अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

२०७० मा सविधानसभामा आफ्ना श्रीमतीलाई समानुपातिक सभासद् बनाएपछि अनिलकुमार झा त्यसबेला निकै आलोचित भएका थिए । आलोचना भएपछि उनलाई लाग्दो हो मैले गल्ती गरेको छु कि क्या हो ! तर त्यसको आलोचना गर्नेहरु अहिले भन्छन्, ‘जोडी होस् त डिम्पल र अनिल जस्तो ।’

डा. डिम्पल झा नरदेवी आयुर्वेदमा डाक्टर थिइन् । सविधानसभामा तत्कालीन सङ्घीय सद्भावना पार्टीले एक सिट पाएपछि त्यसका अध्यक्ष अनिल झाले आफ्नै श्रीमतीलाई समानुपातिक सभासद बनाएका थिए ।

पहिले राजनीतिमा त्यति Anil_kumar_jhaसक्रिय नरहेकी डा. झा अहिले पार्टीको प्रवक्ता जस्तो पदमा रहेर श्रीमानको राजनीतिमा प्रतिबद्ध छिन् । बाहिरका मान्छे मात्र होइन, पार्टीभित्रका मान्छे पनि भन्छन्, सभासद्का लागि ठीक व्यक्ति चुनिए जस्तो लाग्छ ।

उनै डा. डिम्पल झाका श्रीमान अनिलकुमार झा नेपाल सद्भावना पार्टीका अध्यक्ष छन्, जुन पार्टी स्व. गजेन्द्रनारायण सिंहले गठन गरेका थिए । डम्पल झासँग अनिल झाले मागी विवाह गरेका हुन् । अनिलकुमार झा भन्छन्– ‘मेरो विवाह मागी भए पनि हाम्रो पहिलेदेखि नै चिनजान र भावनात्मक रुपले एक अर्कोसँगै विवाह गर्नुपर्छ भने कुरामा सहमत भएरै विवाह गरेका हौं ।’

‘मेरी श्रीमती डिम्पल, मेरा बहिनी ज्वाइँ (मिनाको श्रीमान् हरि माधव मिश्र) को मामाकी छोरी हुन्’ रातोपाटीसँग डिम्पल झाको बारेमा खुलेर कुरा गर्दै भने, ‘म आफ्नो बहिनीको घरमा जाँदा आउँदा चिनजान भएको थियो तर त्यो चिनजान विवाहमा परिणत भयो । पिता श्री सुदर्शन पाठक र आमा श्रीमती शोभा पाठककी एक मात्र सन्तानका रुपमा १२ मे १९७९ मा जन्मेकी डिम्पल आई.एस्सी. विहारको सीतामढीबाट प्रथम श्रेणीमा पास गरेकी थिइन् भने बिहेपछि काठमाडौँमा श्रीमानसँग बसेर पद्मकन्या क्याम्पसमा बी.ए. पढ्न थालिन् । पढ्दै गर्दा उनले महाराजगञ्ज क्याम्पसमा डिप्लोमा फार्मेसीमा नाम निकालेर अध्ययन गरिन् ।’

जागिर

एसएलसी पास गरेपछि भारतको विहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट २०४३ मा आई.एस्सी. पास गरेका अनिल २०४५ मा काठमाडौँको पाटन क्याम्पसमा भर्ना भएका थिए । उनी पढाइका साथसाथै बुवालाई गृहस्थिमा सधैं सघाउँदै आएका थिए ।
साइन्स पढेका उनी राजनीतिमा लागेका हुन्् । त्यही भएर होला उनलाई राजनीतिक नेताहकरुको बायोग्राफी र धार्मिक पुस्तकहरु पढ्न मन पर्छ । उनलाई मनपर्ने लेखकमा विद्यापति, तुलसी दास, कमलेश्वर, हिमांशु जोशीलगायतका रहेका छन् ।

उनको घरमा लाइबे्ररी त छैन तर उनी भन्छन्, ‘विभिन्न पुस्तकहरुसहित घरमा तीन सय ५० जति किताबहरु छन् तर किताबमै खर्च गरिँदैन ।’

आफ्नो अध्ययनकालको अवस्था सम्झँदै उनी भन्छन्– ‘हेटौँडा ज्ञानोदय बालबाटिका हाइस्कुलमा करिब १० महिना जति पढाएँ, जहाँ मेरो तलब छ सय रुपियाँ थियो । त्यहाँ शिक्षक भएर काम गरेको त्यो अवधि नै मेरो लागि जागिरको अवधि थियो ।’

काठमाडौँको खर्च मेन्टन गर्ने हिसाबले पनि ट्युसन पढाउँथेँ– उनी भन्छन्, त्यो आत्मनिर्भर रहने बानी मलाई अहिले पनि काम लागिरहेको छ, ठीकै सोंचेको थिए जस्तो लाग्छ ।’

राजनीतिक यात्रा

उनी भन्छन्, ‘२०४५ अघि म कुनै राजनीतिमा सहभागी थिइनँ । मलाई त्यसबेला राजनीतिसँग कुनै मतलब पनि थिएन । पढाइ लेखाइ र आफ्नो घरव्यवहारसँग मात्र मतलब राख्थेँ । यहाँसम्म कि म हेटौँडामा पढाइ रहँदा त्यहाँ मलाई मधेसी भनेर अन्य शिक्षक साथीहरुले जिस्क्याउँथे ।’

अनिल झा बी.एस्सी. पढ्न काठमाडौँ आएपछि बहुदलको आन्दोलन सुरु भएको थियो । एउटा प्रजातन्त्रवादी तर स्वतन्त्र विद्यार्थीका नाताले युवाहरुसँग नारा जुलुसमा उनी जान थालेका थिए ।
उनले भने– ‘आन्दोलनकै क्रममा समातिएको कारण त्यहाँ रहेका असईले मेरो कानमा लगातार तीन झापड हान्यो । गाली गर्दै भन्यो– प्रजातन्त्र पनि चाहिने, राजनीति पनि गर्ने र देश पनि टुक्र्याउने । जथाभावी कुट्न थाल्यो । प्रहरीको त्यस प्रकारको व्यवहार हेरेर म अचानक निर्णय गरें र ५ सेकेन्ड भित्रै भन्दिऐँ, हो ! हो ! म सद्भावना हो ! र, त्यस दिनदेखि नै म सद्भावना पार्टीको स्वघोषित सदस्य भएँ ।’

२०४६ चैत २६ गतेका दिन बहुदल घोषणा भएपछि अरु आन्दोलनकारीसँगै अनिल झालाई पनि छाडेको थियो । उनी सम्झन्छन्– ‘२०४७ वैशाखतिरको कुरा हो । गजेन्द्रबाबुले मलाई भेट्नका लागि बोलाउनु भयो । सायद सदभावनाको नाममा थुनिएकाले होला उहाँले मलाई आन्दोलनकै क्रममा भेट्न चाहनुभएको थियो । गजेन्द्रनरायण सिंहलाई भेटेर मैले भने– “नेताजी, मैं अनिल कुमार झा, आपसे हीं मिलने आया हूं, आपने मुझे बुलाया थे न !”

गजेन्द्रनारायण सिंहसँग त्यो दिन त भेट भएन तर अर्को दिन भेटेपछि राजनीतिक गतिविधिमा लागेका थिए । नेपाल सद्भावना पार्टीको नेपाली विद्यार्थी मञ्चबाट राजनीतिक सुरु गरेका अनिल झा आजै त्यही पार्टीका अध्यक्ष भएको छ ।

नो च्वाइस

बुवा प्रेमनारायण झा र आमा आनन्दीदेवी झाको छोरा म अनिलकुमार झालाई कुनै कुराको सौख छैन । ‘खानाको त म झनै सौखिन छैन । भोक लागेको बेलामा जे आउँछ त्यही खाइ दिन्छु’ उनले भने ।
सामान्य भात, रोटी, दाल, तरकारी इत्यादी मन पराउने झा खाना खानकै लागि रेस्टुरेन्ट जाँदैनन् । यसो कहिलेकाहीँ राजनीतिक भेटघाट भयो भने जान्छन्, त्यो पनि धेरै कम । राजनीतिक भेटघाट उनले खाजामा भुजा–पकौडी, चाउचाउ, मःमः, च्युरा तरकारी मात्र मन पराउँछन् । खाना पकाउन कतिको रुचि छ ? मुसुक्क हाँस्दै भन्छन्– ‘क्याम्पस पढ्दाको समय खाना पकाएरै खाइयो, (श्रीमती डिम्पलतिर हेर्दै) विवाह गरिसकेपछि कहिलेकाहीँ त्यो अवसर प्राप्त हुन्छ ।’

दुब्लो पात्लो शरीर भएका अनिल झा प्रायः कुर्ता पाइजामा र बण्डीमा देखिन्छ । कहिलेकाहीँ विदेश वा त्यस्तै कार्यक्रममा जाँदा प्यान्ट सर्ट लगाउँछन्, त्यो पनि नगन्य । कपडामा उनको कुनै विशेष ब्रान्ड छैन । तर, सेतो, कुर्ता, पाइजामा र कालो बण्डी लगाउन रुचाउनु हुन्छ । यो ड्रेस नै मात्र लगाउनुको कारण के त ? उनले भने, ‘खासै केही विशेषता होइन, हल्का हुन्छ र जिउ डाललाई सुहाउँछन्, त्यति हो ।’

ब्रान्डेड लुगा लगाउनु हुन्न भने खर्च पनि थोरै पर्छ होला ? उनले भने, ‘ड्रेसमा खासै खर्च हुँदैन वर्षको १० हजार पनि बढी नै हुन्छ ।’

प्रायः सिलाएर लुगा लगाउने उनी आफ्नो लुगा काठमाडौँ बाहिर सिलाउँछन् । नाम सोध्दा उनले गौर, वीरगञ्ज, जनकपुर, रक्सौल र बैरगनियाको नाम लिए ।

dimple-jha-anil-jhaच्वाइस

नेपालमा मोबाइल सञ्चालनमा आएपछि समान्य नोकिया सेटमा सिम राखेर चलाउँथे । त्यो मोबाइल सेट अझै राखेका छन् । अहिले उनी सामसुङ एस ६ प्रयोग गर्छन्, त्यो पनि एकजना सहयागीले गिप्mटको रुपमा पठाइ दिएको ।

उनले प्रायः मोबाइलबाट नै फेसबुक, ट्विटर, ह्वाट्सऐप्प, भाइवर, इमेल चलाउँछन् । मोबाइलबाट समाचारदेखि अन्य गतिविधिबाट अपडेट हुने गर्छन् अनिल झा । घरमा २४ इन्चको एलजी, ३६ इन्चको सोनी गरी दुईटा टिभी राखेका उनी समाचारबाहेक अरु केही हर्दैनन् ।

पछिल्लो समय तीनघुम्ती चलचित्र हेरेका अनिल झालाई अहिलेसम्म दिल छुने फिल्म भनेको सन्तान (नेपाली), भैया दूज (भोजपुरी) र सोले (हिन्दी) रहेका छन् । त्यस्तै कलाकारमा सबभन्दा बढी मनपर्ने जोगिन्दर पानवाला (नेपाली) र जितेन्द्र (हिन्दी) रहेका छन् ।

अहिलेसम्म अनिल झालाई मन छोएको गीतमा किशोर कुमारले गाएको हिन्दी गीत ‘मेरा जीवन कोरा कागज, कोरा ही रहगया’ हुन् । नेपाली गीत ‘तिमी न भए जिन्दगानी काँडा सरी छ….’ भन्ने हो । यो सेन्टिमेन्ट गीत हो नि, राजनीतिक गर्ने मान्छेलाई क्रान्तकारी र चेतनामूलक गीत मन पर्नुपर्ने होइ र ? उनले मुस्कुराउँदै केही कुरा लुकाएको जस्तो गरी भने, ‘होइन त्यस्तो केही होइन, म खाली मनोरञ्जनका लागि यो गीत सुन्छु अहिले त त्यो पनि सुन्ने फुर्सद हुँदैन ।’

म्याडमके लागि हो कि क्या ? झन् हाँसे । गायक पनि त्यस्तै व्यक्तिको नाम उनले लिए जसको प्रायः गीत सेन्टिमेन्ट टाइपका हुन्छ, मुकेस, नारायण गोपाल, लता मङ्गेस्करहरु ।

फिटनेस

दुब्दो पात्लो शरीर भएका अनिल झाले जिम जाँदो होला जस्तो लागेन । तैपनि प्रश्न गरिहालाँ जस्तो लाग्यो । तर हो रहेछ, उनी बिहान मर्निङ वाकबाहेक अरु केही कसरत गर्दैनन् । उनी भन्छन्, ‘बिहान तीन चार किमि मर्निङ वाक गर्छु ।’

डाइटिङ के हो थाहै छैन उनलाई । खाजा नपाएको वा खान फुर्सद नभएको बेलालाई उनले डाइटिङ भन्छन् । योगमा पनि खासै रुचि छैन उनलाई ।

घुमफिर

नेपालमा ४३ जिल्ला घुमी सकेका उनलाई नेपालमा सबभन्दा बढी मनपर्ने ठाउँ झापा र घुम्न मन लागेको देश भुटान हो । जब कि उनले १४ वटा देश घुमिसकेका छन् । ‘अर्थात सबै शक्रिशाली देश गएको छु । रसिया फ्रान्स गएको छैन ।’ उनी सम्झन्छन्, ‘घुम्ने उद्देश्यका लागि कतै गएको छैन । जहाँ गएको छु त्यहाँ कुनै न कुनै काम विशेषले गएको छु ।’

नेपालका ४३ वटा जिल्ला घमेका अनिल झालाई झापा मात्रै किन मन पर्यो ? यसैमा विषयमा जिज्ञासा नै लाग्यो र सोधे, किन यस्तो, उनले भने, ‘मधेसमा जे छैन त्यो त्यहाँ छ, यद्यपि झापा पनि मधेसमै हो भनी हामी भनिरहेका छौँ, त्यहाँ चियाको बगानदेखि सोपारीका बगानहरु छन् । त्यसले मन मोहेका हुन्छन् । अर्कोकुरा मधेसका सोधसीधा आदिवासी जनजातिहरु सबै त्यही छन्, त्यसले पनि मेरो मन तानेको छ ।’

फुर्सद

‘अस्वस्थ्य भएको बाहेक आराम गरिँदैन, आफ्नो फुर्सदको अवस्थाको बारेमा कुरा गर्दै अनिल झाले भने, ‘राजनीतिक गर्ने मान्छे, काम पनि छैन फुर्सद पनि जस्तो हुन्छ । दिनभरि व्यस्त हुने राजनीतिक क्षेत्रमा फुर्सद हुँदैन, फुर्सद बनाउनका लागि अस्वस्थ्य नै बन्नुपर्छ । कहिलेकाहीँ त जीवनको बारेमा सोच्ने फुर्सदै हुँदैन ।’

घरपरिवारलाई कतिको टाइम दिनुहुन्छ ? उनले हालसम्म एक पटक घुम्न, तीन पटक खाना खान र चारवटा सिनेमा सँगै हेर्न गएको बताए । अहिले त श्रीमती डिम्पल सांसद भएका कारणले दुईटैको दैनिकी व्यस्त भएका कारणले घुम्ने बारेमा सम्झना पनि आउँदैन उनलाई । यद्यपि दुवैजना राजनीतिक कार्यक्रममा प्रायः सँगसँगै घुम्छन् ।

‘दिनभरिको दौडधुपपछि जब हामी घर फर्किन्छौँ, त्यहाँ पनि दुःख सुखका कुरा हुँदैन, यसो महत्वपूर्ण छ भने हुन्छ नभए त्यही दिनभरिको राजनीतिक गतिविधिको बारेमा कुराकानी हुन्छ ।’ अनिल झाले भने ।

कुटाई

राति रामलीला हेर्न गएको कारण होस्टेलका वार्डेनले कुटेको कुरा उनले सम्झे । उनले भने, जीवनमा त्यस्तो कुनै गल्ती गरेको छैन जसले मलाई पश्चताप होस् र कुटाइ खाएको होस् । स्कुलमा केटाकेटीको उमेरमा गल्ती गर्दा कुटाइ खानु, गालीखानी समान्य कुरा हो ।’

भुल नगरीकन पाएको सजाए वा आक्षेपबारे सोध्दा उनले मन्त्री हुँदा आफूले गर्दै नगरेको कामका कारण एकजना साह्रै मिल्ने मित्र रिसाएर सम्बन्ध खराब भएको बताए । तर ती व्यक्तिको नाम सार्वजनिक गर्न चाहेनन् । तर उनले राजेन्द्र महतोलाई राजनीतिमा साथ दिएको घटनालाई निकै गम्भीर रुपमा लिएका छन् । कुनै घटनाप्रति आत्मालोचना छ भनी सोध्दा उनले सीधै भने, ‘राजेन्द्र महतोलाई राजनीतिक रुपमा सहयोग गरेकोमा मलाई आत्मलोचना छ ।’

‘राजनीतिक हैसियतमा हामी बराबर थियौं तर उहाँलाई अगाडि बढाउनका लागि के–के गरेको छैन तर अन्तिममा आएर धोका दिनुभयो । त्यो पनि राजनीतिक धोका त्यसैले मलाई जीवनमा सबभन्दा बढी आत्मलोचना गर्ने घटना नै त्यही हो’ अनिलकुमार झाले भने ।

घर

एउटा घर बनाउने सपना हरेक व्यक्तिको हुन्छ किनभने बासका लागि एउटा ठाउँ त चाहिन्छ यदि त्यो आफ्नै हो भने झन् राम्रो । यस विषयमा अनिल झासँग जिज्ञासा राख्दा उनले पनि यो कुरा स्वीकार गरे । ‘बस्नका लागि त मान्छे जहाँ पनि बस्न सकिन्छ’ उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘म राजनीतिक जीवनमा थापाथलीको वागमती किनारमा महिनौँ सुतेको छु । त्यो एउटा परिस्थिति थियो तर बासका लागि एउटा घर त चाहिन्छ । मैले पनि लैनचौरमा २०६०÷६१ तिर एउटा घर बनाएको छु ।’

परिवारको सहयोग र बैङ्कको ऋण लिएर आफैले बनाएको घरको डिजाइन सामान्य रहेको उनले बताए । तर, यत्रो महल बनाउने स्रोत कहाँबाट ल्याउनु भयो ? उनले श्रीमती डा. डिम्पल झालाई देखाउँदै भने– ‘श्रीमतीजी मेरो घरको मालिक हो, उहाँलाई नै बढी थाहा हुन्छ ।’

ग्रह

ग्रह र नक्षत्रको फलप्रति विश्वास गर्ने उनको राशि मिन रहेको छ । ग्रह कटाउनका लागि पहिला पहिला औँठी लगाउँथे तर अहिले नलगाएको उनी बताउँछन् ।

अपहरण

एकचोटि पार्टीको आधिकारिकताका लागि बहुमत देखाउन निर्वाचन आयोगले सशरीर उपस्थित हुन राजेन्द्र महतो र आनन्दीदेवी सिंह पक्षधर केन्द्रीय सदस्य र पदाधिकारीलाई बोलायो । त्यसबेला अनिल झा राजेन्द्र महतोकै पक्षमा थिए । उनले त्यो अपहरणकण्डलाई दोहोर्याउन चाहेन । यति भन्छन्, ‘राजनीतिकमा त्यो एउटा ठूलो दुर्घटना थियो ।’

हालसालै पक्राउ परेका श्यामसुन्दर गुप्ताले अनिल झालगायतका नेताहरुलाई अपहरण गरेका थिए ।

प्रस्तुती : एसके यादव

यी जीवन कथा पनि पढ्नुहोस्

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल