मेरो जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

मेरो जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

‘सामाजिक कार्यकर्ताको सपना भनेको समाज रुपान्तरण नै हो,’ सक्रिय राजनीतिबाट टाढिएर सामाजिक कार्यकर्ताको परिचय बनाएका किरात राई यायोक्खा केन्द्रीय समिति कार्यवहाक अध्यक्ष दिवस राई भन्छन्, ‘सामाजिक कार्यकर्ता सधैं सामाजिक कार्यकर्तामै सीमित रहँदैन । समयक्रममा ऊ सक्रिय राजनीतिमा फर्कन पनि सक्छ ।’
किरात राई यायोक्खाका कार्यवहाक अध्यक्ष राईले विद्यार्थी राजनीतिबाट थालेको यात्रा सामाजिक कार्यकर्ताका रुपमा बदलिएको छ । ललिपुरको पाटन संयुक्त क्याम्पसका स्ववियु पूर्वसचिव उनले अनेरास्ववियु केन्द्रीय सदस्यको भूमिकासमेत निर्वाह गरिसकेका छन् । किरात राई विद्यार्थी संघ पूर्वअध्यक्षसमेत रहेका उनी हिजोआज सक्रिय राजनीतिबाट अलग्गिएका छन् । सक्रिय राजनीतिबाट सामाजिक कार्यकर्तामा बदलिएका दिवस राईसँग रातोपाटीको ‘मेरो जीवन’का लागि दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश ।

diwas-rai_1मेरो खाना
सामान्यतया दालभात, तरकारी खाने गर्छु । तर, मन पर्ने खाना ढिँडो हो भने गुन्द्रुकमा आलु मिसाएको तरकारी साह्रै मन पर्छ । ढिँडो र कुखुराको मासुको सुप असाध्यै मन पर्ने भएकाले अमेरिका पुग्दासमेत खोजी–खोजी खाएँ । मन नपर्नेमा त्यस्तो केही छैन । कहिलेकाहीं साथीभाइ र परिवारसँग रेस्टुरेन्ट जाने गर्छु । रेष्टुरेन्ट जाँदा मःमः, चाउमिन र चप्सी रोजाइमा पर्छन् । व्यस्तताले पकाउने रुचि पू्रा गर्न सकेको छैन । मासुको परिकार निकै मीठो पकाउँछुजस्तो लाग्छ । विद्यार्थी जीवनमा आफैं पकाउँथें ।

मेरो पोसाक
म कपडामा सौखिन छैन । योजना बनाएर आजसम्म कपडा किनेको पनि छैन । विशेषगरी सर्ट–पाइन्ट लगाउँछु । विद्यार्थी जीवनमा जिन्स धेरै लगाएँ । त्यतिबेला ठूलो ज्याकेट लगाउँथें । हिजोआज सबै कपडा हल्काखालको लगाउँछु । खैरो रङको पाइन्ट र सर्टमा हरियो र खैरो रङ मेरो रोजाइमा पर्छन् । त्यही रङले सुहाउँछजस्तो लाग्छ । सर्ट सिलाएर लगाउँछु भने पाइन्टचाहिँ रेडिमेड । ब्रान्डमा त्यति ‘कन्सस’ छैन । ढाकाटोपी र क्यापटोपी बराबर लगाए पनि पछिल्लो समयमा विभिन्न संघ–संस्थाको जिम्मेवारी लिएकाले ढाकाटोपी लगाउँछु ।

मेरो फिटनेस
पहिले–पहिले योगा गर्थें । अहिले छुटेको छ । ढाड दुख्यो भनेचाहिँ आधा घन्टाजति योगा गर्ने गरेको छु । पहिले–पहिले मर्निङवाक गरे पनि हिजोआज त्यसले निरन्तरता पाउन सकेन । सामाजिक जीवनसँग जोडिएपछि ब्याडमिन्टन पनि खेल्ने छाडिसकें ।

मेरो अध्ययन
म समाजशास्त्र/मानवशास्त्रको विद्यार्थी भएकाले समाजशास्त्र÷मानवशास्त्रसम्बन्धी किताब पढ्ने गर्छु । त्यसबाहेक आदिवासी जनजातिसँग सम्बन्धित किताब पनि खोजी–खोजी पढ्ने गर्छु । युवापुस्ताका लेखकद्वय राजन मुकारुङ र जय शिवाहाङ मन पर्छन् । शिवाहाङले मदिराबारे गर्नुभएको वैज्ञानिक अध्ययन प्रशंसनीय छ । मेरो निजी पुस्तकालयमा हाम्रै समुदायसम्बन्धी किताब बढी छन् । अन्य पनि नभएको भने होइन ।

मेरो घुमफिर
घुमफिरमा धेरै रुचि छ । अहिलेसम्म ६३ जिल्ला घुमिसकेको छु । घुमेकोमध्ये इलाम, मुस्ताङ, बैतडीको पाटन, डोटीको दिपायल र सिलगडी त्यत्तिकै मनमोहक छन् । विदेशमा अमेरिका र बेलायत पुगेको छु ।

मेरो फुर्सद
चाहेर पनि फुर्सद निकाल्न सकिरहेको छैन । कहिलेकाहीं दैनिक तीन÷चार बैठकमा सहभागी हुनुपर्छ । कार्यालय र सामाजिक संस्थामा पनि खास जिम्मेवारीमै छु । घरपरिवारले ५ प्रतिशत पनि समय नपाउँदा गुनासो गर्छन् । सधैं यस्तो नहोला भन्ने लागेको छ ।

मेरो खेलकुद
विद्यालय तहमा पढ्दा भलिबल खेल्थें । काठमाडौंको आरआर क्याम्पसमा आईए पढ्दासम्म भलिबल खेलें । विद्यार्थी राजनीति र सामाजिक संघ–संस्थामा आबद्ध भएपछि भने भलिबल खेल्न छाडें । पछिल्लो समय यदाकदा ब्याडमिन्टन खेल्छु । आफू भलिबल खेलाडी भए पनि फुटबलका जुमनु राई र सन्दीप राई मन पर्छन् भने विदेशी खेलाडीमा लियोनल मेस्सी ।

मेरो मोबाइल
सामसुङ मोबाइल प्रयोग गरेको छु । दुई वर्षअघि बेलायत जाँदा ५० हजार नेपाली रुपैयाँमा किनेको हुँ । त्यसअघि नोकियाका सामान्य मोबाइल बोक्थें । ल्यापटप, कम्प्युटर, क्यामेरा केही नचाहिने भएकाले अलि ‘एड्भान्स’ मोबाइल किनेको हुँ । मोबाइलबाट अनलाइन म्यागेजिनका समाचार पढ्छु । यदाकदा फेसबुक चलाउँछु ।

मेरो टेलिभिजन
घरमा २४ इन्चको सिजी टेलिभिजन छ । टेलिभिजनमा विशेषगरी समाचार हेर्छु । ‘टक सो’ पनि त्यत्तिकै हेर्ने गर्छु । कहिलेकाहीं भारतीय च्यानलबाट प्रसारित मनोरञ्जनात्मक कार्यक्रम पनि हेर्ने गरेको छु ।

मेरो चलचित्र
सिनेमा हलसम्म गएर फिल्म नहेरेको धेरै भयो । पछिल्लो समय दयाहाङ राई अभिनीत चलचित्र ‘लुट’ हेरेको थिएँ । त्यस्तै केही वर्षअघि भारतीय चलचित्र ‘बजरंगी भाइज्यान’ हेरेको थिएँ । त्यो फिल्म निकै सन्देशमूलक भएकाले साह्रै मन परेको थियो । मलाई भारतीय कलाकारमा सलमान खान र नेपालीमा शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, दयाहाङ राई र गौरी मल्लको अभिनय मन पर्छ ।

मेरो रोग
मलाई दीर्घरोग छैन । बिरामी हुँदा स्वास्थ्य जाँच गरेबाहेक ‘होल बडी चेकअप’ अहिलेसम्म गराएको छैन । खानपिनमा मात्रै ध्यान दिन सकियो भने धेरै रोगबाट बच्न सकिँदोरहेछ भन्ने मेरो बुझाइ हो । भोकै नबस्ने र अपच हुनेगरी खाइएन भने स्वास्थ्यलाई ठीकठाक राख्न सकिने रहेछ ।

मेरो भाषण
आफैंले आफैंलाई मूल्यांकन गर्न गाह्रै हुन्छ । तर, शुभचिन्तकको भनाइअनुसार मेरो भाषणशैली राम्रै छ भन्दै आएका छन् । २०४०÷०४१ तिर जनवादी गीतमा नाच्नेमात्रै होइन, नाटकमा अभिनयसमेत गर्थें । म कम्युनिस्ट स्कुलिङबाट आएको हुँ । २०४६ बाट विद्यार्थी राजनीतिमा जोडिएँ । त्यसपछि संगठनको तौरतरिकाबारे थाहा भइहाल्यो । त्यही भएर व्यवस्थित तरिकाले बोल्ने, हिँड्ने गरियो । त्यसले भाषणशैलीलाई मजबुत बनायो । आफूलाई थाहा नभए पनि अरुबाट सुन्दा भाषण गर्नेक्रममा ‘चाइने’ भन्ने थेगो प्रयोग गर्दोरहेछु ।

मेरो भाषण आक्रामक हुँदैन । राउन्ड टेबलमा हो भने बौद्धिक भाषण गर्नुपर्यो । भाषण गराइ श्रोता तथा दर्शकमा भर पर्छ । बौद्धिक मानिसका अगाडि आक्रामक भाषणको अर्थ रहँदैन । ठूलो जमातमा भने आक्रामक भाषण गर्नुको विकल्प हुँदैन । भाषण गरेकै भरमा म विवादमा तानिएको छैन ।

मेरो मापसे
पिउँदा घरमै पिउने बानी छ । घरबाहिरचाहिँ कहिलेकाहींमात्रै । पिउनै हुँदैन भन्ने पनि होइन । पिउने विधिमा विवेक पुर्याए हुन्छजस्तो लाग्छ । मेरो ब्रान्ड ब्ल्याक लेबल हो । साथीभाइसँग बसेर पिउँदा सिग्नेचरले प्राथमिकता पाउँछ । पिउँदा बढीमा दुई पेगसम्म लिन्छु । कोदोको तीनपाने भने असाध्यै मन पर्छ ।

diwas-rai_5मेरो संगीत
गीत–संगीत धेरै सुन्छु । मेरा मनपर्ने गायक भक्तराज आचार्य, नारायण गोपाल हुन् । राजेशपायल राई र रामकृष्ण ढकाल पनि त्यत्तिकै मन पर्छन् । पछिल्लो पुस्ताकी मेलिना राईका गीत असाध्यै सुन्छु । तर, अञ्जु पन्तको ‘न पाएँ तिमीलाई’ भन्ने गीत निकै मन पर्छ भने मेलिना राईको कम्मरमाथि पटुकी भन्ने गीत सुन्दा झन् आनन्द लाग्छ ।

मेरो भूल
मानिस भएपछि सानातिना भूल हुन सक्छन् । म विद्यार्थी आन्दोलनमा काठमाडौंमा थिएँ, त्यही समय बुवाको निधन हुँदा मैले उहाँलाई भेट्न सकिनँ । बुवा गाउँ (भोजपुर) मा हुनुभएकाले उहाँको ‘टेक केयर’ गर्न नसक्दा भूल गरें कि भन्ने लाग्छ । बुवाको निधन भएको तेस्रो दिनपछि मात्रै मैले खबर पाएँ । यसैगरी, पाँच कक्षामा पढ्दा रिठ्ठाको दानाको गुच्छा खेल्थ्यौं । गुच्छा खेल्दा चौधरी सरले बिर्सनै नसक्नेगरी सजाय दिनुभएको थियो । त्यो अहिले पनि बिर्सन सकेको छैन ।

मेरो घर
अहिलेसम्म घर बनाएको छैन । भोजपुरमा पुख्र्यौली घर छ । काठमाडौंमा चाहिँ डेरामै बस्दै आएको छु ।

मेरो राशि
मेरो राशि धनु हो । राशिमा पटक्कै विश्वास छैन । तर, आमाले कहिलेकाहीं ग्रहदशा हेराउने गर्नुहुन्छ । त्यसप्रति मैले विरोध गर्दिनँ । उहाँको भावनाको सम्मानका लागि पनि म चुपचाप बसिदिन्छु ।

मेरो सौन्दर्यचेत
कपालमा अहिलेसम्म तेल र जेल केही लगाएको छैन । कस्मेटिक रंगरोगनमा रुचि नभएकाले पनि त्यसो भएको हुन सक्छ । तर, फग नामक पर्फ्युमचाहिँ कहिलेकाहीं प्रयोग गर्ने गरेको छु ।

मेरो प्रेम
म कडा अनुशासनको घेरामा थिएँ । दाइ शिक्षक हुनुहुन्थ्यो । म उहाँसँग डराउँथें । दाइको स्कुलिङले मलाई राम्रो ‘गाइड’ गर्यो । त्यतिबेला एसएलसी पास गर्नु भनेको मन्त्री बन्नु सोसरह थियो । जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन् । त्यो दृष्टान्तले मलाई प्रेमबाट परै रहन सिकायो । तर, मेरो बिहेचाहिँ अलि फरक तरिकाले भयो । श्रीमतीको दाइ मेरो साथी हुनुहुन्थ्यो । त्यसै आधारमा श्रीमतीसँग चिनजान भयो । घरबाट बिहे गर्ने दबाब थेग्न नसकेपछि चिनजान भएको छोटो समयको संगतमा हामीले बिहे गर्यौं । त्यो पनि मागेरै ।

मेरो सपना

सामाजिक रुपले मुलुक एकात्मक छैन । सामाजिक, सांस्कृतिक, भाषिक र धार्मिक दृष्टिले विविधता छ । त्यही विविधता सम्बोधन गरिएको राजनीतिक व्यवस्था हुनुपर्छ । पूर्वमा हेर्ने हो भने त्यहाँको ऐतिहासिक भूमि राई÷लिम्बूको हो । ऐतिहासिक उत्पत्ति, सामाजिक थातथलोका हिसाबले उनीहरुको विरासत हो । त्यहाँ उनीहरुको पहिचान कायम हुनुपर्छ । पूर्वी तराईमा कोचे, मेचे, धिमाल अल्पसंख्यक भए पनि सामाजिक उत्पत्तिका हिसाबले उनीहरु त्यहाँको भूमिको हकदार हुन् । मध्ये क्षेत्र तामाङ÷नेवार समुदायको हो । पश्चिमा गुरूङ, त्यहाँभन्दा अझै पश्चिम मगर, सुदू्रपश्चिम खस समुदायको खास उत्पत्ति थलो हो भने तराई थारुलगायत विभिन्न आदिवासी र मधेसी समुदायको हो ।
हामी सामाजिक रुपमा यति विभक्त छौं । अर्थात् हामीमा विविधता छ । सबैको हैसियत पनि छ । त्यसो हो भने हैसियतअनुसारको शासकीय प्रणाली स्थापित किन नगर्ने ? तसर्थ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म खास समुदायले मात्र राज्यको बागडोर सम्हाल्नु कति न्यायोचित छ ? सबैलाई न्याय दिलाउने हो भने यो सामाजिक न्याय र समानताको सिद्धान्तअनुसार कहाँ भयो त ?

म सामाजिक कार्यकर्ता हुँ । सामाजिक कार्यकर्ताको हैसियतले देख्ने सपना भनेको समाजको रुपान्तरण नै हो । ऊ समाजको पथप्रदर्शक हो । उसको समाज परिवर्तनमा उल्लेख्य भूमिका हुन्छ । तर, सामाजिक कार्यकर्ता आजीवन सामाजिक कार्यकर्तामात्रै रहन सक्दैन । उसले सक्रिय राजनीतिमा फड्को मारेर प्रधानमन्त्री, राष्ट्रपति बन्न सक्दैन भन्न सकिँदैन । म आशावादी मानिस हुँ– म राजनीतिक पृष्ठभूमिबाटै आए पनि जागिर खान थालेपछि सक्रिय राजनीतिबाट अलि टाढा रहेर सामाजिक कार्यकर्तामा सीमित छु । सामाजिक अभियन्ताको भूमिका समाज परिवर्तन गर्नु हो, त्यो निश्चित समयसम्म कायम रहन्छ । त्यसलाई कार्यान्वयन गर्न राजनीति अनिवार्य आवश्यकता हो । त्यतिबेला पुनः राजनीतिमा फर्कन सकिन्छ । भोलि यो मुलुकको एउटा न एउटा राजनीतिक क्षेत्रमा रहेर मुलुकको दिशानिर्देश गर्न सक्छु भन्ने साहस छ ।

किरात राई यायोक्खा किरात राई समुदायको साझा संस्था हो । उसले लामो समयदेखि किरात प्रदेश माग्दै आएको छ । किरातीको राजनीतिक हक–अधिकार सुनिश्चित गर्न किरात राज्य चाहिन्छ । राजनीतिक उत्पीडनमा परेका किरातीलाई राज्यको मूलधारमा ल्याउनेमात्रै होइन, राजनीतिक स्वशासनको नेतृत्व गर्ने ठाउँमा पुर्याउनुपर्छ ।

यायोक्खा र मैले देखेको साझा सपना यस्तो छ । यदि किरात राज्य प्राप्त भयो भने– सुनकोसीपूर्वको रामेछाप, दोलखा र सिन्धुलीको किराती बस्ती समेटेर सिरहा, सप्तरीबाहेक बृहत् किरातप्रदेशको संरचनात्मक सैद्धान्तिक मोडेल तयार पारेका छौं । त्यो मोडलले पहिचानलाई मात्र समेट्दैन सामथ्र्यलाई पनि सबैभन्दा समृद्ध बनाउँछ । किरात राज्यमा बसोबास गर्ने सबै समुदायको पहिचान र अधिकार स्थापित गर्न सक्नुपर्छ ।

प्रस्तावित किरातप्रदेशअन्गर्तत सोलुखुम्बु र ओखलढुंगाको उत्तरी क्षेत्र शेर्पाको ऐतिहासिक थातथलो हो । किरातभित्र उनीहरुलाई अधिकारसहितको छुट्टै स्वायत्त क्षेत्र दिने, पूर्वको तीन जिल्लामा लिम्बूको सघन बसोबास रहेको छ । त्यसको वस्तुगत अध्ययन गरेर स्वायत्त क्षेत्र दिने, झापा, मोरङ, सुनसरीका कोचे, मेचे, धिमाल, गनगाई, राजवंशी र ताजपुरियालाई कोच, राजवंशी वा विराट स्वायत्त क्षेत्र बनाउने, धनकुटावारि खम्बुवान स्वायत्त क्षेत्र, क्षेत्री ब्राह्मणको पहिचान स्थापित गराउन ओखलढुंगा र उदयपुरलाई समेटेर गाम्नाङ स्वायत्त क्षेत्र बनाउन सकिन्छ ।

त्यसैगरी, कोचे, मेचे, लेप्चाको पनि स्वायत्त क्षेत्र, राईभित्र पनि कुलुङ, थुलुङ, याम्फु, चाम्लिङ, बान्तवालगायत बसोबास गर्ने सघन क्षेत्रमा उनीहरुकै स्वायत्त क्षेत्र बनाउन सकिन्छ । त्यतिमात्रै होइन, याक्खा र सुनुवारलाई सम्बोधन हुनेगरी छुट्ट स्वायत्त क्षेत्र अटोनोमी क्षेत्र बनाउने सपना देखेको छु । दलितको प्रतिनिधित्वलाई राज्यको हरेको क्षेत्रमा बनाउनुपर्छ । त्यसो भएपछि किरात राज्यभित्र सबै जातजातिले अपनत्व महसुस गर्न सक्छन् । त्यो पूरा गर्न सकियो भने सुन्दर र सशक्त किरात राज्य स्थापना गर्न सकिन्छ ।

यी जीवन कथा पनि पढ्नुहोस्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल