यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

उर्वर समय विद्यार्थी राजनीतिमा बिताएका यज्ञराज सुनुवार ओखलढुंगा क्षेत्र नम्बर १ का सांसद हुन् । मानविकी र शिक्षाशास्त्र संकायअन्तर्गत मुलुककै सबैभन्दा ठूलो क्याम्पस आरआर र महेन्द्र–रत्न क्याम्पस ताहचल काठमाडौंमा स्ववियु सभापतिको भूमिका निर्वाह गरेका सांसद सुनुवार एमाले केन्द्रीय सदस्य र राज्य व्यवस्था समिति सदस्यको भूमिका निर्वाह गर्दै आएका छन् । रातोपाटीको मेरो जीवनका लागि सांसद यज्ञराज सुनुवारसँग दीपेन्द्र राईले गरेको कुराकानी :

 yagyaraj-sunuwar-ca-member-3
मेरो खाना

ढिँडो र गुन्द्रुक, च्याख्लाको भात र सोल्दर (मोहीबाट बनाइने परिकार) अत्यन्त मन पर्छ । मन नपर्ने खानेकुरा नै हुँदैन । साथीभाइसँग कहिलेकाहीं रेष्टुरेन्ट जाने गर्छु । स्न्याक्समध्ये फिंगर चिप्स धेरै मन पर्छ । पकाउने रुचि छ । मैले मासु पकाउँदा झोल हाल्नैपर्छ ।

मेरो पोसाक

दौरासुरुवाल मन पर्ने भए पनि सधैं प्रयोग गर्दिनँ । मेरो निजी सवारीसाधन छैन । नभएपछि हिँडडुल गर्न सजिलो हुने सर्टपाइन्ट लगाउने गरेको छु । कपडामा वार्षिक खर्च यति नै हुन्छ भन्ने छैन । प्रायः साथीभाइ, शुभचिन्तकले दिन्छन् । तपाईंलाई त कपडा दिनेहरू छन्, हामीलाई किनिदिनुहोला भनेर घरमा चर्चा हुने गर्छ । सुट सिलाएर लगाउने गरेको छु भने सर्टपाइन्ट रेडिमेड किन्छु । सिलाउनै परे अनुपमा टेलर्स बागबजार, काठमाडौं पुग्छु । दौरासुरुवाल लगाउँदा भादगाउँले टोपी र अन्य समयमा ढाकाटोपी लगाउँछु ।

मेरो फिटनेस
फिटनेसमा ध्यान नदिए पनि पहाड (ओखलढुंगा) मा हिँडिरहनुपर्ने भएकाले स्वस्थ छु । डाइटिङको नाममा खाना मन लाग्दालाग्दै छाड्दिनँ तर रक्तचाप र युरिक एसिडलाई दृष्टिगत गर्दै चिल्लोपिरोप्रति सचेत छु । पहाडमा कहिलेकाहीं १५ दिनसम्म लगातार हिँड्नुपर्ने भएकाले योगा गरिरहनु पर्दैन । पहिले मर्निङवाक गरे पनि अहिले छुटेको छ । गाउँघरमा रहँदा मर्निङवाक गरिरहन पर्दैन ।

मेरो अध्ययन

पत्रकार विजयकुमारको ‘खुसी’ पढिरहेको छु । दर्शन, जीवनी पढ्न जाँगर चल्छ । जगदीश घिमिरे र म्याक्सिम गोर्की मन पर्ने लेखक हुन् । गोर्कीको ‘आमा’ उपन्यास धेरैपटक पढेको छु । फुटकर रूपमा आलेख लेख्न छाडेको छैन । डेरा बसाइ भएकाले किताब व्यवस्थित गरेर राख्न सकेको छैन । कतिपय किताब बोरामा खाँदेको छु । कतिपय र्याकमा छन् । पठनीय लागेको किताब बजारमा आउनसाथ किन्न छुटाउँदिनँ ।

मेरो घुमफिर
घुम्नकै लागि भनेर समय छुट्ट्याएको छैन । तर, नयाँ ठाउँ पुगेपछि घुमफिर गर्न कन्जुस्याइँ गर्दिनँ । अहिलेसम्म ५० जिल्ला टेकेको छु । चीन, बंगलादेश, पाकिस्तान र भारत पनि पुगेको छु । घुमेकामध्ये चीनको मानवनिर्मित ग्रेटवाल आश्चर्यलाग्दो छ । कतिपय नेताले नेपाललाई स्वीट्जरल्यान्ड बनाउने भाषण गर्ने गरेका छन्, मलाई पनि स्वीट्जरल्यान्ड जान पाए हुन्थ्यो लागेको छ । नेपालको सन्दर्भमा राराताल जाने रहर छ ।

yagyaraj-sunuwar-ca-member-2
मेरो फुर्सद

चाडबाडमा हो– धेर–थोर फुर्सद पाउने तर यसलाई समेत राजनीतिक रंग लगाएर मनाउन थालिएकाले निम्ता आउँछ । पार्टी र जनप्रतिनिधिको दोहोरो भूमिकामा छु । त्यसैले फुर्सद हुँदैन । राजनीतिक भागदौडबाट अलग्गिएर कहिलेकाहीं आराम गर्न मन लाग्छ । तर, सम्भव छैन । फुर्सद पाइहालेमा अध्ययनले प्राथमिकता पाउँछ । सयमा १० प्रतिशतजति परिवारलाई समय दिन सकेको छु । पहिले–पहिले परिवारसहित यदाकदा रेष्टुरेन्ट गएको थिएँ ।

मेरो खेलकुद

करातेमा ‘ग्रीन बेल्ट होल्डर’ भए पनि मलाई फुटबल मन पर्छ । रेस्लिङचाहिँ वाहियातजस्तो लाग्छ । नेपालको राष्ट्रिय फुटबल टिमलाई हौसला दिन खेल हेर्ने गर्छु । विदेशी फुटबल टिममा म ब्राजिलको समर्थक हुँ ।

मेरो मोबाइल

सामसुङ नट फोर र सिडिएमएको एम्टियस मोबाइल सेट प्रयोग गर्छु । सामसुङ नट फोर सांसद भएको खुसियालीमा बुवाले बेलायतबाट पठाइदिएकाले मूल्य थाहा भएन, एम्टियसको ११ सय रुपैयाँ परेको थियो । यसको ब्याट्री टिकाउ हुने भएकाले प्रयोग गर्ने गरेको हुँ । मोबाइल फेरी–फेरी बोक्ने गरेको छैन । एकजना साथीले जापानबाट मोबाइल पठाइदिन्छु भनेका छन्, त्यसपछि यसले सौता पाउला । फेसबुक, ट्वीटर चलाउँछु । बुवाको मोबाइलमा छोरोको हक लाग्ने भएकाले उसले गेम खेल्ने गरेको छ ।

मेरो टेलिभिजन
टीभीमा प्रायः समाचार हेर्छु । व्यक्तिविशेष हेरेर टक शो पनि हेर्ने गर्छु । समयमै कोठा पुग्दा बेलुकी टीभी हेर्ने साइत जुर्छ । १९ इन्चको भ्यु सोनी टीभी छ ।

मेरो चलचित्र

पछिल्लो समय हलसम्म पुगेर हेरेको चलचित्र ‘कोहिनूर’ हो । ‘बलिदान’, ‘चिनो’ र ‘कोहिनूर’ हेर्दा पैसा खेर गएजस्तो लागेन । ‘चिनो’ मा निरुता सिंहको अभिनय जीवन्त लाग्यो । बलिदानमा अभिनीत सबै कलाकारप्रति उत्तिकै सम्मान छ ।

मेरो रोग

रक्तचाप र युरिक एसिडले समातेको छ । माइलोड ८० सेवन गरेपछि रक्तचाप सामान्य छ । तीनपटक होलबडी चेकअप गराएको छु । रक्तचाप र युरिक एसिडबाहेक तन्दुरुस्ती हुनाका कारण खानपान नै हो । मादक पदार्थ त्यति पिउँदिनँ । धूमपानदेखि टाढै छु । पहाडमा उकालो–ओह्रालो हिँडिरहन्छु । गाउँमा रहँदा अर्गानिक खाना खान पाइन्छ ।

मेरो भाषणशैली

आफ्नो भाषणशैलीबारे आफैंले कसरी मूल्यांकन गर्ने ? यसबारे श्रोतालाई निर्णय गर्न दिनुपर्छ जस्तो लाग्छ । ‘आग्रह’ र ‘अनुरोध’ भन्ने शब्द बढी प्रयोग गर्ने गरेको अरूले सुनाउँछन्, त्योबाहेक भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । कतिपय अवस्थामा परिस्थिति हेरेर आक्रामक भाषण गर्नुपर्ने अवस्था सिर्जना हुन्छ, नत्र भाषणका लागि भाषण नहोस् भन्नेमा सचेत छु । भाषण गरेकै आधारमा नियमापत्ति बेहोर्नुपरेको छैन । सामान्यतया जानुपर्ने ठाउँ र विषयवस्तुबारे जानकारी लिएर जाँदा राम्रो हुन्छ भन्ने मान्यता छ ।

yagyaraj-sunuwar-ca-member-4
मेरो मापसे

किरातीको छोरो हुँ, खाँदै खान्न भन्दा ढोङी भइन्छ । नढाँटी भन्दा औंसी, पूर्णेमा लिन्छु । चिकित्सकले ३० एमएलसम्म पिउँदा फरक पर्दैन भन्छन्, त्यसलाई व्यवहारमा उतारेको छु ।

मेरो संगीत

गीत नसुन्ने मानिस सायदै भेटिएलान् । जनवादी गायक जेबी टुहुरेको फ्यान हुँ । प्रगतिशील गायिका मधु गुरुङ र सुगम संगीतअन्तर्गत अञ्जु पन्त मन पर्छ । लोकगीत गुनगुनाउने गर्छु । बाथरुम पस्दासमेत गुनगुनाउने बानी छ ।

मेरो भूल

आर्थिक अभाव हुँदा राजनीति नगरेर जागिर गरेको भए हुन्थ्योजस्तो लाग्छ । मेरी आमा मनमाया सुनुवारले भनेकी थिइन्, ‘राजनीति गर्दा दुःख पाइन्छ ।’ तर, मैले आमाको अनुरोध लत्याएँ । बुवा मानबहादुर सुनुवार प्रधानपञ्च (२०३० देखि ०४० सम्म) थिए । घरमै गोरखापत्र दैनिक आउँथ्यो । गोरखापत्र र घर–आँगनमै फलेको अम्बा बेचेर हात लागेको पैसाले म खोपी खेल्थें । त्यतिबेला खोपी खेल्ने चलन थियो । म तीन कक्षामा पढ्थें । एक दिन खोपी खेल्दाखेल्दै कृष्णप्रसाद दाहाल (शिवदूत प्रावि प्राप्चा) शिक्षकले पछाडिबाट रन्थिनिनेगरी झापड हान्नुभयो । दाहाल सरको घडी फुस्क्यो । पैसा त्यहीं छाडेर झोला बोकेर भागें ।

अनेरास्ववियु १८औं राष्ट्रिय सम्मेलनमा मैले केन्द्रीय अध्यक्षको उम्मेदवारी दिएँ । त्यसक्रममा पार्टीभित्र विभिन्न पक्षधरता खडा भइसकेका रहेछन् । म भने संगठन, संगठन भनेर निरन्तर लागिरहें । संगठनलाई अनुशासित ढंगले सशक्त, जुझारु र सबल बनाउनुपर्छ भन्ने मान्यतासहित उम्मेदवारी दिएको थिएँ । मानिस त ठिकै हो तर पक्षधरताका कारण यज्ञराज सुनुवारलाई हराउन बाध्य भयौं भनेर नेताहरूले नै मुख खोले । एकताबद्ध पार्टी, संगठन र आन्दोलन भनेर लाग्दालाग्दै पनि पक्षधरताको आरोपमा नेताहरू नै लागेर मलाई हराउँदा चित्त दुखेको थियो ।

मेरो राशी

मेरो राशी वृश्चिक हो । ग्रहदशाभन्दा कर्मप्रति विश्वास गर्छु । आफैंले नगरे पनि परिवारबाट समय–समयमा ग्रहशान्ति गराइन्छ ।

मेरो सौन्दर्यचेत

कपालमा कहिलेकाहीं तेल लगाउने गरेको छु । केश फुल्दै गएकाले कहिलेकाहीं मेहेन्दी पनि लगाउँछु । पहाडमा लगातार हिँड्दा शरीर गन्हाउला कि भनेर साथीहरूले बाहिरबाट पठाइदिएको पर्फ्युम छर्कने गर्छु ।

मेरो प्रेम

जोसँग प्रेम गरें, उसैसँग बिहे भयो । एक–अर्काको भावना बुझेर मैले नै बिहेको प्रस्ताव राखेको हुँ । हामीबीच चिनजान भएको चार महिनामै बिहे भएको हो । चिनजानपछिको पारिवारिक समर्थनमा बिहे भयो ।

मेरो सपना
भ्रष्टाचारविहीन समाज र समृद्ध नेपाल बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ । पदभन्दा परिवर्तन प्राथमिकतामा राखेको थिएँ । राख्छु । व्यक्तिद्वारा समाज र समाजद्वारा व्यक्तिको मूल्यांकन भन्ने सामान्य बुझाइ नै मेरा लागि राजनीतिक गोरेटो बन्यो । दिइएका जुनसुकै भूमिका निर्वाह गर्न सक्छ भन्ने हिम्मत छ । जिल्लालाई पनि भ्रष्टाचार र शून्य सहनशीलता जिल्ला बनाउने सपना देखेको छु । कहिलेकाहीं सातामा दुईपटकसम्म ओखलढुंगा पुगेको छु ।

बुवाले मलाई लाहुरे बनाउन चाहनुहुन्थ्यो । बेलायतका उच्च तहका सैनिक हाम्रो घर आउँथे । उनीहरूले मलाई बुवा गएको ठाउँ जाने होइन भन्दा मैले विचार गर्छु भन्थेें । छोरोले कूटनीतिक जवाफ दिएकाले उसलाई कर नगर्नू भनेर बेलायती सेनाले बुवालाई सम्झाएका थिए । म बिदेसिने भए त्यत्तिखेरै जान्थें ।

यी जीवन कथा पनि पढ्नुहोस्

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल