किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

‘ए राता मकै’ कलाकारिताको सिलसिलामा यो थेगो बोल्ने कलाकार किरण केसीलाई नचिन्ने सायदै होलान् । हास्य शृङ्खला ‘जिरे खुर्सानी’मा उनले बोल्ने गरेको यो थेगो जति चर्चित छ । त्योभन्दा बढी लोकप्रिय छन् केसी । मह जोडीदेखि नयाँ पुस्ताका जितु नेपालसम्मका कमेडी शृङ्खलामा काम गरिसकेका केसी व्यक्ति एक हुन् तर उनका परिचय अनेक छन् । करिब चार दशक अभिनयमा बिताएका उनी कलाकार, गायक र समाजसेवी लगायतका परिचयबाट चिनिने गरेका छन् । उनको मूल परिचय भने कलाकार नै हो ।

कलाकारिताबाट विश्वका धेरै राष्ट्र घुम्नेमध्येका एक हुन् उनी । ४४ भन्दा बढी राष्ट्र घुमेका नेपाली कलाक्षेत्रका विवाद रहित कलाकार हुन् ।

जस्तोसँग पनि सजिलै घुल्न सक्ने र पुराना पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकर्मीको रोजाइमा पर्ने उनलाई कतिपयले पानीको संज्ञा पनि दिने गरेका छन् ।

कलाकारितामा एउटा अब्बल छवी बनाएका उनको समाज सेवाको दह्रो उदाहरण सातदोबाटामा रहेको प्रहरी चौकीलाई लिन सकिन्छ । उनको अथक प्रयास र पहलबाट निर्माण सम्भव भएको यो चौकी करोडको लागतमा तयार भएको हो । यसको अलवा उनके इमाडोल प्रहरी चौकी, स्कुल, पार्टी, सडकलगायत निर्माण कार्यक्रमा अतुलनिय योगदान पुर्याएका छन् । प्रस्तुत छ लोकप्रिय कलाकार किरण केसीसँग रातोपाटीको मेरो जीवनका लागि कुवेर गिरीले गरेको कुराकानी ।

kiran-kc-6

मेरो खाना
मलाई पहेँलो मकैको ढिँडो, गोलभेँडाको अचारमा टिम्बुर, मरिच, अदुवा लसुन र ज्यानमारा खुसौनी हालेर मज्जाले लसक लसक पिनेको खुब मनपर्छ । मासुको कुरा गर्नुहुन्छ भने झापातिरको कालो खुट्टा भएको लोकल कुखुराको मासु आफ्नै तरिकाले पकाएर त्यसमा चम्सुर पालुङ्गो समेत मिसाएर खाँदा सबैभन्दा उत्कृष्ट लाग्छ । मैले अहिलेसम्म छ्या यो मनपर्दैन भनेर भनेको छैन । तर लौका र बेथेको साग यी दुई चिज तरकारी किनेको पनि छैन । रेस्टुरेन्ट पनि जान्छु । परिवारलाई पनि लाने गरेको छु । मलाई पकाउन पनि रुचि छ । मलाई विभिन्न मसला हालेर पकाइने गुजको परिकार जसलाई गाउँ घरमा औषधी पनि भन्ने चलन छ, त्यो पकाउन मनपर्छ । कोदो, फपर र गहुँको पिठोमा लसुनको टुक्रा मिसाएर बनाएको रोटी पनि मनपर्छ । यो त जाडो मौसममा सधैँ खाने गरेको छु ।

मेरो पोसाक
प्रायः नर्मल खालका पोसाक लगाउन रुचाउँछु म । जिन्स बढी प्रयोग गर्छु । वार्षिक १५ देखि २० हजार रुपियाँसम्म पोसाकमा खर्च हुन्छ । म विदेशका कार्यक्रममा गइरहने भएकाले धेरै गिफ्ट आउँछन् । बर्थडेमा गिफ्ट पनि दिन्छन् । मेरो उमेर पाको भइसकेको छ । त्यसले गर्दा छोरी, बुहारीलगायतबाट पनि गिफ्ट आउँछ । ग्रिन र इस्काई ब्लु मलाई मन पर्ने कलर हुन् । रेडिमेड र सिलाएर दुवै खालका पहिरन लगाउँछु । टोपी खासै लगाउँदिन । जाडोमा घरमा माकले टोपी टुटाउँदिन ।

मेरो फिटनेस
मेरी श्रीमती अलि चाँडो उठ्छिन् । उनी उठेको बेलामा तातो पानी माग्छु । घरका सबै सदस्य मर्निङ वाक जान्छन् । म जाँदिनँ । घरमा म मर्निङ वाकको बाउ एक्सरसाइज गर्छु । बेडरुमबाट हिँड्न सुरु गरेर चार तलासम्म जाने आउने गर्छु । यसो गर्दा खलखल पसिना आएपछि रामदेवको योगा थाल्छु । यसमा पनि कपालभाँती, अनुलोम बिलोमलगायत गर्छु । एक घन्टा एक्सरसाइज गरेपछि नुहाउँछु । अनि पूजा कोठामा गएर बुबा आमाको नामबाट स्थापना गरेको मन्दिरको दर्शन गर्छु । त्यसपछि मेथीको धुलो र दालचिनीको धुलो खान्छु । एउटा अण्डा, दुई तिन पिस बिस्कुट र दुई कप कफी खान्छु । एउटा स्याउ पनि चाहिन्छ ।

kiran-kc-1

मेरो अध्ययन
साहित्य पढ्ने गर्छु । धेरै त नभनौँ अलि अलि । उपन्यास र जीवनी पढ्न जाँगर चल्छ । विनोद चौधरीको, हरिवंशको चिना हराएको मान्छे, कर्ण शाक्यको, बीपीलगायतका किताब पढ्छु । कथा र निबन्ध पनि मलाई मनपर्छ । पुस्तक सङ्ग्रह पनि गर्ने गरेको छु । मसँग धार्मिक, साहित्यिक, क्रिस्चियन ग्रन्थलगायत पुस्तक सङ्ग्रह छन् । नेपाल सरकारको योजनाका किताबहरु पनि छन् । विभिन्न स्रष्टाहरुले उपहार दिएका पनि सँगालेर राखेको छु । मेरो विषयमा पनि शब्द चित्रमा किरण केसी भन्ने निक्लिएको थियो । त्यो पनि छ ।

मेरो घुमफिर
मेरो त खुट्टामा चक्र परेको छ । संसारको ४२ देश घुमिसकेको छु । घुमफिरमा मलाई ज्यादै रुचि छ । नेपालकै कुरा गर्ने हो भने ६५ जिल्ला पुगेँ होला । मेरो घुम्ने कर्म रहेछ यही भन्छु सबैलाई । मलाई सबैभन्दा बढी मनपर्ने ठाउँ आफू जन्मेको ललितपुरको इमाडोल हो । यसलाई संसारको कुनै ठाउँले पनि जित्न सक्दैन भन्ने लाग्छ । त्यसपछि मनपर्ने भनेको पोखरा र नाम्चे बजार ।
kiran-kc-3
मेरो फुर्सद
फुर्सद छैन भनौँ भने कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु । छ भनौँ भने ज्यादै व्यस्त छु । रातभरीको समय घर परिवारलाई दिएको छु । दिउँसोको महोत्सव, सुटिङ र विदेशका कार्यक्रम र साथीभाइलाई । यसो गर्दा पनि फुर्सद भयो भने पकाएर खाने काममा लाग्छु ।

मेरो खेलकुद
मलाई बक्सिङ र स्विमिङ मनपर्छ । अरु खेल मन नपर्ने भन्ने होइन । तर क्रिकेट खेल्न आउँदै आउँदैन । बुझ्न खोजेको गाह्रो जस्तो लाग्यो । बक्सिङ, कुस्ती, फुटबल, भलिबल, क्यारिमबोर्ड लगायतका खेल खेलेको छु । केटाकेटीमा साथी भाइसँग लुकामारी पनि खेलिन्थ्यो । डन्डी बियो र गुज्जा बिर्सिएको छैन । फुटबलमा मलाई मन पर्ने खेलाडी मेसी हुन् । बसेर सँगै चिया खाको त छैन । तर पनि ऊ भद्र लाग्छ । पहिले म्याराडोना मनपथ्र्यो ।

मेरो मोबाइल
म बढी विश्वास आइफोनलाई गर्छु । हुन त स्यमसुङको पनि । कुरै गर्ने त हो नि । ब्रान्ड र देखाउने होडबाजीको यो जवानामा राम्रो फोन चाँहिन्छ । दुइटै चलाउँछु । मैले मोबाइल धेरै फेर्ने गरेको छैन । चार पाँच वर्षमा च्यास्स चेन्ज गर्छु । त्यो पनि एउटा । आजसम्म आइफो नै बढी प्रयोग गरेको छु । मोबाइलमा फेसबुक धेरै चलाउँछु । ट्विटर र अनलाइन पनि फाट्ट फुट्ट चलाउँछु । मिडियामा आएका समाचार हेर्ने र सेयर गर्ने पनि यसैबाट हो ।

लाइक पनि ठोक्छु । युट्युव मार्फत विश्वभरका हास्य क्षेत्रको कुराहरु पनि हेर्छु । समाचरका लागि रातोपाटी विश्वास लाग्छ । मोबाइलमा कहिले कहिले गेम त भइहाल्छ नि ।

मेरो टेलिभिजन
टेलिभिजनमा विशेषतः हास्य शृङ्खलाहरु हेर्छु । यो कहिलै छुटाउँदिन । विदेश, भोज भतेर परेको समय बाहेक । समाचर पनि हेर्छु । रियालटी सोहरु हेर्छु । भारतीय टेलिभिजनका रियालटी सो, अवार्ड कार्यक्रम नछुटाई हेर्छु । छुट्यो भने युट्युबमा हेर्छु । मलाई मनपर्ने ‘जिरे खुर्सानी’, ‘तीतो सत्य’, ‘मेरी बास्सै’ र ‘मह जोडीका सिरियलहरु हुन् । घरमा फिलिप्स कम्पनीको ५४ इन्चको एलसीडी टिभी छ । मन पर्ने कलाकार मह जोडी, जितु नेपाल, शिवहरि पौडेल, दीपक–दीपा, केदार घिमिरे, सीताराम कट्टेल हुन् ।

मेरो चलचित्र
हालै हेरेको चलचित्र रणवीर कपुरको थियो । नाम पो बिर्सिएँ । त्योभन्दा अगाडि हेरेको भनेको ‘छक्का पन्जा’ हो । नौ पटकसम्म हेरिसकेँ । म हलमा गएर पनि चलचित्र हेर्छु । छुट्यो भने भीसीडी त छँदै छ नि । म भारतीय कलाकार सलमान खान, अमिर खान, साहरुख खान, रणवीर कपुरको चलचित्र आयो भने हलमै गएर हेर्छु ।

मेरो रोग
मलाई पे्रसर हाई छ । त्यो रोग मेरो कारणले लागेको होइन । देशको कारणले भएको हो । मलाई देशले रोगी बनायो । बाटोको धुलो, धुवाँ अनि देशको राजनीतिले मानसिक टर्चर दिन्छ मलाई । देशको नेताहरुले र देश हाँक्न बेलाबेलामा सत्तामा जानेले मलाई रोगी बनाएका छन् । म घरबाट निस्किँदा फ्रेस निस्किए पनि बाटोका जनताको ताल देख्दा, अव्यावस्थित यातायात देख्दा, बजार भाउ देख्दा टाउको तातेर आउँछ । घर फर्किदा मलाई प्रेसर त्यसै बढ्छ ।

kiran-kc-2मेरो भाषाशैली
मलाई ठेट भाषाशैली र साहित्यीक शब्द राखेर बोल्ने शैली मनपर्छ । मलाई धेरै मनपर्ने थेगो आफैले बोल्ने ‘ए राता मकै’ हो । त्यसपछिका शिवहरि पौडेलले बोल्ने ‘मुखमा हान्नु जस्तो’, मनोज आचार्यले बोल्ने ‘खुरापातीको सन्तान’, राजाराम पौडेलले बोल्ने ‘पर्या म व्यहोरुँला’ र हरिवंश मदनकृष्णको ‘धोका दिनेलाई’, ‘के नाम’ औधी मनपर्छ । मेरो थेगोबाट देशका केही ठाउँका नाम जुरेका छन् । रातामकै चोक, रातामकै मार्ग उदारण हुन् । केही पसलका नाम बनेका छन् रातामकै रेस्टुरेन्ट, रातामकै पान पसल आदि ।

मेरो मापसे
पहिले त भयङ्कर गर्थें । सन् २००२ मा छोडेको त्यसपछि फर्केर पनि हेरेको छैन । पहिले त आको बात्त थिएन । प्रायः भोड्का, रोयल स्टेक, लोकल पनि खान्थेँ । विदेशी झन् छोड्ने कुरै हुँदैनथ्यो । घरमा पहिले राख्थे । विदेश गएर आएपछि बार पनि बनाएको थिएँ । त्यसरी सजाउने सिलसिलामा करिब पाँच सात लाखको रक्सी जम्मा भएछ । खाने बानी पनि यसले बसाल्यो । त्यसैले सबै दराजको साँचो फाल्दिएँ ।

मेरो सङ्गीत
सङ्गीत मनपर्छ । सुगम सङ्गीत प्रिय लाग्छ । लोक सङ्गीतलाई पनि माया गर्छु । यो मेरो मुटु भइहाल्यो नि । लोकसङ्गीतमा सुगम मिसिएको ककटेल सङ्गीत मनपर्छ । गाउन पनि रुचाउँछु । मनपर्ने गायक पुरानोमा नाराय गोपाल र गोपाल योञ्जन, नयाँमा रामकृष्ण ढकाल, राजेश पायल राई, प्रमोद खरेल, शिव परियार, रामचन्द्र काफ्ले लगायतका मनपर्छन् । पप गीतमा नवीन के भट्टराई, निमा रुम्बा, धिरज राई पनि मनपर्छ । ‘आजभोलि हरेक साँझ मातिन थालेछ’, ‘काहाँ पर्यो पूर्व हो’ लगायत रामकृष्ण ढकालका गीतहरु गुनगुनाउँछु म । तीनवटा एल्बम पनि निकालेको छु । एल्बम ल्याउनु रुचि हो । मेरा ‘धरोधर्म माइली’, ‘ए राता मकै’ लगायतका गीत हिट भएका छन् । सबै शैलीका गीत गाउँछु म । गायको पनि हुँ ।kiran-kc-4

मेरो भूल
धेरै अध्यायन गरिनँ । यसले मलाई अहिले पछुतो भएको छ । म सारै छुकछुके थिएँ सानोमा । त्यसैले आमा बुबाले पिटिरहनुहुन्थ्यो । जगन्य अपराध, थुन्नै पर्ने, देश निकालै गर्नुपर्ने केही गरेको छैन । केही पहिले हङ्कङको कपडा व्यवसाय गर्दा सँगै विदेश जाने र आउने साथी थियो । ऊ सुनकान्डमा परेछ । मेरो पनि नाम लियो उसले । सँगै हिँड्ने भएर । के हो भनेर सोध्न हनुमान ढोकाको केरकार साखामा बोलाएका थिए । दुई घन्टा राखेर पठायो । सङ्गत गुनाको फल भन्छु यसलाई म ।

मेरो घर
म अहिले बसिरहेको घर २०४८ मा आफैले बनाएको हो । त्यतिबेला मेरो बुबा बित्नुभएको थियो । त्यही घरमा अहिलेसम्म बसिरहेको छु । त्यति बेला इँटा भट्टाको साहू पनि थिएँ । कमाएर बनाएको हो घर हो यो । धेरै पहिले बनाएको भएकोले नर्मल डिजाइनको छ । त्यति बेला त्यस्तै ६०, ७० लाख लागेको थियो ।

मेरो राशी
मिथुन राशीको म । ग्रहदशा केही छैन । मलाई देशको दशाले पिरेको छ । नेताहरुलाई म ग्रह भन्छु । उनीहरुले थिचेको थिचै छन् । समग्रमा निरोगी नै छु । आफूले गरेका काम सफल भएका छन् । म हरेक वर्षको असार पन्ध्र गते पर्ने जन्मदिन केक काटेरभन्दा पनि समाजसेवा गरेर मनाउछु । यो दिनमा कलामा कलम चलाउने पत्रकार र हास्य विधामा काम गर्ने एक स्रष्टालाई दस दस हजार राशीसहित सम्मान गर्ने गरेको छु ।

मेरो सौन्दर्य
सौदर्यमा म सेचत छु । गर्मीको बेलामा सन ब्लक क्रिम लगाउँछु । मेरो शोख भनेको बास्नादार भएर हिँड्ने हो । महिनाको केही भएन भने पनि दुई तिन हजार सेन्टमा खर्च हुन्छ । तेलहरु पनि विभिन्न प्रकारको प्रयोग गर्ने गरेको छु ।

मेरो सपना
मैले संसारको ४२ देश घुमेको छु । ती मध्ये बिग्रेको देश कुनै पनि घुमेको छैन । अमेरिका, क्यानडालगायत सबै राम्रा देश घुमेको छु । ती मुलुकहरु जस्तै भएको नेपाल हेर्ने सपना छ । यो सुन्दर देशमा सुन्दर नेताको खाँचो छ । त्यो पाउने सपना छ ।

यी जीवन कथा पनि पढ्नुहोस्

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल