चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

मोफसलमा बसेर पनि लेखेरै बाँच्न सकिन्छ भन्ने उदाहरणका रूपमा पत्रकार चन्द्रकिशोरलाई लिन सकिन्छ । सर्लाहीका स्थायी बासिन्दा उनी वीरगन्जलाई कर्मथलो बनाएर ‘तराई चिनौँ’, ‘डेटलाइन तराई’ मार्फत पहाड र तराई–मधेसको हितका कुरा गर्दै आएका छन् । भन्छन्, ‘तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ ।’ पहाडेविना तराईवासीको हित हुनै सक्दैन भन्ने उनको मान्यता छ । पत्रकार चन्द्रकिशोरसँग रातोपाटीको ‘मेरो जीवन’ का लागि दीपेन्द्र राईले गरेको कुराकानी :

chandra-kishore_1मेरो खाना

मलाई सखरखण्ड मोही वा दूधसँग मिलाएर खान असाध्यै मन पर्छ । सानो छँदा मेरो बालमनोविज्ञानमा यो खाँदा सगुन हुन्छ भन्ने ठम्याइ थियो । जसले गर्दा म यो खान खुब रुचाउँछु । सहरी जीवनमा यो त्यति उपलब्ध हुँदैन । पहिले–पहिले मेरो गाउँमा सखरखण्ड खेती गरिन्थ्यो । पछिल्लो समय खेती गर्ने चलन हराएको छ । तर पनि मलाई त्यो खान पाए हुन्थ्यो भन्ने लाग्छ । सामान्यतया म बिहानको खानामा भात, दाल र तरकारी खान्छु, बेलुका रोटी भए ठीक लाग्छ । ताजा तरकारी खान बढी रुचाउँछु । बिहान दही, चिउरा खान पाए गज्जब । सख्खर हालेको खीर पनि मन पर्छ । विद्यार्थी हुँदा खाना आफैँ पकाउँथँे, १३ वर्षजति आफैँ पकाएर खाएको छु । खाना पकाउनेभन्दा पनि भाँडा माझ्न मन पर्छ । दिउँसोको खाजामा भुजा, प्याजसँगै हरियो खुर्सानी टोक्न मन पर्छ । म साकाहारी हो । तिलकोरको तरुवा मलाई मनपर्छ ।

२० वर्षपहिले काठमाडौँमा एक परिचित साथीको घरमा खाना खान जाँदा तामाको तरकारी थियो । मलाई यति धेरै गन्हायो मैले खानै सकिनँ, पछि नुन र भात खाएँ । हिजोआज त्यही घरमा मज्जाले तामाको तरकारी खान्छु । मेरो थालमा पस्किन आएको सबैखाले साकाहारी परिकारलाई म ईश्वरको प्रसाद ठानी श्रद्धापूर्वक खान रुचाउँछु । जे पस्किएको छ, त्यसमा म नाइँनास्ती गर्दिनँ ।

मैले गीता २१ पटक पढेको छु । महात्मा गान्धी, विनाव भावे, बालगंगाधर तिलक, ओशो, सर्वोपल्ली राधाकृष्णणलगायतले गीताबारे व्याख्या गरेका किताब पढेको छु ।

मेरो पोसाक

मलाई सबैभन्दा बढी मन पर्ने धोती र कुर्ता हो । मैले कैयौँ सेट किनेर राखेको छु । त्यसपछि कुर्ता–पाइजामा मन पर्छ । पहिले सादा मन पराउँथे, हिजोआज अलि रंगीन मन पर्छ । रेडिमेड किन्दा अहिले सजिलो भएको छ । किनभने सिलाइ महँगो हुँदै गएको छ । मसँग आधा दर्जनभन्दा बढी रंगीन ढाकाटोपी छ । त्यो लगाएर फोटो खिचाउन धेरै मन पर्छ । उसो त म टोपी लगाएर हिँड्दिनँ ।

मेरो फिटनेस

म प्रायः पैदल हिँड्न मन पराउँछु । हिँड्दाखेरी परिवेशसँग परिचित भइन्छ भन्ने लाग्छ । उसो प्रातःभ्रमणबारे नेपालमा राम्रै प्रवचन दिन सक्छु भन्ने लाग्छ, वर्षमा दुई÷चार पटक प्रातःभ्रमण गर्ने योजना पनि बनाउँछु तर नियमित गर्न सकेको छैन । आकाश खुला देखियो भने म छतमा बस्न रुचाउँछु । जूनेली रात वा हल्का बादलको ओहोरदोहोरको खेल नियाल्दै छतमा घुम्न मज्जा आउँछ ।

हमेँ तो चाँद तारोँ मेँ भी तेरा रूप दिखता है
मोहब्बत मेँ नुमाइसको अदाएँ तु समझता है

यसैगरी, योगा र ब्रह्मचर्यसम्बन्धी केही पुस्तक राखेको छु, केही योगा तालिममा अनियमित सहभागी भएको छु ।

मेरो अध्ययन

म एकैपटकमा दुई/तीन पुस्तक पढ्न रुचाउँछु । अहिले महाराजा कृष्ण रसगोत्राको ‘अ लाइफ इन डिप्लोमेसी’, रामचन्द्र गुहाद्वारा विशेष भूमिका लेखिएको एउटा सम्पादित पुस्तक ‘प्याट्रिओट्स, पोइट्स एन्ड प्रिजनर्स’ र डोना टाट्र्टको उपन्यास ‘द गोल्ड फिन्च’ पढ्दै छु । मलाई राम्रो लेखन तथा तथ्य भएको जुनसुकै विषयको पुस्तक मन पर्छ । आख्यान र गैरआख्यान दुईवटै मेरो अध्ययनको परिधिमा पर्छ । मेरो निजी पुस्तकालयमा फिल्म, खेलकुद, स्वास्थ्य, यौनलगायत सबै विषयका पुस्तक छन् ।

chandra-kishore_2
स्वभावतः राजनीति, समाजशास्त्र र पत्रकारितासम्बन्धी पुस्तकको बढी छनोटमा पर्छन् । साहित्यको विद्यार्थी भएको नाताले तराईका भाषा मैथिली, भोजपुरी, अवधी, बज्जिका, थारू, सन्थाल र हिन्दी भाषाका साहित्यिक पुस्तक मेरो संकलनमा छ । आफूसँग भएका प्रायः पुस्तकमा मेरो नजर परेको छ । नेपाली र अंग्रेजीका पुस्तक छनोटमा पर्ने भइहाले । मेरो आफ्नो संकलनमा अहिले करिब आठ हजारजति पुस्तक छन् । मलाई हिन्दीमा फणिश्वरनाथ रेणु, नागार्जुन, दिनकर, नेपालीमा विश्वेश्वरप्रसाद कोइराला, भूपी शेरचन, अंग्रजीमा रामचन्द्र गुहाका पुस्तक छाड्दिनँ । विद्यार्थीकालदेखि नै पत्रपत्रिका र पुस्तक किन्ने बानी बस्यो, मेरो व्यसन भनेकै किताब किन्नु हो । जहाँ गयो, त्यहाँबाट फर्कंदा कोसेलीका रूपमा केही थान पुस्तक साथमा आउँछन् ।

मैले गीता २१ पटक पढेको छु । महात्मा गान्धी, विनाव भावे, बालगंगाधर तिलक, ओशो, सर्वोपल्ली राधाकृष्णणलगायतले गीताबारे व्याख्या गरेका किताब पढेको छु ।

मेरो घुमफिर

म आफूलाई यायावर ठान्छु । मौका मिल्यो कि यताउता घुमफिर गर्छु । अरू नभए आफू बसेकै सहर वीरगन्जकै कुनै गल्ली चहार्छु । नयाँ–नयाँ ठाउँ पुग्दा त्यहाँको बदलाबलाई मसिनोसँग अनुभूत गर्छु । नेपालको ६० जिल्लामा पाइला टेक्ने सौभाग्य पाएको छु । मेरो मान्यता छ, तराई–मधेस बुझ्न पहाड घुम्नुपर्छ । यसैगरी, सीमावर्ती भारतीय राज्यमा पनि डुल्नुपर्छ । अनि मात्र तराई–मधेसलाई समगमा चिन्न सकिन्छ । त्यसैले पनि होला म घुम्न आएको अवसरलाई चुकाउँदिनँ । ६ वटा देशमा पाइला टेकेको छु ।

मेरो फुर्सद

हनिमुन गएको छैन । श्रीमती खुसी भए घरमा सधैँ हनिमुन हुन्छ । पेसाले नै फुर्सद दिँदैनन् । बाहिर खान जान खल्तीले छुट दिँदैन । बरु कामको तनाव कम भएको बेला घरमै मीठा–मीठा परिकार पाक्छ । अनि परिवारमाझ गफ चल्छ ।

मेरो खेलकुद

अक्षर खेलाउने बानी परेपछि बाँकी खेल छुटे । स्कुल पढ्दा एकपटक भलिबल र अर्कोपटक फुटबल खेले पनि दुवैपटक चोट लागेकाले खेलकुदसँग मितेरी गाँस्ने आँट गरिनँ । बरु कपर्दी, डन्डिबियोजस्ता खेल भैँसी चराउन जाँदा खुबै खेलिन्थ्यो ।

मेरो मोबाइल

मेरा लागि मोबाइल संवाद सामाजिक सञ्जालसँग जोडिने सेतु हो । मैले मोबाइल निकै पछि किनेँ, त्यो भनेको मेरा सहरका अधिकांश सहकर्मीभन्दा पछि मात्रै मैले मोबाइल लिएको हुँ । मोबाइलमा ‘च्वाइस’ छैन । अहिले हातमा मेटोरोलाको मोबाइल छ ।

मेरो टेलिभिजन

किताबमा ध्यान गएपछि टेलिभिजन अगाडि त्यति बस्दिनँ । हेर्दाखेरी ‘टक शो’ मन पर्छ । त्यसपछि हिन्दी पुराना गीतको कार्यक्रम गोल्डेन इरा हेर्ने गर्छु ।

मेरो चलचित्र

कलेज पढ्दा एकै दिनमा दुईपटकसम्म चलचित्र हेरेको थिएँ । हलसम्म नपुगेको दुई दशक भइसक्यो । मलाई अमिताभ बच्चन, राज कपुर र दिलिप कुमारको अभिनय मन पर्छ । नायिकामा वाहिदा रहमान, हेमा मालिनी, नरगिस र माधुरी दीक्षितको अभिनयले आकर्षित गरेको छ । म उहाँहरूलाई निकै प्यार र सम्मान गर्छु ।

मलाई पिउन मन पर्छ । लाग्छ– म पिएर मात्तिएन भने म बाँच्न सक्दिनँ । तर, म प्रकृति नियाल्न रुचाउँछु । नलठ्ठिएसम्म नजर हट्दैन ।

मेरो रोग

पढ्ने रोग छ । जति गर्दा पनि आफू अल्छी गरेकोजस्तो लाग्छ ।

मेरो भाषणशैली

भाषणमा म थेगो प्रयोग गर्दिनँ । पहिले–पहिले खुब आक्रामक भाषण गर्थें । भाषण गर्नुपूर्व सामान्यतयाः विषयगत कुरा खेलाउँछु । कुनै बेला गृहकार्य राम्रै गर्छु । श्रोता, मञ्च र परिस्थितअनुसार भाषणको तयारी गरिन्छ । २०३४ तिर रौतहटको समनपुर विद्यालयमा पढ्थेँ, त्यतिखेर पहिलोपटक मञ्चमा उभिँदा सम्बोधनबाहेक अगाडि बढ्नै सकिनँ । जब कि त्यतिखेर खुबै घोकेर गएको थिएँ । त्यसपछि घोकेर जान छाडँे ।

chandra-kishore_6
मेरो मापसे

मलाई पिउन मन पर्छ । लाग्छ– म पिएर मात्तिएन भने म बाँच्न सक्दिनँ । तर, म प्रकृति नियाल्न रुचाउँछु । नलठ्ठिएसम्म नजर हट्दैन । एउटा फूल कसरी फक्रँदै छ वा एउटा चरा कसरी रंगिएको छ । यस्ता कुराको नजरपान गर्ने गर्छु । मेरा लागि प्रकृति नै मधुशाला हो ।

मेरो संगीत

शास्त्रीय संगीत, गजल र मातृभाषाका गीत खुबै सुन्छु । नारायण गोपाल, मुकेश, रफी, जगजित सिंह मन पर्छन् । बाथरुममा मात्र होइन, पढ्ने कोठामा पनि मन पर्ने कविता गुनगुनाउँछु । मलाई लाग्छ– जो तरुण हो, त्यो गुनगुनाउँछ । जो गुन गुनाउँछ, त्यो तरुण हो ।

मेरो भूल

मोटरसाइकल चलाउन नसिक्नु भूलजस्तो लाग्छ । कहिलेकाहीँ आपत परेको बेला लाग्छ– त्यो सिकेको हुनुपथ्र्यो । दुई कक्षामा पढ्दा आफूसँग किताब नहुँदा ट्युसन पढाउने मास्टरसाबले कुट्नुभएको थियो । गुलाबको फूलको डन्डाले । कुटाइ खाएपछि घर फर्कंदा बेलुकाको खाना हजुरआमाले ठूलोबुवा र हजुरबालाई पस्किँदा म उहाँहरूको अगाडिबाट थाल तानिदिएको थिएँ र रुँदै मेरा लागि किताब किन्न दबाब दिएको थिएँ । अहिले त्यो सम्झँदा लाग्छ मेरो जीवनको त्यो पहिलो सत्याग्रह थियो । तर, अर्को अर्थमा पारिवारिक रूपमा गरिएको एउटा केटौलेपन पनि हो ।

यदाकदा सरसोको तेल कपाल र जिउमा दल्छु । नुहाउँदा लिरिल साबुन प्रयोग गर्छु । घुमफिरमा हुँदा ओठमा लिपगार्ड लगाउनुपर्ने हुन्छ । कपाल कोर्छु, दाह्रीको मेरो आफ्नै ‘स्टाइल’ छ ।

मेरो घर

म वीरगन्जमा ३० वर्षदेखि छु । २५ वर्षदेखि भाडाको एउटै घरमा बस्छु । धेरैलाई लाग्छ– त्यो मेरै घर हो । हुन पनि मेरा बालबच्चा यहीँ हुर्के, मलाई जान्ने देशी–विदेशी मित्रहरू यहीँ आउँछन् । टोल–छिमेकमा बस्न आउनेहरू पनि म बसेको घरको ठेगाना दिएर नै पछि आफ्नो घरको चिनारी दिन्छन् । बहालको घरमा बस्दा कुनै ‘च्वाइस’ हुँदैन । जस्तो छ, त्यसैमा रमाउन जान्नुपर्छ । मलाई लाग्छ– मोफसलमा पत्रकारितामात्र गरेर घरको गर्जो टार्नु र बालबच्चा हुर्काएर घर बनाउनु फलामको चिउरा चपाउनुजस्तै हो । जसले आर्जन गरेका छन् । त्यो अपवादमा होइन, चमत्कार गरेका छन् ।

राशी

एकताका श्रीमतीको सल्लाहमा औँठी लगाएको थिएँ । अहिले थन्काएको छु । तर, बिहान हात हेर्छु र सोच्छु, यो हातबाट आज कति काम गर्नु छ ।

मेरो सौन्दर्यचेत

यदाकदा सरसोको तेल कपाल र जिउमा दल्छु । नुहाउँदा लिरिल साबुन प्रयोग गर्छु । घुमफिरमा हुँदा ओठमा लिपगार्ड लगाउनुपर्ने हुन्छ । कपाल कोर्छु, दाह्रीको मेरो आफ्नै ‘स्टाइल’ छ ।

मेरो प्रेम

प्रेम गरेको छु । एकोहोरो र दोहोरो पनि । अहिलेलाई यत्ति नै ।

मेरो सपना

म विदेश त के, राजधानी काठमाडौँमा पनि स्थायी बसोबास गर्न जान्न । कैयौँपटक काठमाडौँ बस्न अवसर पाएँ तर मैले त्यसलाई पन्छाएँ । काठमाडौँबाहिरको बास मेरो स्वेच्छिक रोजाइ हो । यसपछाडि मेरा केही मान्यता छ । जसले मलाई पत्रकारितामार्फत संघर्ष गर्न अभिप्रेरित गरिरहेको हुन्छ । एकात्मकता र केन्द्रीयताविरुद्ध मेरो दैनिकी हो । नेपाल सुन्दर त छँदै छ, प्राकृतिक रूपमा र जनसांख्यिक बनोटमा त्यसलाई राष्ट्रिय सामथ्र्यका रूपमा अनुदित गर्न संघीयता र समावेशी चाहिएको छ । त्यसैले म यो मान्यतालाई फराकिलो बनाउन चाहन्छु ।

म आफू जन्मेको गाउँठाउँ सर्लाहीको बलरालाई बिर्सन सक्दिनँ । मेरो कलमले मेरो समाज र मेरो देशलाई सपार्न, जोड्न र अघि बढ्न सक्यो भने आफूलाई सार्थक भएको ठान्छु । सामाजिक सद्भावका लागि लेखनको साथसाथै मर्नु पनि पर्यो भने त्यो मृत्यु मेरो रोजाइ हो । भारतका प्रतिष्ठित पत्रकार गणेश शंकर (विद्यार्थी) ले सामाजिक सद्भाव कायम गर्ने अभियानमा आफूलाई आहुति दिए । उनको मृत्यु मेरा लागि ईश्र्या र आदर्श हो । पहाड र मधेसको सम्मानजनक र ऐक्यबद्ध सम्बन्ध नै मेरो सपना हो ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल