अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

एमालेसम्बद्ध नेता २०४७ सालको संविधानमै रमाइरहेका थिए । पहिचान र संघीयताको मुद्दामा एमाले प्रस्ट थिएन । पहिलो संविधानसभाबाट संघीयता र पहिचानलाई मिल्न नदिने र असफल बनाउन एमाले लागिपरेकै हो । संघीय समाजवादी फोरम नेपाल वरिष्ठ नेता अशोक राई भन्छन्, ‘त्यसो भएपछि पार्टीमा रहनुको अर्थ देखिनँ । एमाले उपाध्यक्षबाट राजीनामा दिएँ ।’

मनमोहन अधिकारी नेतृत्वको नौमहिने सरकारमा मन्त्रीको भूमिकासमेत निर्वाह गरिसकेका उनले पहिचानको मुद्दा राजनीतिक कार्यसूचीमा पार्ने काम तात्कालिक एमाओवादी र प्रचण्डले गरेको भन्न कन्जुस गर्दैनन् । संघीयताको मुद्दा राजनीतिक कार्यसूचीमा पार्ने अहम् भूमिका तात्कालिक मधेसी जनअधिकार फोरम नेपाल र उपेन्द्र यादवको थियो भन्ने दाबी गर्दै आएका अशोक राईसँग रातोपाटीको मेरा जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

ashok rai (2)
मेरो खाना
सामान्यतया दाल, भात, तरकारी मन पर्छ । मन नपर्ने केही छैन । खानकै लागि कहिलेकाहीँ रेष्टुरेन्ट जाने गर्छु । १४ वर्षको हुँदा शिक्षा आर्जनका लागि मैले घर छाडें । लामो समय म आफैंले पकाएर खाएँ । साथीभाइलाई खुवाएँ । हिजोआज पकाउने रुचि भए पनि समयले साथ दिँदैन ।

म सबैखालको टोपी लगाउँछु । गर्मीमा ‘प्रि–क्याप’ लगाउँछु । ढाकाटोपी पनि लगाउने गर्छु, ढाकाटोपी असाध्यै मन पर्छ । गर्मीमा नभए पनि हुन्छ तर जाडोको समय टोपी अनिवार्य चाहिन्छ ।

मेरो पोसाक
‘लुज फिटिङ’ का सर्ट–पाइन्ट, टी–सर्ट मन पर्छ । कहिलेकाहीं सुट पनि लगाउँछु । पोसाकमा खासै खर्च हुँदैन । पुरानै लुगा लगाउने गर्छु । मलाई उत्ताउलो होइन, भद्र किसिमका जुनसुकै रङको पोसाक मन पर्छ । प्रायःजसो सिलाएर पोसाक लगाउँछु । काठमाडौं आएपछि बागबजारमा रहेको ‘डिजाइनर’ मा पोसाक सिलाउने गरेको छु । ‘एभरेज’ मानिस भएकाले जुनसुकै ब्रान्ड वा ‘विदाउट ब्रान्ड’ भए पनि हुन्छ तर मलाई मन पर्ने हुनुपर्यो ।

म सबैखालको टोपी लगाउँछु । गर्मीमा ‘प्रि–क्याप’ लगाउँछु । ढाकाटोपी पनि लगाउने गर्छु, ढाकाटोपी असाध्यै मन पर्छ । गर्मीमा नभए पनि हुन्छ तर जाडोको समय टोपी अनिवार्य चाहिन्छ ।

मेरो फिटनेस
चिकित्सकले बिहान एक/डेढ घन्टा हिँड्न सुझाएका छन् । उमेर र रोगका कारण स्वतः ‘डाइटिङ’ गर्नुपर्ने अवस्था आउँदोरहेछ । उमेर भन्नाले रुचि कम हुने, पाचन शक्तिसमेत कमजोर हुँदै जाने र रोग देखिएपछि चिकित्सकले यो वा त्यो खान हुँदैन भन्ने गर्छन् । त्यसैले खानामा नियन्त्रण गर्नुपर्ने रहेछ ।
मैले अहिलेसम्म योगा गरेको छैन । पहिले गरे पनि अहिले मर्निङवाक छुटेको छ । अब केही न केही गर्नैपर्ने भएको छ ।

बाल्यकालमा म्याक्सिम गोर्की, निकोलाई अस्त्रोभस्की पढें । गोर्कीको आमा, अस्त्रोभस्कीको अग्निदीक्षा र प्रेमचन्दको कथा पढेको थिएँ । जर्ज बर्नाड शालाई पनि पढेको छु । टोल्सटोय पनि छुटाइनँ ।

ashok rai (3)
मेरो अध्ययन
प्रदीप गिरीले सम्पादन गर्नुभएको बीपीका विचारहरूको संग्रह पढिसकें । अहिले नयाँ शक्तिको राजनीतिक प्रतिवेदन पढ्दै छु । सर्वप्रथम साहित्यिक किताब पढ्न मन लाग्छ । एकताका कविता, कथा लेख्थें । कथा लेखेबापत पुरस्कृत पनि भएको थिएँ । साहित्यमा पनि कविता पहिलो रोजाइमा पर्छ । कथा पढ्न त्यत्तिकै मन पर्छ । समय छ भने उपन्यास पढ्ने गर्छु ।

दोस्रो प्राथमिकतामा राजनीतिक विचार, दर्शन पर्छ । बाल्यकालमा मलाई भूपी शेरचन मन पथ्र्यो । अहिले विक्रम सुब्बा मन पर्छ । यसैगरी, राजन मुकारुङ, उपेन्द्र सुब्बा र हाङ्युग अज्ञातका सिर्जनाले नवीनताबोध गराउँछ । मुकारुङ, सुब्बा र अज्ञातले साहित्यमा नयाँ धार सिर्जना गर्नुभएको छ । उहाँहरूका सिर्जनात्मक कलाले मलाई बाँधेको छ ।

बाल्यकालमा म्याक्सिम गोर्की, निकोलाई अस्त्रोभस्की पढें । गोर्कीको आमा, अस्त्रोभस्कीको अग्निदीक्षा र प्रेमचन्दको कथा पढेको थिएँ । जर्ज बर्नाड शालाई पनि पढेको छु । टोल्सटोय पनि छुटाइनँ ।

मेरो घरको पुस्तकालयमा करिब चार हजार किताब छन् । किताबमा ठूलै हिस्सा खर्च गर्ने गरेको छु । खल्तीमा पैसा छ भने योजना नबनाई किताब किन्ने गरेको छु ।

मेरो घुमफिर
घुमफिर गर्न असाध्यै मन पर्छ । मेरो रुचिको विषय पनि हो । नेपालको ७३ जिल्ला पुगिसकेको छु । भर्खरै मनाङको तिलिचो ताल घुमेर फर्कें । विदेशमा २०/२५ देश टेके पनि नेपालजस्तो मन पर्ने देश अरू लागेन । नेपालभन्दा सुन्दर देश पनि छन् भन्ने सुनेको छु । अफ्रिका, उत्तर अमेरिका, मध्येअमेरिका, युरोप, एसिया घुमेको हुँ, घुमेका मुलुकमध्ये नेपालजति सुन्दर कुनै लागेन ।

देशभित्रै गुल्मी र जुम्ला पुग्न बाँकी छ । ताप्लेजुङको तिम्बुङपोखरी, घुन्सा र फक्ताङलुङछेउछाउ ओलाङचुङगोला पुग्ने मन छ । आउने वर्ष सगरमाथा आधार शिविर र दूधकुण्ड पुग्ने सोच बनाएको छु ।

घरपरिवारलाई साहै्र कम समय दिएको छु । समय निकालेर कहिलेकाहीं परिवारसहित रेष्टुरेन्ट जाने र फिल्म हेर्न हल पुग्छु । अन्य समय सुशीलाजीले पकाउनुभएको वा उहाँको निर्देशनमा पाकेको खानेकुरा खाइन्छ ।

ashok rai (5)मेरो फुर्सद
दसैं र तिहारको समयमा राजनीतिक गतिविधि कम हुन्छ । कार्यालय बन्द हुन्छन् । त्यतिबेला फुर्सद हुन्छ । त्यो समय सदुपयोग गर्न परिवारजनसहित घुम्न निस्कन्छु । आराम दुई किसिमका हुन्छन् । ती हुन्– शारीरिक र मानसिक । घुमफिरमा मानसिक आराम हुन्छ भने नयाँ ठाउँ हेरिन्छ, देखिन्छ ।

नेताले शुष्क बौद्धिक काम गर्ने हो । मञ्चमा उभिएर वा कुर्सीमा बसेर बोल्नुपर्ने भएकाले शारीरिक रूपमा त आरामै आराम हुन्छ । नेताहरूलाई श्रम गर्न आवश्यक छ । फुर्सद भइहाल्यो भने किताब पढ्छु । राजनीतिक आलेख, संस्मरण लेख्छु । घरपरिवारलाई साहै्र कम समय दिएको छु । समय निकालेर कहिलेकाहीं परिवारसहित रेष्टुरेन्ट जाने र फिल्म हेर्न हल पुग्छु । अन्य समय सुशीलाजीले पकाउनुभएको वा उहाँको निर्देशनमा पाकेको खानेकुरा खाइन्छ ।

मेरो खेलकुद
खेलकुदमा रुचि भए पनि दक्षता हासिल गर्न सकिनँ । सानैदेखि किताबमै घोत्लिन्थें । विद्यालयतहमा भलिबल खेल्थें । मोरङको विराटनगरमा पढ्दा फुटबल खेल्ने प्रयास गरें । कुनै पनि खेलविशेषको नियम थाहा छैन । तर पनि फुटबल हेर्न मन लाग्छ ।

मेरो मोबाइल
मसँग सामसुङ र नेक्सस एलजी गरी दुई मोबाइल सेट छन् । दुवै सेट छोराले दिएका हुन् । कान्छो छोराले गुगल कम्पनीमा इन्टर्नसिप गर्दा पाएको नेक्सस एलजी मलाई पठाइदिएका हुन् । मेरो विचित्रको स्वभाव छ– कामै नलाग्नेगरी नच्यातिएसम्म पोसाक फाल्दिनँ भने मोबाइल पनि काम नलाग्ने भएपछि मात्रै फाल्ने हो । मोबाइलमा फेसबुक चलाउँछु । गीत सुन्दा युट्युब चलाउँछु । समाचार हेर्छु, पढ्छु ।

मेरो टीभी
टीभीमा समाचार हेर्छु । नेपालीबाहेक बीबीसी, सीएनएन र अलजजिरा टीभी हेर्दै आएको छु । ऐतिहासिक कथावस्तु भएका हिन्दी ‘सिरियल’ पनि हेर्छु । चन्द्रगुप्त मौर्य, सम्राट अशोका, चन्द्रनन्दिनी, शिवाजी छुटाएको छैन । प्रायः बेलुका टीभी हेर्छु । घरमा ४२ इन्चको सोनी टीभी छ । पहिले पुरानो सोनी थियो, सानो छोराले थोत्रो टीभी कत्ति हेर्नु भनेर उसैले यो टीभी किनेर ल्याइदिए ।

मलाई उच्च रक्तचापले समातेको छ । औषधि सेवन गर्दै आएको छु । वर्षमा एकपटक ‘होलबडी चेकअप’ गराउँछु । सामान्य चेकअप पनि गराइरहन्छु । स्वास्थ्यप्रति सचेत हुनैपर्यो ।

मेरो चलचित्र
युवाले मेरो भाषणशैलीलाई शाकाहारी भन्ने गरेका छन् । भनेको आक्रामक हुँदैन । नरम ढंगले आफ्ना कुरा राख्न रुचाउँछु । मानिसलाई उडाएर र घोचेरभन्दा बुझाएर उसको हृदय जितेर आफ्ना कुरा राख्नुपर्छ ।

मेरो रोग
मलाई उच्च रक्तचापले समातेको छ । औषधि सेवन गर्दै आएको छु । वर्षमा एकपटक ‘होलबडी चेकअप’ गराउँछु । सामान्य चेकअप पनि गराइरहन्छु । स्वास्थ्यप्रति सचेत हुनैपर्यो । उच्च रक्तचापबाहेक अन्य दीर्घ रोग छैन । म तनाव लिँदै लिन्न । जीवनलाई तनावमुक्त राख्नुपर्छ । हाँसीखुसी जिउने प्रयत्न गर्नुपर्छ भन्ने मान्यता राख्छु । खानपानमा पनि सचेत नै छु । स्वास्थ्य हानि हुने खानेकुरा खान्न । झुक्याएर वा झुक्किएर खाएमा अर्कोपटक दोहोर्याएर खाँदै खान्न ।

ashok rai (6)मेरो भाषणशैली
युवाले मेरो भाषणशैलीलाई शाकाहारी भन्ने गरेका छन् । भनेको आक्रामक हुँदैन । नरम ढंगले आफ्ना कुरा राख्न रुचाउँछु । मानिसलाई उडाएर र घोचेरभन्दा बुझाएर उसको हृदय जितेर आफ्ना कुरा राख्नुपर्छ । मलाई थाहा हुनेगरी थेगो प्रयोग गर्दिनँ । थाहा नपाउनेगरी चाहिँ प्रयोग हुँदोरहेछ । भाषण गरेकै आधारमा विवादमा परेको छुइनँ । विवादास्पद नहुने कारणले पनि मेरो भाषणलाई शाकाहारी भनिएको होला ।

मेरो मापसे
मादक पदार्थ नियन्त्रित रूपमा पिउँछु । मलाई कोदोको रक्सी मन पर्छ । यो स्वास्थ्यका लागि उपयोगी ठानेको छु । त्यसबाहेक स्कच, ह्वीस्की मेरो रोजाइ हो । पिउँदा एक पेगमात्रै लिन्छु । सामूहिक रूपमा पिउँछु । विशेष ‘अकेजन’मा पिउँछु ।

मैले २०५७ सालमा घर बनाएको हुँ । विद्यालय भवनका रूपमा बनाइएको घर कृषि विकास बैंक चाबहिल शाखाबाट ऋण लिएको थिएँ । ऋण तिर्न अझै बाँकी छ ।

मेरो संगीत
समय अनुकूल हुँदा गीत–संगीत सुन्छु । कहिलेकाहीं बिरामी भएर सुतेको बेला गीत–संगीत सुनेर शारीरिक पीडा बिर्सने प्रयास गर्छु । नारायण गोपाल मन पर्छ । हिजोआज पनि उहाँकै गीत सुन्ने गर्छु । पछिल्लो पुस्तामा राजेशपायल राईका गीत मन पर्छन् । गायिकामा अञ्जु पन्त, कुन्ति मोक्तानको गीत पनि सुन्छु । रंगमञ्चको नभए पनि म ‘बाथरुम सिंगर’ हुँ ।

मेरो भूल
पश्चाताप लाग्नेगरी भूल गरेको छैन । विद्यालय पढ्दा गुरुको कुटाइ खाएको छु । कक्षा तीनमा पढ्दा नेपाली विषय पढाउने पुण्य गुरुले ‘पानी’ ह्रस्व र ‘पनि’ दीर्घ लेख्दा हत्केलामा सिर्कना लगाएको आज पनि बिर्सेको छैन ।
पश्चाताप नै गर्नेगरी ‘पोलिटिकल मिस्टेक’ गरेजस्तो लाग्दैन । पार्टीले गरेका निर्णय लागू गर्ने र त्यसको स्वामित्व लिने सन्दर्भमा ठीक बेठिक हुने नै भए तर व्यक्तिगत रूपमा आफूले निर्णय गर्नुपर्ने सन्दर्भमा त्रुटि गरेजस्तो लाग्दैन ।

मेरो घर
मैले २०५७ सालमा घर बनाएको हुँ । विद्यालय भवनका रूपमा बनाइएको घर कृषि विकास बैंक चाबहिल शाखाबाट ऋण लिएको थिएँ । ऋण तिर्न अझै बाँकी छ । घर बनाउँदा पुख्र्यौली सम्पत्ति पनि परेको छ । घर बनाउन तराईको खेतसमेत बेचेको थिएँ । मुख्यतः बैंकको ऋण हो ।

ashok rai (4)मेरो राशी
मेरो राशी कुम्भ हो । मैले ग्रहदशा हेराउने गरेको छैन । तर, एकपटक मंगलराज जोशी र अर्कोपटक सिरहाको विष्णुपुरकट्टीका मेरै साथीको बुवा ज्योतिष हुनुहुन्थ्यो, उहाँकहाँ परिवारजनले चिना हेराउनुभएको थियो । ग्रह, नक्षत्रमा विश्वास नभए पनि कहिलेकाहीं हुने भविष्यवाणी आश्चर्यजनक रूपमा पूरा भएको देखियो । प्रकृतिको गति र नियमले त्यहाँनेर काम गर्छ, त्यो अझै पनि रहस्यमयी छ । अलौकिक शक्तिमा विश्वास छैन तर प्राकृतिक गति र नियमले काम गरेको हुन सक्छ । जुन कुरा मानव ज्ञानभित्र आइसकेको छैन ।

मेरो सौन्दर्यचेत
कपालमा जेल, तेल केही प्रयोग गर्दिनँ । म ५९ वर्ष पुगें, मेरो त कपाल कालै छ । अहिलेसम्म एउटा पनि रौं झरेको छैन । फेसियल गरेको छैन । अनुहारमा क्रिम प्रयोग गर्दिनँ । एलर्जी भएकाले पफ्र्युमसमेत प्रयोग गरेको छैन ।

मेरो प्रेम
मेरो प्रेम विवाह हो । सुशीलाजी त्रिभुवन विश्वविद्यालयमा पढ्नुहुन्थ्यो । म काठमाडौंमा राजनीतिक काम गर्थें । यो २०३३ सालको कुरा हो । राजनीतिक कामकै सिलसिलामा उहाँ
(सुशीला श्रेष्ठ) सँग चिनजान भयो । हामीले २०३५ सालतिर सँगै जीवन बिताउने समझदारी गर्यौं । समझदारी बनेपछि उहाँ भूमिगत भएर पार्टी निर्माणमा मेची अञ्चल लाग्नुभयो । म पनि त्यसपछि भूमिगत भएँ । हामी अलग–अलग ठाउँमा काम गथ्र्यौं । पछि पार्टीलाई जानकारी गरायौं । पार्टीले २०३८ सालतिर हामीलाई एउटै कार्यक्षेत्रमा ल्यायो । सोही वर्ष गुप्त कार्यक्रममा माला लगाएर, हात मिलाएर बिहे गर्यौं । सँगै जिउन प्रस्ताव मैले नै राखेको थिएँ ।

मेरो सपना

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामय ।
सर्वे भद्राणि पश्यन्तु माकाश्चिद दुःखभाग्जन ।।
अर्थात्
निरोगी सबै हुन्, सबै हुन् सुखीया ।
सबै वेस देखुन्, नहुन् क्वै दुखीया ।।

मैले कल्पना गरेको समाज त्यस्तै हो । जहाँ गरिब भएँ भनेर कसैले रोएर हिँड्न नपरोस् । जहाँ गरिब भएँ भनेर भर्खरै भित्र्याएको दुलहीलाई छाडेर वैदेशिक रोजगारीका लागि विदेश जान नपरोस् । जहाँ ८० वर्ष नाघेका आफ्ना वृद्ध बुवाआमाको हातमा लाठी थमाएर बिदेसिन नपरोस् । जहाँ मानिसले आफ्नो मातृभाषा बोल्दा कसैले नगिज्याओस्, जहाँ मानिसले म मधेसी हुँ भन्दा हेपिन नपरोस् । म किरातीको छोरा हुँ भन्दा तिरस्कार हुने अवस्था नआओस्, जहाँ म दलित हुँ भन्दा छिःछि दुरदुर हुनु नपरोस् । जन्मले उच्च, नीच भन्ने अवस्था अन्त्य होस् । त्यस्तो समता र सम्मान, प्रेम र सद्भावपूर्ण होस् । सबै जाति भाषा, धर्म, संस्कृति, क्षेत्र, लिंग, वर्ण र वर्गका मानिसले सम्मानबोध गरून् । एकले अर्कालाई सम्मान गरून् । यस्तो समाज जहाँ घृणा होइन, प्रेमको प्रसार गरियोस् । मैले चाहेको समाज त्यस्तो होस् ।

मैले पदका हिसाबले, पदका आकांक्षा राखेर राजनीति गरिनँ । आदर्शका गफ दिन यसो भनिरहेको छैन । व्यवहारले प्रमाणित गरिराखेको छु । र, आउने दिन पनि पद मेरो आकांक्षा होइन, मेरो आकांक्षा मैले भनेकोजस्तो समाज निर्माण गर्नु हो । त्यो समाज मैलेमात्र निर्माण गर्न सक्दिनँ, त्यो मलाई थाहा छ । तर, त्यो समाज बनाउका लागि मैले देखिने, अनुभव गर्न सकिने किसिमको योगदान गर्न सकें भने म सन्तुष्ट हुनेछु ।

यी जीवन कथा पनि पढ्नुहोस्

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी 

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल