सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

सीपी गजुरेल नेपाली माओवादी आन्दोलनका एक हस्ती । पार्टीभित्र सधैँ विद्रोही खेमातिर लाग्ने उनको विगत छ । बेला–बेला चर्को अभिव्यक्ति दिएर विवादमा पनि तानिन्छन् उनी । पहिलो संविधानसभामा उनी सिन्धुलीबाट प्रत्यक्ष निर्वाचित सभासद् थिए ।

साधारण जीवन बाँच्न मन पराउने यी नेता अहिले मोहन वैद्य किरणले नेतृत्व गरेको पार्टी नेकपा क्रान्तिकारी माओवादी छन् । उनी २०४३ सालतिर भएको चर्चित सेक्टर काण्डका एक प्रतिनिधि हुन् । आफू संयोजक रहेको उपत्यकामा प्रहरी बिट तोडफोड गर्ने कारबाहीको नेतृत्व गरेका उनी त्यतिबेला आत्म आलोचना गर्दै एक तह घटुवामा परे जतिबेला उपत्यकामा प्रहरीले उनको पार्टीमाथि व्यापक दमन गर्यो । त्यही समयमा पार्टीका महासचिव किरणले एक तह घटुवा भएर अहिलेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेतृत्वमा ल्याएका थिए ।

जनयुद्धकालमा भारतमा भूमिगत रहेकै समयमा भारत प्रहरीबाट मोहन वैद्यपछि पक्राउ पर्नेमा गजुरेल अर्का ठूला नेता थिए । त्यतिबेलै माओवादी पार्टीले भारतविरुद्ध सुरुङ युद्धको घोषणा गरेको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि भारतीय जेलबाट नेपाल सुपुर्दगी गरिएका सीपी गजुरेल लगायतका नेता शान्ति सम्झौतापछि मात्र रिहा भएका थिए । नेता गजुरेलसँग रातोपाटीको ‘मेरो जीवन स्तम्भ’का लागि आस्था केसीले गरेको अन्तरंग कुराकानी ।

cp gajurel
मेरो खाना

खानामा सादा दाल, भात, तरकारी र अचार मनपर्छ । मनै नपर्ने भन्ने त्यस्तो खास खाना केही छैन । अहिलेसम्म परिवार लिएर रेस्टुरेन्ट गएकै छैन । मेरो श्रीमती र म आफैलाई पनि बाहिर गएर खाना खाने कुरा उति मन पर्दैन । त्यसैले पनि बाहिर गएर खाने गरिँदैन । कहिलेकाहीँ अप्ठ्यारोपर्दा बाहिरको खाना खाने गरे तापनि सौखले गएको छैन ।

मलाई खाना पकाउन आउँछ । विद्यार्थीकालमा आफै खाना पकाएर खाइन्थ्यो । अहिले पनि कहिलेकाहीँ पकाउँछु ।

जनयुद्ध सुरु हुने दिन म काभ्रे जिल्लामा थिएँ । त्यहाँ हामीले पनि एउटा कारबाही गर्यौं । सुरक्षित स्थानमा फर्किनेबेला बाटोमा केही खाना खान पाइएन । २४ घन्टासम्म भोकै बस्नुपरेपछि चाउचाउ किनेर खाएका थियौं । युद्धकालमा २ दिनसम्म भोकै बस्नु सामान्य मानिन्थ्यो । प्रायजसो हामी भूमिगत बस्नुपथ्र्यो । घरका मान्छे काममा गएका हुन्थे । अनि भोकभोकै भित्र कोठामा दिनभर थुनिएर बस्नुपर्दथ्यो ।

मलाई साहित्य मनपर्छ । एउटा प्रतिरोध भन्ने कथासङ्ग्रह प्रकाशित गरिसकेको छु । साहित्यका सबै विधा मन पर्छ । म्याक्सिम गोर्की असाध्यै मन पर्ने लेखक हुन् । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने लक्ष्मीप्रसाद देवकोटाको लेखन मनपर्छ ।

मेरो पोशाक

आफूलाई जे सहज हुन्छ त्यही कपडा लगाउने हो । मलाई यही सर्ट पाइन्ट नै सहज लाग्छ । धेरै वर्ष भयो करिब २५ वर्ष नै भयो होला मैले कुनै पनि कपडा आफै किनेर लगाएको छैन । भूमिगत भएपछि आफै कपडा किनिन । कहिले साथीभाइले किनिदिए । कहिले परिवारका अरु सदस्यले किनिदिन्थे । खुला राजनीतिमा आएपछि पनि आफ्ना लागि कपडा किनेको छैन ।

मेरा ४ जना छोराछोरी छन् । अचेल त बाबुको मुख हेर्ने दिन तिनैले एकएक जोर कपडा लिइदिन्छन् । चारजोर कपडा एक वर्षमा पुगिहाल्छ । फटाएरै सक्दिन ।
मलाई खास मनपर्ने रङ रातो र निलो हो । कपडा रेडिमेड नै लगाउँछु ।

टोपी लगाउने अभ्यास छैन । अहिलेसम्म टोपी लगाएकै छैन ।

मेरो फिटनेस

म बिहान ५ बजे उठिसक्छु । मर्निङवाक गर्दिनँ । घरमै ४५ मिनेट योगा गर्छु । बेलुकी १० बजे सुतिसक्छु ।

मेरो अध्ययन

दर्शनशास्त्र, राजनीति, अर्थशास्त्र र साहित्यसम्बन्धी किताबहरु मन पर्छ । हाम्रो पार्टीले भर्खरै संयुक्त मोर्चा गठन गरेको छ । संयुक्त मोर्चासम्बन्धी पुस्तकहरु खोजी खोजी पढेको छु । नेपालमा चाहिँ यो विषयमा खासै लेखिएको रहेनछ । लेनिन र माओले लेखेका संयुक्त मोर्चासम्बन्धी किताबहरु पढिरहेको छु ।

मलाई साहित्य मनपर्छ । एउटा प्रतिरोध भन्ने कथासङ्ग्रह प्रकाशित गरिसकेको छु । साहित्यका सबै विधा मन पर्छ । म्याक्सिम गोर्की असाध्यै मन पर्ने लेखक हुन् । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने लक्ष्मीप्रसाद देवकोटाको लेखन मनपर्छ ।

अचेल धेरै युवा साहित्यकारहरु जन्मिएका छन् । उनीहरुले लेखेका उपन्यासहरु मैले पढिरहेको छु । तर ठ्याक्कै कुनै एकजना विशेष मन पर्ने भनेर भन्न सक्ने अवस्था छैन । पछिल्लो समय युवा पुस्ताले मिहिनेत गरेरै लेखिरहेको छ ।

जनयुद्धसम्बन्धी पनि धेरै पुस्तकहरु रचना गरिएका छन् । यो सबै ठिकै छ । तर नेपालको हकमा विश्वमा भन्दा फरक घटना घटेको छ । अरु देशमा क्रान्तिको मुख्य नेतृत्वले प्रतिक्रान्तिको नेतृत्व गरेन तर नेपालमा त्यसको ठीक उल्टो भयो । जसले क्रान्तिको नेतृत्व गर्यो उसैले प्रतिक्रान्तिको पनि नेतृत्व गर्यो ।

यस्तो किन भयो । यस्तो हुनुको वैचारिक, राजनीतिक कारण के हो । यो कुरा गम्भीर अध्यन, अनुसन्धान गरेर लेखिनुपर्छ । इतिहासको निर्ममतापूर्वक समीक्षा हुनुपर्छ भन्ने मलाई लागिरहन्छ । त्यसैले केही लेख्न लागिरहेको छु । क्रान्ति र प्रतिक्रान्तिको समीक्षा गरेर लेखिएको ५ सय पृष्ठको मेरो पुस्तक छिट्टै बाहिर आउनेछ ।

मसँग चार सय जति किताबहरु थिए तर सङ्कटकालमा बचाउन सकिएन । सङ्कटकालमा किताब भेटे पनि ज्यान मार्ने सम्भावना रहन्थ्यो । त्यसैले आफन्तले केही किताब जलाइदिएछन् । केही किताब बोरामा राखेर गाडिदिएका रहेछन् । जे भए पनि ती किताब बचाउन सकिएन ।

अचेल एक डेढ सय जति किताब छन् । त्यति धेरै सङ्ग्रह गर्न सकेको छैन ।

कति किताब किनिन्छ भन्ने कुरा आर्थिक अवस्था कस्तो छ भन्ने कुराले निर्धारण गर्छ । सभासद् भएको बेलामा किताबमा धेरै नै खर्च हुन्थ्यो । त्यतिबेला आम्दानी पनि राम्रै थियो । अचेल त्यत्ति किनिएको छैन ।
अर्थशास्त्रसम्बन्धी किताबहरु पढ्न पनि रुचि छ मलाई । पाएसम्म किनेर पढ्छु ।

मेरो धेरै फुर्सद हुँदैन । फुर्सद नभएकै राम्रो लाग्छ । श्रीमती भन्छिन्– हाम्रो प्राइभेट लाइफ नै भएन । राजनीति गर्ने मानिसको प्राइभेट लाइफ हुँदैन रहेछ । राजनीति गरेर कहिल्यै थाकिँदैन रहेछ ।

मेरा जलाइएका किताबको धेरै माया लागेर आउँछ । त्यो बेलामा सङ्ग्रह गरेका जस्ता किताब अचेल पाउँनै गाह«ो छ । आजकाल ती किताबहरु प्रकाशन हुँदैनन् । समाजवादी देशले छाप्ने खालका किताब हुन ती । त्यस्ता किताब चिनले छाप्दैन । रसियाले पनि छाप्दैन । तर एउटा राम्रो कुरा के भएको छ भने अचेल इन्टरनेटमा राम्रा सामग्री पाइन्छन् । कम्युनिस्ट आन्दोलन अगाडि बढोस् भन्ने चाहना भएकाहरुले त्यस्ता सामग्री नेटमा उपलब्ध गराएका हुन् ।
राहुल सांस्कृत्यायनका किताब मलाई धेरै मन परेका किताब हुन् । साम्यवाद हि क्यों, वोल्गा से गंगा तक र गोर्कीको आमा पढेर नै म कम्युनिस्ट बनेको हुँ ।

मेरो घुमफिर

देशभित्र केहीबाहेक सबै जिल्ला पुगेको छु । लगभग ७० जिल्ला पुगेँ हुँला । देश बाहिर १५ देश घुमेको छु ।

नेपाल जस्तै हावापानी र प्रकृति भएर पनि होला मलाई सबैभन्दा बढी स्वीटजरल्याण्ड मन पर्ने देश हो । अरु देशमा भन्दा म त्यहाँ अलि धेरै बसेको छु । नेपालभित्रको हकमा पोखरा मन पर्छ । त्यसैगरी इलाम पनि मलाई राम्रो लाग्ने ठाउँ हो ।

मेरो फुर्सद

मेरो धेरै फुर्सद हुँदैन । फुर्सद नभएकै राम्रो लाग्छ । श्रीमती भन्छिन्– हाम्रो प्राइभेट लाइफ नै भएन । राजनीति गर्ने मानिसको प्राइभेट लाइफ हुँदैन रहेछ । राजनीति गरेर कहिल्यै थाकिँदैन रहेछ ।

हामीकहाँ जति बूढो भयो उति तन्नेरी हुनुपर्ने अवस्था छ । भर्खरै पनि केही साथीले पार्टी छोडेर गए । उनीहरु गए भनेर हामी हात बाँधेर बस्न सक्दैनौँ । त्यसैले झन् बढी सक्रिय हुनुपरेको छ । सङ्गठन बनाउने कुरा छ । सङ्घर्ष गर्ने कुरा छ । काममा व्यस्त हुँदा दिनभर थाकेको महशुस हुँदैन तर जब साँझ घर फर्किन्छु र कपडा फेर्छु अनि मात्र थाकेको थाहा पाउँछु । राति आराम गर्छु । दिनभरीको सक्रियताले गर्दा रातमा अनिद्राको समस्या हुँदैन । बरु आजभोलि अलिबढी नै ढाड दुख्न थालेको छ । अरु सबै सामान्य छ । कुनै दिन फुर्सद लिउँ भनेर पनि मनले मान्दैन ।

म सानो छँदा निकै भलिवल खेल्न मन पराउँथे । जिल्ला स्तरको भलिबल र चेसमा प्रथम भएर पुरस्कार जितेको पनि छु । भलिबल मन परे पनि टिभीमा फुटबल खेलेको हेर्न मन पराउँछु । त्यस्तो कुनै खेलाडी स्पेसल मन पर्ने भन्ने छैन । तर विश्वकपका बेलामा जब क्वाटर फाइनल सुरु हुन्छ अनि हरेक रात नसुतेरै म फुटबल हेर्ने गर्छु ।

मेरो खेलकुद

म सानो छँदा निकै भलिवल खेल्न मन पराउँथे । जिल्ला स्तरको भलिबल र चेसमा प्रथम भएर पुरस्कार जितेको पनि छु । भलिबल मन परे पनि टिभीमा फुटबल खेलेको हेर्न मन पराउँछु । त्यस्तो कुनै खेलाडी स्पेसल मन पर्ने भन्ने छैन । तर विश्वकपका बेलामा जब क्वाटर फाइनल सुरु हुन्छ अनि हरेक रात नसुतेरै म फुटबल हेर्ने गर्छु ।

खेलसँग जोडिएको एउटा प्रसङ्ग याद छ । म त्यतिबेला स्कुलमा पढाउँथे र गेम टिचरको जिम्मा पनि मेरै थियो । एकपटक सिन्धुलीगढीमा रहेको सेनाको टिमसँग बल खेल्नुपर्ने भयो । सेनालाई जितिहालिन्छ, धेरै हुटिङ नगर्नु, फेरि सेना रिसाउँछ भनेर विद्यार्थी भाइबहिनीलाई सम्झाएँ । अन्ततः खेल्नेबेलामा हाम्रो टिम हार्यो । जित्ने अवस्था हुँदाहुँदै पनि कहिले हार हुन्छ । कहिलेकाहीँ आफूभन्दा कमजोर टिमसँग पनि हार्नुपर्छ । खेलको नियम यस्तै हो ।

म पौडीमा पनि राम्रै दख्खल राख्थेँ । एकपटक बल खेल्ने बेलामा मेरो हात मर्किएको थियो । त्यति केयर गरिनँ । भोलिपल्ट कोशी नदी पौडेर तर्ने भनेर नदीमा पसियो । मैले मेरो हात मर्किएको कुरा बिर्सेको रहेछु । बीचमा पुगेपछि मेरो हात चल्न छोड्यो । पारि जान पनि उत्ति बाँकी थियो र वारि फर्किन पनि उति बाँकी थियो । साथीहरु पारि पुगिसकेका थिए । म नदीको बीचमा एक्लै परेँ ।

पारी जानुभन्दा फर्किनु छिटो हुन्छ कि भनेर म फर्किन लागेँ । कोशीको छालले हुत्ताउँदै मलाई भुमरीको एकदमै नजिक पुर्याएको थियो । एउटा ढुङ्गो समातेर किनारमा पुग्न सफल भएँ । त्यसपछि कहिल्यै कोशीमा पस्ने आँट गरिनँ ।
पढ्न भनेर काठमाडौं आएपछि खेल्ने कुरा माइनर भयो । पढाइले गर्दा खेल्ने कुरालाई त्यति ध्यान दिइएन ।

नेपालमा फुटबल आशालाग्दो तरिकाले विकास हुन सकेको छैन । तुलनात्मक हिसावले क्रिकेट केही राम्रो छ ।

मेरो मोबाइल

हुवाइको एन्ड्रोइड चलाइरहेको छु । एउटा साथीले गिफ्ट दिएको हो । म सामान्य मोबाइल चलाउँँथे । तपाईं जस्तो नेताले यस्तो मोबाइल बोकेको सुहाएन । अलि राम्रो सुविधा भएको मोबाइल बोक्नुपर्छ भनेर दिएको हो । कति पैसा पर्छ भन्ने पनि मलाई थाहा छैन । (हाँसो) पहिले नोकियाको ३ हजार पर्ने मोबाइल थियो ।

जिमेल चलाउँछु । फेसबुकले समय वर्वाद गरेजस्तो लागेर डिएक्टिभ गरिदिएँ । भाइबर, स्काइप पनि चलाउँछु । फोटो खिच्छु । मोबाइलमा गेम खेल्दिन । कम्प्युटरमा पहिले तास र चेस खेल्थेँ । चेसमा चार लेभलसम्म कटाउन सक्छु । गेम खेल्नु समयको वर्वादी मात्र हो भन्ने लागेर आजकाल मोबाइलमा गेम राखेको पनि छैन । एकैछिन फुर्सद भयो भने बरु किताब पढेर बस्छु ।

मेरो टेलिभिजन

टेलिभिजनमा समाचार, अन्तर्वार्ता, टक सो आदि हेरिन्छ । व्यङ्ग्यात्मक खालका सिरियलहरु पनि परिवारको साथमा बसेर हेर्ने गर्छु ।

अहिले घरमा सोनीको ठूलो टिभी छ । वल्र्डकप आउने बेलामा किनेको हो । मैले अरु केही डिमान्ड गरेको छैन । फुटबल राम्रेसँग हेर्नका लागि एउटा टिभी चाहिँ राम्रो किन्नु पर्यो भनेर घरमा कुरा राखेँ । घरमा सबैले सल्लाह गरेर ३० हजार रुपियाँ पर्ने सोनी कम्पनीको टिभी किनियो ।

टिभीमा फिल्म पनि हेर्छु । नाम याद भएन । राम्रो, सामाजिक विषयवस्तु भएको फिल्म आयो भने परिवारका अरु सदस्यले बोलाइदिन्छन् ।

मेरो चलचित्र

धेरै भयो हलमा गएर फिल्म हेरेको छैन । पछिल्लो पटक कुन फिल्म हेरेको थिएँ त्यो पनि याद भएन । टिभीमा हेर्छु । भीसीडीमा हेर्ने गरेको छैन ।

मन पर्ने हिरो अमिताभ बच्चन र शाहरुख खान हुन् । आमिरका फिल्म पनि मन पर्छन् । मन परेका तीन फिल्म बागवान, राजा हिन्दुस्तानी र एउटा शाहरुख र अमिताभ नै मुख्य रोलमा खेलेको फिल्म (नाम याद भएन) हुन् । पहिले वैजयन्तीमाला र पछि हेमामालिनी मन पथ्र्यो । अरु महिला कलाकार खासै ख्याल गरिएन । आजकाल कोको छन् त्यो थाहा पनि छैन । हाम्रो समयमा उनीहरु नै उत्कृष्ट थिए । नेपालको हकमा त्यस्तो छैन ।

मेरो रोग

मलाई कुनै दीर्घरोग छैन । कहिलेकाहीँ सुगर बढ्छ । कहिलेकाहीँ ढाड दुख्ने हुन्छ तर नियमित औषधि खानुपरेको छैन । रक्तचाप कहिलेकाहीँ लो हुन्छ तर प्रायः सामान्य अवस्थामा नै हुन्छ । २ वर्ष अगाडि होल बडी चेक गराएको थिएँ । खास रोग केही भेटिएन ।

स्वस्थताको रहस्य जनयुद्धकालमा गरेको मिहिनेत हो भन्ने लाग्छ । जनयुद्धकालमा धेरै हिँड्नु पर्दथ्यो । खाना पनि मीठो मसिनो पाइँदैनथ्यो । रुखो सुखो जे जनताले पकाएर दिए जे भेटियो त्यही खाइयो । धेरै चिल्लो चाप्लो खानाले पनि स्वास्थ्यलाई हानि गर्छ । त्यसैले पनि मेरो शवास्थ्य ठीक छ ।

मेरो भाषण शैली

भाषणशैली सामान्य र प्रभावकारी नै छ जस्तो मलाई लाग्छ । भाषण गर्दा बोल्ने खास कुनै थेगो छैन । उपस्थित मानिसहरुको स्तर हेरेर भाषण गर्नुपर्ने भएकाले कहिले बौद्धिक बोलिन्छ कहिले सामान्य कुरा गरिन्छ । त्यो मासलाई हेरेर हुन्छ ।
भाषणको कारण ठूलै विवादमा नपरे पनि कहिलेकाहीँ आलोचना हुन्छ । यति धेरै अरुको आलोचना गरेर नबोलेको भए हुन्थ्यो । बढी बोल्नुभो भन्ने कुरा अक्सर सुन्नुपर्छ । गलत चिजको भण्डाफोर गरेपछि मात्र सही कुरा प्रष्ट हुन्छ भन्ने मान्यता मेरो छ । सोही अनुरुप भाषण गर्छु ।

नारायण गोपालको एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा… मन पर्ने गीत हो । त्यसैगरी तारादेवीको फूलको थुँगा बगेर गयो गङ्गाको पानीमा… पनि मन पर्छ । अचेल पनि त्यस्तै खाले गीत पर्छ । केही हिन्दी गीत पनि सुन्छु तर बढी नेपाली सङ्गीत नै मन पर्छ ।

मैले पार्टीको पाँचौँ महाधिवेशनमा लगातार पौने चार घन्टासम्म भाषण गरेको छु । आवश्यकता अनुसार कति समय बोल्ने भन्ने कुरा हुन्छ । कहिलेकाहीँ जम्मा ५ मिनेट पनि बोल्नुपर्छ । बोल्नेबेला पहिले त तयारी गरेर बुँदा बनाएर बोल्थेँ तर अचेल सबै कुरा आफै याद हुन्छ । अब सायद बानी पनि पर्यो होला ।

मेरो मापसे

पहिले पहिले मापसे गर्थेँ । त्यस्तो बानी नै भएर त होइन तर सामान्यत खाइन्थ्यो । अचेल लिभरको पनि समस्या हुनाले डाक्टरले नै नखानु भनेकाले छोडेको छु ।

गाउँ गएको बेला मौवाको लोकल रक्सी खाइन्थ्यो । त्यो नै सबैभन्दा राम्रो ब्रान्ड हो जस्तो लाग्छ । पिउनेबेला बढी भयो जस्तो लाग्यो भने कागती पानी पिएर त्यस्को ह्याङ किल गरिन्थ्यो । अचेल त नपिएकै २ वर्षभन्दा बढी भइसक्यो ।

मेरो सङ्गीत

नारायणगोपाल र तारा देवीका गीतहरु सुनिन्थ्यो । नारायण गोपालको एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा… मन पर्ने गीत हो । त्यसैगरी तारादेवीको फूलको थुँगा बगेर गयो गङ्गाको पानीमा… पनि मन पर्छ । अचेल पनि त्यस्तै खाले गीत पर्छ । केही हिन्दी गीत पनि सुन्छु तर बढी नेपाली सङ्गीत नै मन पर्छ ।

मलाई स्कुल पढ्दा राम्रै गाउन आउँथ्यो तर पछि निरन्तरता दिन सकिनँ । ट्वाइलेट या बाथरुममा गुनगुनाउने बानी खासै छैन ।

मेरो भूल

मेरो जिन्दगीको सबैभन्दा ठूलो भूल त्यही कोशीको भेलमा पौडी खेल्न पस्नु हो जस्तो लाग्छ । आजकाल पनि त्यो क्षण सम्झिँदा आङ सिरिङ्ग भएर आउँछ । झण्डै झण्डै जीवनको अन्त भएको त्योभन्दा ठूलो अर्को भूल जीवनमा गरिएन ।
म सानो छँदा हाम्रो घरमा घोडाहरु थिए । बेंसी र माथि पहाड घर गरिरहनुपर्दथ्यो । प्रायः सबैको घरघरमा घोडा हुन्थे । मैले बुवालाई नसोधीकनै घोडा चढेर दौडाउँथे । कहिलेकाहीँ घोडाले लडाइदिन्थ्यो । त्यो पनि मेरो भूल नै थियो । अहिले सम्झिँदा डर लागेर आउँछ । त्यसरी लहडमा घोडा दौडाउनु पहिले ख्याल गर्नुपथ्यो ।

मैले कहिल्यै पार्टीमा कुनै पनि प्रकारको सजाय भोग्नु परेन । सधैँ इमानदार तरिकाले नै जिम्मेवारी निर्वाह गरेँ ।

एकपटक पञ्चायतको विरोध गर्ने बेलाको एउटा रोचक कहानी छ । इतिहासमा चर्चित सेक्टर कान्डको कुरा हो यो । म उपत्यकाको संयोजक थिएँ । हामीले पञ्चायतको विरोध स्वरुप प्रहरी बिट तोडफोड गर्ने निर्णय गरेका थियौं । क. किरण पार्टी महासचिव हुनुहुन्थ्यो । हामीले असन, इन्द्रचोकलगायतका ठाउँमा रहेका प्रहरी बिट तोडफोड गरियो । जसको फलस्वरुप उपत्यकामा प्रहरीले व्यापक दमन गर्यो । देशभर शान्त तरिकाले विरोध प्रदर्शन र अन्य कार्यक्रम भएका थिए तर हाम्रो त्यही एउटा निर्णयले गर्दा उपत्यकाको पार्टी क्षतविक्षत बन्न पुग्यो । त्यो कारबाही गर्ने निर्णय म उपस्थित भएको वैठकले गरेको थियो सिङ्गो पार्टीले गरेको थिएन ।

तर क. किरणले त्यो कारबाहीको जिम्मेवारी लिँदै प्रेस वक्तव्य जारी गर्नुभयो र नैतिक हिसाबले पनि एक तह घटुवा हुने घोषणा गर्नुभयो । मलाई कसैले कारबाही गरेको त थिएन तर मैले पनि नैतिकताको हिसाबले आफ्नो पदबाट एक तह तल घटुवा हुने प्रस्ताव गरेँ र पदबाट राजीनामा पनि दिएँ । त्यहीँ समयमा डबल प्रमोसनमा परेर अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल क. प्रचण्ड पार्टीका महासचिवको जिम्मेवारीमा आउनुभएको हो । त्यतिबेला परिस्थिति त्यस्तै बनेको हुनाले क. किरणले नै उहाँलाई महासचिव बन्ने प्रस्ताव गर्नुभएको थियो ।

यो नै मेरो जीवनको गम्भीर आत्मालोचना थियो ।

मेरो घर

काठमाडौंको नरेफाँटमा अढाइतले घर छ । ठूलो रहरले घर बनाए पनि बस्न पाएको छैन । किनभने बैङ्कलाई धेरै लोन तिर्न बाँकी छ । अबको ५ वर्षपछि मात्र घरमा बस्न सकिएला । अहिले पनि बसौं भने त सकिन्थ्यो होला तर त्यस्तै बाध्यताले बसिएको छैन । त्यसको किस्ता र व्याज तिर्नुपर्छ ।

९० लाख जतिमा घर बनेको हो । मेरो पुख्र्यौली सम्पत्ति बेचेर केही पैसा आएको थियो । श्रीमतीलाई माइतीले केही जग्गा दिएका थिए । त्यो बेचेर बेंसीकै एउटा पाखोमा केही जग्गा लिएको थिएँ । पछि संयोगवश सोही पाखोमा सडक बनेपछि त्यो जग्गा सबै घडेरीमा गयो । त्यसैको क्षतिपूर्तिबापत आएको पैसा मिसाएर काठमाडौंमा घर बनाउन सकिएको हो ।

मेरो राशि

मेरो राशि मिन हो । तर मलाई यो राशिमा उत्ति विश्वास लाग्दैन । श्रीमतीले चााहिँ टिभीमा हेरेर बताउँछिन् । आज तपाईंको यस्तो छ, उस्तो छ भनेर सुनाउँछिन् ।

ग्रहदशा ठीकै होला । शान्ति गराउने काम गरिएको छैन । गर्नुपर्छ भन्न्ो पनि लाग्दैन ।

कुनै मणी माणिक्य, औंठी केही लगाउने बानी छैन । मलाई ग्रह, नक्षत्रको फलप्रति विश्वास छैन । ग्रह त छन् तर ग्रह या राशिको कारणले कसैको जीवनमा केही फरक पर्छ भन्ने कुरामा विश्वाश छैन ।

मेरो सौन्दर्यचेत

कपालमा पहिले तेल लगाउँथे तर अचेल लाउँदिन । छिटो छिटो नुहाउनुपर्ने हुनाले तेल लगाउन मन लाग्दैन । पहिले कालो मेहन्दी लाउँथे तर अचेल त्यो पनि लाउँदिन । फेसिएल या अरु केही गर्ने पार्लर जाने बानी पनि छैन । घरमा आफ्टर सेभिङ लगाउँछु । सेन्ट या र्पफ्युम लगाउने बानी छैन ।

नेपालमा यति धेरै प्राकृतिक सम्पदा छन् । यति मिहिनेती र जाँगरिला मानिस छन् । तर विडम्बना के भयो भने यहाँको राजनीतिक परिस्थिति कहिल्यै राम्रो हुन सकेन । अहिले त झनै बिग्रेर गएको छ । दलाल नोकरशाही प्रवृत्ति बढेको छ ।

मेरो प्रेम

मेरो बिहे सामान्य तरिकाले भएको हो । म घोडामा चढेर बेहुलो बनेर दुलही लिन गएको हो । त्यतिबेला म १५ र उनी १२ वर्षका थिइन् ।

मैले जोसँग बिहे गरेँ उनैलाई प्रेम गरेँ । बिहे अगाडि उनलाई देखेको पनि थिइनँ । सानै उमेरमा बिहे भएकाले पहिले त प्रेम भन्ने नै थाहा भएन । बिहे गरेपछि उनलाई गाउँमै छाडेर काठमाडौं पढ्न आएँ । पछि पढाइ सकेर फर्केपछि चाहिँ उनैसँग प्रेम पनि भयो ।

मेरो सपना

नेपाललाई समृद्ध बनाउने सपना छ । एकपटक स्विजरल्यान्ड जानेबेलामा एउटा त्यहाँको नागरिकसँग कुरा भयो । हामी नेपाललाई स्विजरल्यान्ड जस्तै बनाउन चाहन्छौं भनेर मैले उनलाई सुनाएको थिएँ । उनले भनेका थिए किन स्विजरल्यान्ड जस्तो मात्रै । नेपाल त त्योभन्दा पनि अगाडि जान सक्छ । किनभने त्यहाँ स्विजरल्यान्डमा भन्दा धेरै प्राकृतिक सम्पदा छन् ।

मलाई आज पनि यो कुरा याद आउँछ । नेपालमा यति धेरै प्राकृतिक सम्पदा छन् । यति मिहिनेती र जाँगरिला मानिस छन् । तर विडम्बना के भयो भने यहाँको राजनीतिक परिस्थिति कहिल्यै राम्रो हुन सकेन । अहिले त झनै बिग्रेर गएको छ । दलाल नोकरशाही प्रवृत्ति बढेको छ ।

प्रधानमन्त्री बनिहाल्ने सपना अहिले छैन तर आवश्यकता पर्यो भने त्यो पनि हुन सकिएला । मलाई पदको कुनै लोभ छैन । पहिले पञ्चायतकालमा पनि मलाई पदका लागि प्रलोभन आउँथे । पछि पनि आएकै हुन् । तर पदमा केका लागि जाने । परिवर्तनका लागि न जाने हो । परिवर्तन नै गर्न सकिन्न भने पदमा बस्नुको पनि के अर्थ छ र ।

तर कुनै दिन मौका मिल्यो भने प्रधानमन्त्री बनेरै देशलाई समृद्ध बनाउने सपना छ । मेरो जिल्ला सिन्धुली हो । महाभारतशृङ्खलादेखि लिएर ठूला नदीहरु पनि सिन्धुलीमा छन् । तिनको सदुपयोग हुन सकेको छैन । नदीले कटान गरेका क्षेत्र पनि छन् । ती क्षेत्रको संरक्षण गर्नुपर्छ भन्ने लागेको छ । नदीले कटान गरेको ठाउँमा तटबन्ध बनाइदिने इच्छा छ । सिन्धुलीमा जुनारको राम्रो खेती हुन्छ । त्यसलाई अझै विकास गरेर जिल्लालाई सबै हिसाबले आत्मनिर्भर गराउने सपना छ ।

यी जीवन कथा पनि पढ्नुहोस्

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण 

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो 

मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

मेरो जीवन : प्रदीप पौडेलको मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

मेरो जिन्दगी : चित्रबहादुर केसीको खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

मेरो जिन्दगी : यी हुन् लालबाबु पण्डितका खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुल

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल