सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

राजनीति उद्योगका रूपमा परिणत हुँदै गएको छ । राजनीति उद्योगका रूपमा परिणत हुँदै गए पनि सांसद रामहरि खतिवडा सचेत छन् । सांसद खतिवडाले गत साउनमा २६ महिनाको तलब ओखलढुंगाका विकास निर्माणमा खर्चेका थिए । उनले आफूले खर्चेको विकास निर्माणको शीर्षक र रुपैयाँसमेत सार्वजनिक गरेका थिए ।

संसद्मा शून्य र विशेष समय व्यवस्था गरिएको हुन्छ । त्यो समयमा बोलेको कुरा सरकारले कहिल्यै जवाफ दिँदैन । त्यसो भएपछि सांसद खतिवडाको चित्त बुझ्ने कुरै भएन । विरोधका लागि विरोध गर्नुभन्दा उनले शून्य समयमा बोल्ने अवसर पाउँदा एक मिनेट नबोली उभिएर सांकेतिक रूपमा सरकारको विरोध गर्ने हिम्मत गर्छन् ।

मेरी आमा घाँस काट्न जाँदा आफू जन्मेको बताउने ओखलढुंगा क्षेत्र नम्बर २ का सांसद वचनका पक्कामात्रै होइन, संसद्मा तर्कपूर्ण कुरा गर्ने क्षमता राख्छन् । सांसद रामहरि खतिवडासँग रातोपाटीको ‘मेरो जीवन’का लागि दीपेन्द्र राई ले गरेको कुराकानी :

ram-hari-khatiwoda-1
मेरो खाना

बिहान प्रायः दालभात, तरकारी, अचार खान्छु । बेलुका खाना खान्न । मन नपर्ने खाना नै हुँदैन । बेलुका त बर्बाद भो, बिहे गरेको छैन । बेलुका त ९० प्रतिशतजति रेस्टुरेन्टमै खान्छु । मनपर्ने स्न्याक्समा चिल्लो, पिरो नै मन पर्छ । कहिलेकाहीं खाना पकाउँछु । विशेषगरी मासु पकाउन रहर लाग्छ । खसीको मासु त व्यापक पकाउँथें । हिजोआज खसी मासु खान छाडेको छु ।

मेरो पोसाक

संसद् जाँदा दौरासुरुवाल, कोट, टोपी लगाउँछु । माननीय भएको दिनदेखि सदन जाँदा दौरासुरुवालभन्दा अर्को पोसाक लगाएको छैन । अन्य समय सर्ट पाइन्ट नै लगाउँछु । पोसाकमा यति नै खर्च हुन्छ भन्ने छैन । मलाई माया गर्ने साथीहरूले उपहार दिन्छन् । पोसाकमा मैले प्रायः खर्च गरेको छैन । मेरो साथीको त्रिपुरेश्वरमा श्रीनाथ टेलर छ । त्यहाँ लुगा सिलाउँछु । उहाँले मलाई सालिन्दा एकजोर सुट र दौरासुरुवाल पठाइदिनुहुन्छ । कहिलेकाहीं कोट पनि पठाइदिनुहुन्छ ।

मलाई नीलो रङ मन पर्छ । रातो रङको सर्ट र नीलो रङको कोट मन पर्छ । प्रायः सिलाएरै लुगा लुगाउने गरेको छु भने कहिलेकाहीं रेडिमेड पनि प्रयोग गर्छु । पाइन्ट सिलाएकै लगाउँछु । कोट र सर्ट रेडिमेड लगाउने गर्छु ।

ब्रान्डमा पनि म सचेत छु । यो मेरो विशेषता नै हो । मैले लगाएको जुत्ता क्लर्क हो । बिहान पनि म क्लर्क र एडिदासकै जुत्ता प्रयोग गर्छु । मेरा साथी अमेरिका जानुभएको थियो, फर्कंदा अर्मानीको ज्याकेट ल्याइदिनुभएको थियो । त्यसको मूल्य सुन्दा अचम्म लाग्यो । उहाँले भन्नुभएको मूल्य सही हो भने पहाडतिर त घडेरी नै आउँदोरहेछ । त्यो ज्याकेटलाई झन्डै ६०/७० हजार पर्दोरहेछ । बिहान क्याप लगाउँछु । संसद् जाँदा कालोटोपी, कहिले ढाकाटोपी ।

ram-hari-khatiwoda-2
मेरो फिटनेस

बिहान एक घन्टा मर्निङवाक गर्छु । त्यसपछि क्लब पुगेर नुहाइधुवाइ गरेर फर्कन्छु । अगाडि आएको खाना जुन कुनै बाँकी राख्दिनँ । कहिलेकाहीं योगा पनि गर्ने गरेको छु । घरमा ट्रेडमिल राखेको छैन ।

मेरो अध्ययन

पुरुषोत्तम दाहालले लेख्नुभएको ‘मेरो पत्रकारिता’ नामक किताब लेख्नुभएको छ । त्यो पढिसकें । त्यसअघि ‘मैले देखेको दरबार’ पढें । पत्रकार जगत नेपालले लेख्नुभएको किताब किताब पनि पढिसकें । म राजनीति, साहित्यलगायत सबै किसिमका किताब पढ्न रुचाउँछु ।

साहित्यमा लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, अभि सुवेदी र बीपी कोइराला मनपर्छन् । हिजोआज निर्वाचनताका, त्योभन्दा अघिका र राजनीतिमा प्रवेश गर्नुअघि र बीचको समयको संस्मरण लेख्दै छु ।

घरमा सानो पुस्तकालय छ । त्यहाँ १ हजार २ सयजति किताब छन् ।

मेरो घुमफिर

दसवटा किताब पढेबराबर एकपटक घुम्दा ज्ञान हासिल गरिँदोरहेछ । म जापान, फ्रान्स, चीन पुगेको छु । एसियन कन्ट्रीका धेरै देश पनि घुमेको छु । खाडी मुलुक पनि घुमेको छु । मुलुकका ६० बढी जिल्ला टेकेको छु । विदेशमा २२ देश पुगेको छु । तर, साउथ एसियामा सबैभन्दा राम्रो सिंगापुर लाग्यो ।

मेरो फुर्सद

फुर्सद निकाल्नै गाह्रो छ । बिहान पाँच सधैं उठ्छु । साथीहरू साढे पाँचमै आइपुग्नुहुन्छ । कसैलाई नमीठो नबोलुँ र त्यसै नफर्काउँ भन्ने लाग्छ । गफ गर्दागर्दै र चिया पिउँदापिउँदै सात बज्छ । त्यसपछि मर्निङवाक निस्कन्छु । क्लब पुगेर फर्कंदा ९ बजिहाल्छ । ९ देखि ११ बजेसम्म कोठामै बस्छु ।

त्यसपछि सदन भएको दिन सदन नभए राजनीतिक भेटघाटमै व्यस्त हुन्छु । शनिवार र अन्य बिदाको दिन त झन् फुर्सदै हुँदैन । बिदाका दिन त धेरै कार्यक्रम राखेका हुन्छन्, नपुगी हुँदैन । नगए पहिले आउँथ्यो हिजोआज ठूलो भयो भनेर अप्टिक लगाउँछन् । गयो यसको जाने ठाउँ कहाँ छ र भनिहाल्छन् ।

कहिलेकाहीं साह्रै दिक्दार लाग्यो भने आमाबुवा भेट्न ओखलढुंगा पुग्छु । नजिकका मठमन्दिरको दर्शन गर्छु । त्यसले पनि ‘फ्रेस’ गराउँछ । फुर्सद पाइहालेमा अध्ययन गर्छु । साथीभाइसँग भेटघाट गर्छु ।

मेरो खेलकुद

विद्यालय तहमा पढ्दा भलिबल खेल्थें । फुटबल पनि खेल्थें । विद्यालय पढ्दा म भानुभक्त समूहको नेतृत्व गर्थें ।

खेल खस्किँदै गए पनि ब्राजिलको समर्थक हुँ । क्रिकेटमा अभिरुचि नभए पनि नेपालका क्रिकेट खेलाडीले गरेको प्रगतिले निकै उत्साहित छु । स्तरोन्नति हुँदै जाओस् । मेरो शुभकामना छ ।

मेरो मोबाइल

मसँग दुई मोबाइल सेट छन् । सामसुङ नोट फाइभ र आइफोन सिक्स । सामसुङचाहिँ अमेरिका जाँदा ज्याकेट ल्याइदिनुहुने साथीले उपहार दिनुभएको हो । आइफोन सिक्सचाहिँ मानवअधिकारकर्मी साथीले काठमाडौंको न्युरोडमा ८० कि ८२ हजार रुपैयाँमा किनिदिनुभएको हो । मोबाइलमा समाचार हेर्ने गरेको छु । फेसबुक, ट्वीटर पनि हेर्ने गर्छु । मोबाइलमा गेम खेलेर समय बर्बाद गरेको छैन ।

मेरो टेलिभिजन

टेलिभिजनमा हेर्ने भनेकै समाचार हो । त्यसपछि ‘टक शो’ ले प्राथमिकता पाउँछ । कहिलेकाहीं मनोरञ्जनात्मक कार्यक्रम हेर्ने गरेको छु । बिहान, बेलुका टीभी हेर्ने साइत जुर्छ । मेरो कोठमा ३२ इन्चको सोनी टीभी छ । कोठाबाहिर ४२ इन्चको राखेको छु, साथीहरूले हेर्नुहुन्छ ।

मेरो चलचित्र

कहिलेकाहीं फिल्म हेर्ने गर्छु । पछिल्लोपटक हेरेको फिल्म ‘भीमदत्त’ हो । कुमारी हलमा हेरेको थिएँ । कहिलेकाहीं भिसिडीमा पनि नेपाली फिल्म हेर्छु । सबै कलाकार मन पर्छन् ।

मेरो रोग

ram-hari-khatiwoda-3
मलाई दीर्घ छैन । अहिलेसम्म तीनपटक ‘होल बडी चेकअप’ गर्दै आएको छु । पछिल्लो समय रक्तचापले समातेको छ । रक्तचाप १४०/९० हुन थालेको छ । रक्तचाप बढे पनि स्वस्थ छु। अहिलेसम्म हिँड्दा, डुल्दा त्यसको असर देखापरेको छैन । निद्रा राम्रै लाग्छ । खाएको पचेकै छ । बोल्न अप्ठ्यारो भएको छैन । त्यसकारण ज्यानलाई सन्चै छ भन्ने मेरो दाबी हो ।

मेरो भाषणशैली

मेरो भाषणशैली आफूलाई मनपर्छ, सुन्नेलाई कस्तो लाग्छ, थाहा छैन । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । भाषण गरेकै भरमा विवादमा परेको छैन । भाषण गर्नुअघि तयारी गर्दै गर्दिनँ ।

मेरो मापसे

कहिलेकाहीं मादक पदार्थ खाने गरेको छु । तर, नेपाली ब्रान्डको रक्सी अहिलेसम्म पिएको छैन । तर, डाँडाघरे र अर्को (नाम बिर्सें) वाइनको स्वादचाहिँ थाहा छ । मेरो ब्रान्ड स्कच हो । अधिकतम तीन पेगसम्म पिएको छु । मेरो ‘लिमिट’ दुई पेग हो ।

मेरो संगीत

संगीत नसुन्ने को होलान् र । प्रायः बेलुका संगीत सुन्ने गर्छु । सबै गायक–गायिकाप्रति उत्तिकै सम्मान छ । कहिलेकाहीं ‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली’ गुनगुनाउँछु । धेरैको बाथरुम पस्दा गुनगुनाउने बानी हुँदोरहेछ तर मेरोचाहिँ छैन ।

मेरो भूल

राजनीति गर्ने मानिसका सानातिना भूल भइहाल्छन् । तर, पश्चाताप लाग्नेखालको भूल गरेको छैन ।

विद्यालय पुग्न झन्डै दुई घन्टा पैदल हिँड्नुपथ्र्यो । बीचमा मोलुङखोला पर्छ । म प्राप्चा बस्थें । मोलुङखोला नतरी सुखै थिएन । हिउँदमा खोला सानो हुन्थ्यो, आफू सानो भएकाले ठूलो लाग्थ्यो । त्यतिबेला म पाँच कक्षामा पढ्थें । मासिक शुल्क पाँच रुपैयाँ बुझाउनुपथ्र्यो । मामाले शुल्क बुझाउन पाँच रुपैयाँ दिनुभएको थियो । साथी घनश्यामलाई खोलो तरिस् भने पाँच रुपैयाँ दिन्छु भनें । उनलाई खोलो तर्न समस्या रहेनछ । महिना दिनको शुल्क उनले हत्याएपछि मैले साह्रै गाली खाएँ ।

मेरो घर

मैले बनेकै घर २०५६ सालमा ४० लाखमा किनेको हुँ । पुख्र्यौली र आफ्नो कमाइ पनि परेको छ । घर पुरानो ढाँचाको हो, फेरि बनाउने सोचेको छु । ज्ञानेश्वरमा रहेको त्यही घरले अहिले तीन करोड मूल्य पाउँछ ।

राशी

मेरो मेष राशी हो । ग्रहदशा एकदमै राम्रो छ । वर्षमा एकपटक ग्रहशान्ति गर्ने गरेको छु ।

मेरो सौन्दर्यचेत

कपालमा तोरीतेल लगाउने गरेको छु । तोरीतेल गाउँकै हो । अहिलेसम्म फेसियल गरेको छैन । अनुहारमा क्रिम प्रयोग नगरे पनि आफ्टर सेभचाहिँ प्रयोग गर्दै आएको छु । बडी मसाज नगरे पनि साउना बाथ र स्टीम लिने गरेको छु ।

मेरो प्रेम

प्रेम नभएरै अहिलेसम्म बिहे नभएको हो । बिहे गर्न मन लाग्न थाल्यो । मन परेका बहिनीहरूका अघि उभिँदा अंकल भन्छन् । छिटो बिहे गरौं लाग्न थाल्यो । आफूलाई मन परेको भेटिए प्रेमबिहे हुन सक्छ, नत्र राम्रो मानिस देखाइए मागीबिहे ।

मेरो सपना

मुलुकलाई शान्तिप्रिय, सुन्दर, धनी÷गरिबको समृद्ध मुलुक बनेको, गरिबले गरिब छु भनेर हीनताबोध नगर्ने र धनीले उपचारका लागि बाहिरबाट ल्याएको सम्पत्ति बाहिर नलगी नेपालमै उपचार गराउनेखालको मुलुकको परिकल्पना गरेको छु ।

सकेसम्म प्रधानमन्त्री बन्ने हो, नत्र जहाँ होइन्छ त्यहीं रमाउँछु । आफ्नो जिल्लालाई उज्यालो ओखलढुंगा बनाउने सोचेको छु । सबैको आस्था र विश्वासको केन्द्र बनाउने सपना छ ।

यी जीवन कथा पनि पढ्नुहोस्

मोहन मैनालीको जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

दिवस राईको जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल