा निको पार्न नेथी गर्छु । त्यस्तो बिरामी पर्ने अवस्था चाहिँ छैन् । दीर्घरोग केही छैन । हरेक ६ महिनामा रगत चेक गराउँछु । युरिक एसिड हाई छ मेरो यसले गर्दा छ–छ महिनामा रगत जाँच गराउँछु । मेरो बुवालाई आँखाको ग्लुकोमा भएकाले नभए पनि हरेक वर्ष ग्लुकोमा छ कि भनेर टेस्ट गराउँछु । मेरो ब्लड प्रेसरको अवस्था नर्मल छ । मेरो तन्दुरुस्तीको राज रेजिमेन्टल फिजिकल एक्सरसाइज हो, जुन चाहिँ साधानाका रुपमा गर्नुपर्छ । जसरी दाँत माझ्ने, कपाल कोर्ने, जस्ता रेगुलर कामजस्तै योगा होस् वा फिजिकल एक्सरसाइज साधानाको रुपमा गर्नुपर्छ । चाहेर गर्ने होइन चाहाना बनाउनुपर्छ । एउटा एक्सरसाइज हो, अर्को हामी उमेर पुग्दै गएपछि आफै डाइट कम–कम हुँदै जान्छ ।

मेरो भाषण शैली

मेरो भाषणशैली खासै राम्रो छैन । कुनैमा नर्भस हुने अवस्था पनि छ । भाषण गर्ने त्यस्तो कुनै ठूलो अवसर पनि आएको छैन । भाषण गर्नलाई अलि टेन्सन नै हुन्छ । भाषण गर्दा मेरो थेगो पनि जान्छ । पूर्व तयारीविना भाषण गरियो भने चैने भन्ने शब्द धेरै दोहोरिन्छ । कुनै विषयमा केन्द्रित भएर फ्लोमा जाँदा यो समस्या हुँदैन । कहिलेकाहीँ कर्मचारीबीचमा पनि बोल्नुपर्ने हुन्छ, मेरो भाषण आक्रामकभन्दा पनि बढी संयमपूर्ण हुन्छ । मैले बढी बोल्नुपर्ने, छलफल गर्नुपर्ने भनेको बुद्ध एयरका कर्मचारीहरुसँग हो । संयमताका साथ र बुझाउने तरिकाले नै कुरा गरिन्छ । कुनै विषयमा चाहिँ पूर्व तयारी गर्छु । त्यसरी फ्रिक्युन्टली भाषण गर्ने अवस्था त छैन । तर मलाई मन परेको विषयमा त मज्जाले बोल्न सक्छु । विषयवस्तुसँग जोडिएको भाषण चाहिँ सुन्न मन लाग्छ । पपुलिस्ट नारामा सीमित या गलत बाटोतर्फ उक्साउने किसिमको भाषण मन पर्दैन । पछिल्लो समय मोदीजीको भाषण मनपर्छ । हालसालै उहाँले गोवामा डिमनिटाइजेसनको बारेमा गरेको भाषण, यूपीमा पनि दिएको भाषण मनपरेको थियो । बढा सान्दर्भिक भाषण थियो ।

मेरो मापसे

एक जमानामा मापसे पनि गरिन्थ्यो । १ वर्ष भयो चट्टै छोडेको । मैले पिउने ब्रान्ड ब्ल्याक लेभल स्कच थियो । त्यतिखेर घरमै बार राखेको थिएँ । हरेक दिन त पिइँदैनथ्यो । खाँदै जाँदा ५ सय एमएल आधा बोतलसम्म खाइन्थ्यो, बिहान उठेर एक्सरसाइज गरेपछि मदिरको ह्याङ सबै किल हुन्थ्यो । अब चाहिँ सकिँदैन ।

मेरो सङ्गीत

गीत–सङ्गीतमा त्यस्तो धेरै प्यासियोनेट त छैन । तर सङ्गीत सुन्न मन लाग्छ । गीत गाउन चाहिँ त्यति आँउदैन्, स्वर पनि त्यति छैन् तर सुन्न चाहिँ मन लाग्छ । अहिले पपसप के—के भन्छन् त्यस्तो चाहिँ हैन, पुराना गीतहरु, लोकगीतहरु सुन्न रमाइलो लाग्छ । यस्तै राष्ट्रवादी गीतहरु पनि सुन्न रमाइलो लाग्छ । व्याकुल माइलाले लेखेको अहिलेको राष्ट्रिय गान पनि निकै मन पर्छ । सुरुमा त हामीले श्रीमान गम्भीर गाउँदै आएको तर यो गीतले मनबाटै तताएर ल्याउँछ । के गाउँछन् के अङ्ग्रेजी गीत त ठ्याक्कै बुझ्दै–बुझ्दिन म । हिन्दी पुराना गीत चाहिँ राम्रो लाग्छ । मोहमद रफी, किशोर कुमारका गीतहरु, अरु पुराना गायकका गीतहरु, तिनले चाहिँ मनलाई साम्य पनि पार्छन् ।

मेरो सबैभन्दा भूल एसएलसीपछि त्रिचन्द्रमा साइन्स फ्याकेल्टी जोइन गरेँ । फिजिक्स । सायद सबभन्दा ठूलो भूल त्यो थियो होला ।

तपाईंहरुले सुन्नुभएको छैन होला, नेपाली पुराना लोकगीतहरु, ….इन्द्रेणीको गलबन्दी साइँला हजुरलाई, घुम्तीको पटुका साइँला हजुरलाई… २०४३/४४ सालतिर बूढानीलकण्ठ स्कुलमा सरहरुले सिकाउनुहुन्थ्यो । अर्को –रातो भाले क्वाँयाँ–क्वाँयाँ सुत्केरीलाई ख्वाँया… सुत्केरीको नाम गरी टाउको मैले ख्वाँया, हैन.. हैन ढाँटेको, सत्य–सत्य झुटो कुरा छैन बोलेको… अर्को चाहिँ– देउराली उकाली चढेर, गिर्जापुल खोला तरेर, सानीलाई बोलाउँदा बोलिन, पर्नु पीर पर्यो, ज्यानलाई पर्नु पीर पर्यो…. भन्ने गीत निकै मन पर्छ । खाली समयमा गीत गुन्गुनाउने चलन भने छैन ।

मेरो भूल

मेरो सबैभन्दा भूल एसएलसीपछि त्रिचन्द्रमा साइन्स फ्याकेल्टी जोइन गरेँ । फिजिक्स । सायद सबभन्दा ठूलो भूल त्यो थियो होला । मैले बी.कम. भन्दा बेसी पढ्न सकेको छैन । त्यो पनि महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट । त्यसलाई सुधार्ने सोचमा चाहिँ छु । आफ्नो व्यवसायबाट विश्राम लिएपछि एकेडेमिक क्षेत्रमा जाने सोचमा छु । बच्चामा काम गर्ने मान्छेलाई पाँडे गाली गरेबापत पिटाइ खाएको छु । काम गर्ने मान्छेले मलाई बुवा भए ठाउँ लिएर गयो । उहाँले हुक्कामा नली जोडेर भएको तमाखु खानुहुन्थ्यो । उहाँले त्यो नलीले स्वाइँ–स्वाइँ हिर्काएको अहिलेसम्म सम्झिन्छु । त्यस्तै सेन्ट जेभियर्स पढ्दाखेरी एकजान शिक्षक हुनुहुन्थ्यो, दुई–तीन कक्षामा पढ्थेँ त्यतिबेला, के गल्ती गरेँ भन्ने चाहिँ थाहा छैन । काठको रुलरको धारले हातको उल्टो भागमा हरेक औँलामा पर्ने गरेर हिर्काउनुभयो । हरेक औँला फ्याक्चर भयो । त्यो अहिलेसम्म पनि सम्झिन्छु । त्यहाँको पादरीले छालाको बेल्टले पिटेको पनि सम्झन्छु । तर बूढानीलकन्ठ गएपछि भने हामीलाई पिट्न पाइँदैनथ्यो । त्यहाँ हामीले गल्ती गरेको खण्डमा बिहानै ६ बजे उठाएर कोदालो बोकाएर चौर खन्ने सजाय दिन्थे । गल्ती नगरी आक्षेप पाएको अनुभव छैन, त्यस्तो बेला मेरो ठूलो विरोध हुन्थ्यो । आत्मआलोचना गर्नुपर्ने, आत्माग्लानि महशुस गर्नुपर्ने खालका भूल चाहीँ गरेको छैन ।

मेरो घर

मैले घर बनाएको लगभग १० वर्ष भयो । आफ्नै कमाइबाट बनाएको हुँ । आर्किटेक लगाएर बनाएको हुँ । आधुनिक र परम्परागत डिजाइनको मिश्रण छ । दस÷बाह्र वर्षअघि जग्गा अनि घर बनाउँदा डेढ करोड जति लाग्यो कि ? मेरो तलब र मेरो कम्पनीको फाइदाको लाभांश, मेरो सम्पत्तिको भाडाबाट भएको कमाइको रकमबाट घर बनाएको हुँ ।

अहिले हामी बुवासँगै बस्छौँ । बुवाको शेखपछि सर्नुपर्ने घर हो त्यो । वास्तुशास्त्रमा पटक्कै विस्वास छैन ।

राशी

मेरो वृष राशी हो । ग्रह, दशा हेराउने चलन छैन् । त्यति विश्वास छैन । पुष्पराजको एउटा औंठी चाहिँ लगाउँछु । यो चाहिँ मेरो ममीले बनाइदिनुभएको हो । ग्रह हेरेर ममीले बनाइदिएको भएर लगाइराखेको छु । ग्रहमा विश्वास लागेर चाहिँ हैन ।

मेरो शौन्दर्य चेत
कपालमा केही पनि लगाउँदिन । अलिकति लामो भएपछि काट्छु । कपाल थोरै भएको हुनाले त्यति टेन्सन छैन । मेरो अनुहार नुहाइसकेपछि एकदमै फुस्रो हुन्छ । रिहाइड्रेसन क्रिम चाहिँ बिहान लगाउँछु । परफ्युमहरु, आफ्टर सेभहरु केही पनि लगाँउदिन । साउना बाथ, स्टिम, मसाजको पनि चलन छैन । वर्षमा दुई–तीन पटक बैङ्कक जाँदाखेरी श्रीमतीको रहर अनुसार मलाई पनि मसाजतिर हालिदिन्छन् । मेरो आफ्नै रुचि र आवश्यकता छैन ।

मेरो सपना

मेरो व्यावसायिक गतिविधि दुईवटा छ । एउटा व्यवसाय सुनसरी, इनरुवाको तल्लो एरियामा हामीले बृहत् कृषि कार्यक्रम गरिरहेका छौँ । त्यसलाई अब व्यावसायिकता दिँदैछौँ । त्यहाँका २ हजार बिघाका जग्गाधनीलाई समेत सहभागी गराएर बृहत् धानखेती कार्यक्रमलाई अघि बढाउँदैछौँ । उनीहरुलाई पनि लगानी गर्ने अवसर दिएर हामीले राइस मिल पनि सञ्चालन गर्दैछौँ । त्यहाँ दोस्रो उत्पादन चाहिँ मकै हो । हाम्रो फोकस चाहिँ धान र चामलमा छ । हामीले त्यहाँ के प्रमाणित गर्न खोज्दैछौँ भने बिचौलियालाई निकालेर उत्पादक, किराना पसले र उपभोक्ताको च्यानललाई स्थापित गर्न खोज्दैछौँ । पुसदेखि मिलिङमा जाने भएकाले मेरो विचारमा दुई वर्षभित्र सबै सेटअफ भइसक्छ । अर्को वर्षदेखि नै हामी धान उत्पादन गर्न थाल्नेछौँ । त्यसलाई व्यवस्थित गर्न अबको दुई वर्ष लाग्छ ।

मेरो विचारमा बुद्ध एयरको व्यवस्थापन आजको दिनमा विश्वको कुनै पनि उत्कृष्ट अभ्यास गर्ने एयरलाइन्ससँग दाँज्दाखेरी फरक पर्लाजस्तो लाग्दैन, हामीले त्यत्तिको व्यवस्थित ढङ्गले सञ्चालन गरिरहेका छौँ ।

दोस्रो व्यावसायिक सपना पोखराको अन्तर्राष्ट्रिय विमानस्थल हो । अबको ४ वर्षमा त्यसले पूर्णता पाउनुपर्दछ । अहिलेको हाम्रा प्लेनहरु छोटो दूरीमा सञ्चालन हुने मात्र छन् । जेट विमानबाट हामीले बैङ्कक, ग्वान्जाउ, दिल्ली र दुबईमा इन्टरनेसनल कनेक्सन गरेर त्यहाँका पर्यटकलाई नेपाल भित्र्याउन खोज्दैछौँ । आजको दिनमा नेपालको पर्यटन घट्दो क्रममा छ । हामीले अहिलेसम्म पर्वतारोहरण र ट्रेकिङ गर्ने उद्देश्य भएका पर्यटकहरुलाई मात्र फोकस गरिरहेका छौँ । हाम्रा आम जनताले त्यस किसिमको पर्यटनबाट मात्र फाइदा लिन सक्दैनन् । यस्तो किसिमको पर्यटनलाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता छ । फुर्सदमा भएका पर्यटकहरु जो एक ठाँउबाट अर्को ठाँउमा जाने, धेरै खर्च गर्ने किसिमका हुन्छन्, उनीहरुलाई हामी आर्कषित गर्न सक्छौँ कि सक्दैनौ भन्ने हो । त्यस किसिमको पर्यटनको विकास नगरी हामीले अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो स्थान बनाउन सक्दैनौं, जसरी हामीले जेट एयरलाइन्सको परिकल्पना गरेका छौँ । मेरा व्यावसायिक दुई सपना यिनै हुन् । अबको आठ–दस वर्षभित्र मैले यी दुई योजनाको बिट मार्नुपर्ने हुन्छ ।

मेरो एयरलाइन्स

हाम्रा झन्डै ८ सय कर्मचारी छन्, उनीहरुको आकांक्षालाई पूरा गरिरहेका छौं । सबैभन्दा मन पर्ने पक्ष त्यो छ । व्यवसायबाट नाफा पनि गर्नुपर्यो, त्यसलाई नियमसङ्गत ढङ्गले सञ्चालन पनि गर्नुपर्यो । कर्मचारीहरुको आंकाक्षाअनुसारको सुविधा पनि दिनुपर्यो । हामीले उनीहरुको तलब बढाउन, सेवा सुविधा बढाउन हामीले सक्नुपर्यो । हामीले त्यो पूरा गरिरहेका छौँ । मेरो विचारमा बुद्ध एयरको सबैभन्दा मन पर्ने पक्ष यो हो । आन्तरिक उडानका बेला बुद्ध एयरबाहेक अरुबाट उडान गरिँदैन ।

मेरो विचारमा बुद्ध एयरको व्यवस्थापन आजको दिनमा विश्वको कुनै पनि उत्कृष्ट अभ्यास गर्ने एयरलाइन्ससँग दाँज्दाखेरी फरक पर्लाजस्तो लाग्दैन, हामीले त्यत्तिको व्यवस्थित ढङ्गले सञ्चालन गरिरहेका छौँ ।

नेपालमा बेलाबेलामा हवाई दुर्घटना पनि हुने गर्छन् । सन् २०११ को सेप्टेम्बरमा हाम्रो विमान पनि दुर्घटना भएको छ । प्लेन पूरै ध्वस्त भयो, यात्रुहरु सबैको निधन भयो । यस्ता दुर्घटनाहरुले आगामी दिनमा दुर्घटना हुन नदिन हामीलाई प्रेरणा दिन्छन् र हामी बढीभन्दा बढी सचेत बन्दछौं । आगामी दिनमा प्राविधिक तथा संस्थागत सुधार एवं परिवर्तन ल्याउन ध्यानाकर्षित गर्दछ । दुर्घटना रोक्न वास्तविक सुशासनमा जोड दिनुपर्यो, त्यसमा हाम्रो दसौं करोड खर्च हुनुपर्यो । दुर्घटना रोक्न निरन्तर लागिरहनुपर्ने कुरा हो यो । दुर्घटना नहोस् र दुर्घटना हुन नदिन के–के गर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौँ ।

अहिले नेपालमा नियमसङ्गत ढङ्गले आन्तर्राष्ट्रिय उडानको लाइसेन्स भएको एक मात्र एयरलाइन्स बुद्ध एयर मात्र हो । कसैले ३ महिनामा रिन्यु गरिरहेका छन् । निरन्तर रुपमा रिन्यु वर्षैपिच्छे रिन्यु गरिरहेका छौँ । यो इन्टरनेसनल लाइसेन्स किन राखेको भने पोखराको अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । हामीले त्यहाँबाट जेट विमानबाट अन्तर्राष्ट्रिय उडान गर्न खोजेका हौँ । अहिले हामी महिनाको तीन–चारवटा बनारस फ्लाइट गर्छौँ । अहिले त हरेकचोटि इन्टरनेसनल फ्लाइट गर्दा महिनामा चार/पाँच लाख घाटा छ । हामीसँग भएको अन्तर्राष्ट्रिय उडानको लाइसेन्सलाई जीवित राख्न त्यो घाटा खाएर पनि उडान गरिरहेका छौँ । अहिले घाटा खाएर पनि उडान गर्नुको उद्देश्य पोखराबाट जेट विमान सञ्चालन गर्नलाई हो ।

यी जीवन कथा पनि पढ्नुहोस्

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल